
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बलिउड नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरमाथि यौन उत्पिडनको आरोप लगाएपछि अब अन्य नायिकाहरुले पनि मुख खोल्न थालेका छन् । अब, नायिका कंगना रनावत पनि अगाडि आएकी छिन् । चलचित्र ‘क्विन’का निर्देशक विकास बहलले आफूलाई यौन हिंसा गरेको आरोप कंगनाले लगाएकी छिन् । ‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि आरोप लगाए लगतै कंगनाले उनको समर्थनमा आफ्नो भनाई सार्वजनिक गरेकी हुन् । कंगनाले भनेकी छिन्(‘सन् २०१४ मा ‘क्विन’ चलचित्रको छायांकन गर्ने क्रममा विकास मेरो नजिक आउथ्य । उनले आफ्नो मुख मेरो गर्धन नजिकै ल्याएर मलाई आफूतिर तान्थे । उनले मलाई (‘तिम्रो कपालको बासना खुबै मनपर्छ’ भन्थे ।’ कंगनाले आफूले विकासलाई…
काठमाडौँ, २१ असोज । बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ । बङ्गबन्धु गोल्डकपको साबिक विजेतासमेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित हुँदै समूह चराबाटै बाहिरिएको हो । लिग पुनः शुरु यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यही असोज २४ गतेदेखि हुने भएको छ । लिग निर्देशक सञ्जीव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः…
काठमाडौँ, २१ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । “ सङ्गठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन”, उहाँले भन्नुभयो । महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्छ भन्नुभयो । “लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ,”उहाँले भन्नुभयो । महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद…
सान नेपाल गौरादह, २२ असोज । नेपाली राजनीतिमा सदाबहार प्रतिपक्षको भूमिका रहने व्यक्तिको रुपमा परिचित राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले नेपालको संविधान जालझेल पूर्ण दस्तावेज मात्र भएको बताएका छन् । युथ नेटवर्क दमकद्वारा आयोजना गरिएको मधेसको समस्या विषयको अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । २०७२ मा जारी गरिएको संविधान काइते, कीर्ते भएको उनले बताए । जालझेल पूर्ण तरिकाले लेखिएको संविधानको फेद टुप्पो सबै गाँठो परेकाले समाजमा यसले नकारात्मक परिणाम दिन थालेको उनको तर्क थियो । मधेसको मुद्दालाई अहिलेको सरकारले कुनै पनि हालतमा सम्बोधन गर्न नसक्ने भन्दै उनले नेकपालाई कम्युनिष्टको नाममा कलंक भएको टिप्पणी गरे । मधेसी दलहरु…
मङ्गलबारे, २० असोज । किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो । इलाम नगरपालिकाका केही वडा र सन्दकपुर गाउँपालिकालाई किबी जोन कायम गरिएको हो । इलाम नगरपालिकाका– १, २, ३ र ४ नं वडा र सन्दकपुर गाउँपालिकाका पाँचौँ वडामा किबी क्षेत्र घोषणा गरिएको वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले जानकारी दिनुभयो । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ शुरू भएको परियोजना आर्थिक वर्ष २०७३÷७४ देखि सञ्चालनमा आएको र चालु आवदेखि इलाममा पनि…
नायक अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिन लागेको चलचित्र ‘क्याप्टेन’को रिलिज मिति फाइनल गरिएको छ । भदौ, असोज, कात्तिकमा रिलिज हुने भनेर चर्चा गरिएतापनि अब चलचित्र फागूणमा आउने पक्का भएको छ । चलचित्रका निर्माता भूवन केसीले फागूणको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि भूवन र वितरक मनोज राठीले यो मितिमा चलचित्र रिलिज गर्ने बताएका हुन् । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रको भीएफएक्सको काम पनि सकिएको छैन । भूवनले अनलाइनखबरसँग भने(‘हामीलाई भीएफएक्सका लागि अझै २ महिना समय लाग्ने भयो । पुष र माघमा सिनेमा रिलिज गर्दा खासै फाइदा हुँदैन । यसैले, फागूणमा पुगेका…
आजभोली धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन्छ । उच्च रक्तचाप मात्रै होइन धेरै मानिसहरु मुटुरोग र कार्डियो भास्कुलर रोगबाट पिडित छन् । रक्तचाप नियन्त्रण गर्न र मुटुरोगको जोखिम घटाउनको लागि मुख्य त हाम्रो खानपानको शैली र आहारलाई व्यवस्थित गर्नुपर्छ । हुन त औषधिहरुले पनि रक्तचापलाई कम गर्न सहयोग गर्छ तर हामीले आफ्नो खानपानमा थोरै ध्यान दिने हो भने पनि उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ । उच्च रक्तचाप रोगीलाई दिइने सबैभन्दा आम सल्लाहमा हो नुन, चिल्लो र धेरै क्यालोरी हुने खानेकुराको कम खाने । उच्च रक्तचापको समस्या भएका बिरामीले आफ्नो आहारमा नियमित रुपमा सागसब्जी, फलफूलको सेवन गर्नुपर्छ । त्यस्तै यदि स्वास्थ्य…
काठमाडौँ, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताउनुभयो । उहाँले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराउनुभयो । पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उहाँको भनाइ थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गर्नुभयो । उहाँले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताउनुभयो ।…
इनरुवा, २० असोज । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताउनुभयो । सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर खेलको तयारी पूरा भएको आयोजकले जानकारी दिनुभयो । प्रतियोगितालाई इनरुवा नगरपालिकाले प्रायोजन गरेको छ । मेयर कप टी ट्वान्टी ९२०० प्रतियोगिता इनरुवास्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहने जनाइएको छ । उद्घाटन खेल आयोजक फूलबारी क्रिकेट क्लब र…
काठमाडौँ, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताउनुभएको छ । वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उहाँले भन्नुभयो, “पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, भोलि आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी जाँदैछौ, यसमा कुनै समस्या छैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । “सरकारको कामलाई प्रभावकारी बनाउन हामी…