
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २९ साउन । बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजनाको सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा रु ८३ करोड ६८ लाख २९२ को लागतमा इलामकै हालसम्मको ठूलो खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकारमार्फत एडिबीले ७० प्रतिशत अर्थात रु ५८ करोड ५७ लाख ६० हजार…
काठमाडौँ, २९ साउन । इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोलीले आज जापानसँग खेल्दै एशियन गेम्सको शुरुवात गर्न लागेको हो । इन्डोनेशिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो…
१– गहना तथा अरु कुनै धातुजन्य वस्तु लगाउनु हुँदैन। २– धातु मिसिएको वस्तु जस्तै कस्मेटिक अथवा श्रृंगारका सामग्री लगाउनु हुँदैन। ३– दाँत भरेको, दाँतमा तार हालेको अथवा शरीरको कुनै अंगमा फलामको वस्तु छ भने एमआरआइ गर्न अघिनै जानकारी दिनुपर्छ। ४– अन्य बिरामी तथा गर्भवती हो भने सुरुमा नै जानकारी दिनुपर्छ। ५– बिरामीलाई असजिलो महसुस भएमा अथवा नचली बस्न नसकेको अवस्थामा बिरामीलाई जाँचको समय बेहोस बनाउन सकिन्छ। ६– बिरामीको शरीरमा यदि ट्याटुहरु भएको खण्डमा जाँच गर्न अघि नै डाक्टरलाई खबर गर्नुपर्छ। ७– एमआरआइ मेसिनको चुम्बकको शक्ति बढि भएको कारणले कार्डियाक पेसमेकर, डिफिब्रिलेटर, कान प्रत्यारोपण, कृतिम हृदय भल्भ राखिएको बिरामीको स्क्यान गर्न…
उर्लाबारी, २९ साउन । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताउनुभयो । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए । खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो । घटनापछि विद्यालय अनिश्चितकालका लागि…
बैतडी, २९ साउन । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरिएको जानकारी पाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । “परियोजनाका दुई वटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ”, उहाँले भन्नुभयो “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको जानकारीमा आएको छ ।” यसअघि आइतबार नै भारतीय पक्षले आज बिहान ९ बजेसम्मका लागि बाँध खोलिने पूर्वजानकारी नेपाली प्रशासनलाई गराएको थियो । बाँधको पानी खोलिँदा महाकाली नदीको बहाव घटबढ भइरहेको बताइएको छ । दार्चुलाको दत्तुमा…
काठमाडौँ, २९ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उहाँले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा व्यक्त गर्नुभयो । करको दर बढाएर होइन, आधार बढाएर मात्र लक्षित राजश्व उठाउन सकिन्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “संविधानको अनुसूचीमै कुन कर कसले उठाउने भन्ने स्पष्ट छ, अलमल हुनुपर्ने अवस्था होइन, कर तिर्न क्षमता भएकालाई कर लगाउने हो, नहुनेलाई बोझ दिने होइन । कृषिजन्य, ऊर्जाजन्य र निर्माणजन्य सामग्रीको उत्पादनबाट मात्र आयात प्रतिस्थापन गर्न सकिन्छ भन्दै उहाँले…
धर्म गौतम पछिल्ला समाचारहरु अनुसार प्रधानमन्त्री केपी ओलीले सामाजिक अभियन्ता डा. गोविन्द केसीलाई आप्mनै पहलमा बालुवाटारमा बोलाएर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवामा सुधार सम्बन्धी उनका माग पूरा गनेर् वचन दिएका छन् । आप्mनो २७ दिन लामो अनशन पश्चात सरकारसँग भएका सम्झौता कार्यान्वयनतर्पm सरकारले खासै काम नगरेको देखेपछि डा. केसीले गत बुधबार पत्रकार सम्मेलन गरी ती माग पूरा गराउन उनले अकोर् अनशन बस्नु पनेर् हुनसक्छ भनेपछि प्रधानमन्त्री ओलीले डा. केसीसँग भेट्ने पहल गरेका थिए । डा. केसीसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीसँग भएका सम्झौता जस्ताको तस्तै कार्यान्वय गनेर् मात्रै होइन, उनका मागलाई आप्mनै कार्यक्रम मानेर अगाडि बढ्ने समेत बताएको समाचारमा आए पनि बालुवाटारबाट फर्कंदा…
बिर्तामोड, २९ साउन । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई आइइएलटीएस सम्बन्धी सेवा तथा भिसा सम्बन्धी सेवा प्रवाह गर्दै आएको ओली एण्ड एसोसिएट कन्सलटेन्सीको बिर्तामोड कार्यालयलाई थप व्यवस्थित गरेको छ । परामर्श दिदैं आएको सो संस्थाले आफ्नो सेवालाई थप व्यवस्थित गर्ने जनाएको छ । बिर्तामोडस्थित शनिश्चरेरोडमा रहेको केशव गिरी कम्प्लेक्समा सरेको सो कन्सलटेन्सीले अब विद्यार्थीहरुलाई थप प्रभावकारी ढंगले एब्रोड सम्बन्धी जानकारी तथा एसोसिएट सम्बन्धी सेवा प्रदान गर्ने शाखा प्रमुख अशोक अधिकारीले बताएका छन् । शनिबार नयाँ कार्यालयमा सरेको सो कन्सलटेन्सीले अध्ययन गर्न आउने विद्यार्थीको सहजताका लागि नयाँ भवनबाट थप गुणस्तरीय सेवा प्रदान गरिने ब्रान्च मेनेजर अधिकारीले बताए । सो कार्यलयको भव्य…
प्रदीप परियार बिर्तामोड, २९ साउन । झापामा नेपाल कम्युनिष्ट पार्टी निर्माणको लागि काठमाडौमा सोमवारदेखि कार्यदलले छलफल प्रारम्भ गरेको छ । पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्लाको संरचना बनाउने सन्दर्भमा कार्यदलमा रहेका रविन कोइराला,झलकसिंह दर्लाली,चिन्तन पाठक र विजय साम्पाङले छलफल शुरु भएको जानकारी दिएका छन् । पूर्व एमालेको झापा जिल्ला कमिटी ७८ सदसीय र माओवादी केन्द्रको ६५ सदसीय सचिवालय रहेको छ । दुई पार्टीको एकतापछि झापा जिल्ला कमिटी १ सय ७५ सदसीय बन्ने नेकपाका नेता शिव ढुङगेलले जानकारी दिए । एकतासँगै नेकपाको जिल्ला कमिटी बनाएर १ वर्षभित्र अधिवेशन गर्ने नीति केन्द्रले बनाएको छ । जिल्लाको कमिटी बनाउने विषयमा…
बनियानी, २९ असार । झापामा यस वर्ष तीन लाख ४५ हजार वटा बिरुवा वितरण गरिने भएको छ । जिल्ला वन कार्यालय झापाले गत असार १४ गते वातावरण दिवसको अवसर पारेर टिक, मसला, खमारी, मलेसियन साल, मगोहिनी, खयर, नेमारो, सिरीष, कदम लगायतको बिरुवा वितरण शुरु गरिएको जनाएको छ । कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीका अनुसार राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत १ लाख ५० हजार, वन दशक कार्यक्रम अन्तगरत ८५ हजार, जिल्ला वन आपूर्ति समितिबाट ७० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ४० हजार गरी कूल ३ लाख ४५ हजार वटा वन बिरुवा वितरण गरिने छ । उक्त बिरुवाको मूल्य करिब…