
गौरीगञ्ज, १८ साउन । इलाका प्रहरी कार्यालय गौरीगञ्जले बुधबार राती ४६ हजार ८ सय मूल्य बराबरको भन्सार छली गरेको सामान बरामद गरेको छ ।
उक्त कार्यालबाट खटिएको गस्ती टोलीले राती १० ः ३० बजे झापाको गौरीगञ्ज गाउँपालिका ६ हुँदै भारतबाट भन्सार छली गरी ल्याएको खाधान्न, भुजिया र पानमसलाहरु बरामद गरेको हो । बरामद सामानहरुमा चिनी, जिरा, साबुन, भुजिया, रजनीगन्धा, तुलसी, रहेको र उक्त सामान बुधबार भन्सार कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

