
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । काँग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिनुभएको सम्बन्धमा पार्टीले थप गम्भीररूपमा लिएको जनाएको छ । संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल हुने…
पाँचथर, १८ साउन । पाँचथरको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा सात वर्ष अघिदेखिको पहलमा बल्ल टेलिफोन जडान गरिएको छ । सञ्चारको बढ्दो विकास हुँदा समेत टेलिफोन नपुगेको शुक्रबारे बजारमा गाउँपालिकाको पहलमा ल्यान्डलाइन टेलिफोन जडान गरिएको हो । गाउँवासीको सुविधालाई लक्षित गरी उक्त टेलिफोन जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । पहिलो चरमा गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा ३५ वटा टेलिफोन र १७ वटा एडिएसएल इन्टरनेट सेवा जडान गरी टेलिकमले सेवा शुरु गरेको छ । अहिले १५ वटा लाइन जडानको प्रक्रियमा रहेको नेपाल टेलिकम लेखा कार्यालय धनकुटाका प्राविधिक रिजेन्द्र दुलालले बताउनुभयो । वर्षांैदेखिको जनप्रतिनिधिको सक्रियतामा फोन जडान भएपछि बजारमा…
प्रकाश धौलाकोटी तेह्रथुम, १८ साउन । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । उद्यानमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिनेछ । उद्यानभित्र आकर्षक बोट विरुवा र पूर्वाधारसमेत तयार गरी गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने ध्येयले उद्यान निर्माणको योजना बनाइएको उहाँले बताउनुभयो । गाउँपालिकाले…
सागर गौतम खुदुनाबारी, १८ साउन । अर्जुनधारा–१ स्थित ठूलो नेते काठको फड्के पुलको उदघाटन भएको छ । उक्त फड्के पुलको उदघाटन अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले गरेका हुन् । पुलको उदघाटन गर्दै नगर प्रमुख रानाले सानो नेतेमा यसै वर्षमा पक्की पुल बन्ने बताए । तीनवटा सामुदायिक वनको लागत २९ लाख ९२ हजार २ सय ३१ रुपैंया र अर्जुनधारा नगरपालिकाबाट ५ लाख रुपैंया पुल निर्माणको लागत प्राप्त भएको शान्ति सामुदायिक वनका सह–सचिव एंव पुल निर्माणका सदस्य हेमराज आचार्यले प्रस्तुत गरेका थिए । हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, वन महासंघ…
गौरीगञ्ज, १८ साउन । इलाका प्रहरी कार्यालय गौरीगञ्जले बुधबार राती ४६ हजार ८ सय मूल्य बराबरको भन्सार छली गरेको सामान बरामद गरेको छ । उक्त कार्यालबाट खटिएको गस्ती टोलीले राती १० ः ३० बजे झापाको गौरीगञ्ज गाउँपालिका ६ हुँदै भारतबाट भन्सार छली गरी ल्याएको खाधान्न, भुजिया र पानमसलाहरु बरामद गरेको हो । बरामद सामानहरुमा चिनी, जिरा, साबुन, भुजिया, रजनीगन्धा, तुलसी, रहेको र उक्त सामान बुधबार भन्सार कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
झापा, १८ साउन । निर्माण सुरु भएको लामो समयपछि झापा भद्रपुरस्थित मेची नदीमाथि पक्की पुल बन्यो । पुल बनेपछि वारिपारि गर्न स्थानीयलाई सहज भएको छ भने भारतको विहार र बंगाल राज्यसँग पुल जोडिँदा व्यापारको दृष्टिकोणबाट यो क्षेत्र पनि प्राथमिकतामा परेपछि भन्सार विभागले छोटी भन्सारलाई भन्सार कार्यालयको मान्यता दियो । तर साउन १ गते देखि नै लागू हुने गरी भन्सार कार्यालयको मान्यता दिए पनि कार्यालयमा न पूर्वाधार छ, न त आवश्यक कर्मचारी नै । यसअघि मेची भन्सार कार्यालय काँकरभिट्टामातहत रहेको छोटी भन्सार कार्यालयमा कार्यालय प्रमुखको रूपमा रहने अधिकृत नखटाइएकाले भन्सारको मान्यता दिए पनि अझै केही समय मेची भन्सार कार्यालय काँकरभिट्टाकै मातहत…
सान नेपाल गौरादह, १८ साउन । रतुवा खोलाको डुबान र कटानले मार पर्दै आएका झापा गौरादह नगरपालिकाको वार्ड नं. ५ का जनतालाई राहत मिल्न थालेको छ । बर्सेनि पीडित हुँदै आएका उनीहरु बाँध निर्माणसँगै सुरक्षित महसुस गर्न थालेका छन् । बर्षौंदेखि बाढीको त्रासमा बाँच्न बाध्य उक्त क्षेत्रका वासिन्दाहरु सरकारको तटबन्धन योजनाबाट पनि उतिसारो फाइदा लिन सकेको छैनन् । तर यस पटकको बाढीबाट बच्न उनीहरु आफ्नै श्रममा विस्वास गर्दै तटबन्धनमा जुटे । नेकपा नेता मदन अधिकारीको नेतृत्वमा गठित संरक्षण समिति मार्फत बाँध निर्माण कार्य सम्पन्न भएको छ। गत वर्ष ६०० मिटर बाध निर्माण गरिएको र यो वर्ष पनि थप १५० मिटर…
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूरका कारण निर्देशक फरहान अख्तरले पत्नीसँग डिभोर्स गरेका छन् । श्रद्धा र फरहानबीच अफेयर चलेपछि फरहान र पत्नीबीच विवाद भएको थियो । फरहान र श्रद्धा ‘लिभ ईन टूगेदर’मा बस्न थालेका थिए । श्रद्धाका बाबु शक्ति कपूरले छोरीलाई जबरजस्ती घर फर्काएका पनि थिए । यस विषयमा श्रद्धाले कहिल्यै मुख खोलेकी छैनन् । फरहानले पनि केही बोलेका छन् । श्रद्धाले आफ्नो इन्टाग्राममा अचानक फरहानालाई अनफलो गरेकी छिन् । यसबाट यी दुईबीचको सम्वन्ध तोडिएको आशं ागर्न थालिएको छ । श्रद्धा कपूरले फरहानको नाम नलिइकन कसैले आफ्नो दिल तोडेको बताएकी छिन् । ‘विश्वास गरेको मान्छेले दिल तोडिँदिँदा सहन गाह्रो…
दोलखा, १७ साउन । घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौँ, १७ साउन । सभामुख कृष्णबहादुर महराले विषयवस्तुका दृष्टिकोणले नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गर्नुपर्ने कारण नरहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दलको बहिष्कारपछि पनि सदन चल्यो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “यो नयाँ इतिहास नै होइन, विसं २०४८ मा पनि यस्तो अभ्यास भएको थियो, त्यसबेला नेपाली काँग्रेस सत्तामा थियो, यो पहिले नै भएको अभ्यास र परम्परा हो ।” बहिष्कारपछि पनि सदन चलेको विषयमा सभामुख महराले भन्नुभयो, “सदनमा मन्त्रिसँग प्रश्न उत्तरको व्यवस्था अब छिट्टै हुँदैछ, आज प्रमुख प्रतिपक्ष मात्रै गएको हो, अरु धेरै प्रतिपक्ष त्यहाँ हुनुहुन्थ्यो, म मिलन बिन्दुमै छु, तर यो सदाका लागि नजिर बन्न सक्दैन”, उहाँले भन्नुभयो ।…