झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ४ भदौ । आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ । हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ । नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ३ भदौ । मदन भण्डारी फाण्डेशनका अध्यक्षमा उषाकिरण भण्डारी पुनःचयन हुनुभएको छ । शनिबार यहाँ सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले जननेता मदन भण्डारीकी सुपुत्री भण्डारीलाई चार वर्षका लागि पुनःअध्यक्षमा चयन गरेको हो । फाउण्डेशनका संस्थापक अध्यक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ । संस्थापक अध्यक्ष श्रीमती भण्डारी राष्ट्रपतिमा चयन भएपछि फाउण्डेशनका अध्यक्षमा उषाकिरण हुनुभएको थियो । सम्मेलनले चयन गरेको ४५ सदस्यीय नयाँ कार्यसमितिका सचिवमा पेम्वा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई रहनुभएको छ । यसैगरी सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, डा राजन भट्टराई, महेश बस्नेत, छविलाल…

Read More

बुटवल, ३ भदौ । बुटवल नजिकैको जङ्गलबाट एक महिलालाई अपरिचित पुरुषले जबर्जस्ती करणीको प्रयास गर्न खोज्दा प्रहरीले उद्धार गरेको छ । बुटवल उपमहानगरपालिका–२ तल्लो फूलबारीको जङ्गलमा पु¥याई शनिबार बेलुका जबर्जस्ती गर्न खोज्ने रुपन्देही देवदह नगरपालिका–३ वसन्तपुरका ३७ वर्षीय देवीलाल खनाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीले पीडित महिलालाई बेहोस अवस्थामा उद्धार गरेको जनाएको छ । प्रहरीले प्युठान जिल्ला रजवार–६ बस्ने अन्दाजी २४ वर्षीय महिलालाई बेहोस अवस्थामा उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल उपचारपश्चात् वडा प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी उपरीक्षक मल्लले पीडित महिलालाई आफन्त बोलाएर जिम्मा…

Read More

काठमाडौँ, ३ भदौ । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने सामाखुशीस्थित कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा आज छापा मारेको छ । उक्त मेनपावरले पूर्वस्वीकृति नलिई कतार पठाइदिने भन्दै प्रतिव्यक्ति एक लाखसम्म असुल गरी अन्तरर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारेको विभागका निर्देशक उद्धवबहादुर रिजालले जानकारी दिनुभयो । विभागले उक्त मेनपावरको गतिविधि शङ्कास्पद देखिएको भन्दै सम्पूर्ण कागजात नियन्त्रण लिई कामकारवाहीमा रोक लगाएको छ ।

Read More

काठमाडौँ, ३ भदौ । अठारौँ एसियाली खेलकूद ९एशियाड० को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा गोल खान पुग्यो । पाकिस्तानका युसाफ अहमेदले बराबरी गोल गरेका थिए । ७१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पाकिस्तानका कप्तान श्रद्दाम हुसेनले पाकिस्तानको अग्रता दोब्बर…

Read More

बैतडी, ३ भदौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सरकारले अनावश्यकरुपमा कर बढाएको बताउनुभएको छ । पूर्वमन्त्री विश्वकर्माले सरकारको नेतृत्व गरेको दलले निर्वाचनका बेला जनतासामु गरेका वाचा पूरा गर्न नसकेको आरोप लगाउँदै जनतामाथि बोझ मात्र थपेको बताउनुभयो । काङ्ग्रेस बैतडीमा देखिएको विवाद समाधानका लागि केन्द्रीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै आज यहाँ आउनुभएका नेता विश्वकर्माले सरकारका गलत गतिविधिका विरुद्ध बलियो प्रतिवाद गर्ने बताउनुभयो ।

Read More

बनेपा, भदौ ३ । प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । “जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले भन्नुभयो, “फेरी भोलिबाट म्याद थप गरी अनुसन्धानका लागि प्रक्रिया अगाडि बढ्नेछ ।” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक खड्काले गत वैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको पाइएको कारण पक्राउ गरिएको बताउनुभयो । चन्दा असुलीको…

Read More

भद्रपुर, ३ भदौ । कोचिङ पढ्न घरबाट विद्यालय जाँदै गरेकी एक किशोरीमाथि आज बिहान मेचीनगर–६ स्थित सतिघट्टा मार्गको चिया बगानमा दुव्र्यवहार भएको छ । काँकडभिट्टाको लोफोफोरस अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया ती किशोरी कोचिङ कक्षाका लागि बिहान ७ बजे एक्लै साइकल चढेर चिया बगानको बाटो हुँदै विद्यालय गइरहेको अवस्थामा उक्त घटना भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बगानको बीचमा पुगेपछि तीन केटाले एक्कासि समातेर बगानभित्र लगी जबर्जस्ती गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरी चिच्याएपछि केटा भागेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिनुभयो । अभियुक्तले किशोरीको स्कूल…

Read More

काठमाडौं, ३ भदौ । सरकारले म्यानपावरलाई जिल्लास्तरमै शाखा विस्तार गर्न दिने तयारी थालेको छ । म्यानपावरका देशैभरी रहेका दलाल अर्थात एजेन्टलाई खारेज गर्दै शाखा विस्तार गर्न दिने गरी तयारी भैरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐनअन्तर्गत दलाल राख्न पाउने कानुनी प्रावधान नै हटाउने प्रस्ताव गरिएको छ । वैदेशिक रोजगारीमा ठगी बढ्नुको प्रमुख कारणमध्ये दलाल पनि एक भएको ठहर गर्दै सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागेको हो । मन्त्रिपरिषदमा विचाराधीन यो ऐन संसदबाट पारित भयो भने देशभर रहेका म्यानपावरका दलालहरु खारेज हुनेछन् । वैदेशिक रोजगार विभागबाट अनुमति लिएरै…

Read More

काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारको ६ महिने समीक्षा गरेको छ । ०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएकोमा आइतबार ६ महिना पूरा भएको छ । काँग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी ओली नेतृत्वको सरकारको ६ महिनाको अवधिको ७ कमजोरी औंल्याएको हो । सय दिन र वर्ष दिनमा सरकारको समीक्षा गरिने स्थापित सामान्य प्रचलन भएपनि स्वयं सरकारले ६ महिने मूल्याकंन सार्वजनिक गरेकाले आफूहरुले पनि समीक्षात्मक टिप्पणी सार्वजनिक गरेको कांग्रेसले जनाएको छ । ७ बुँदामा सरकार माथि टिप्पणी गरेको काँग्रेसले पहिलो बुँदामा ओली सरकारको उग्र राष्ट्रवादको रङ सरकार गठनको केही…

Read More