झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुरुङ्गा, १५ साउन । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट निरन्तर प्रकाशन हुँँदै आएको कनकाई साप्ताहिकले तेस्रो वर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै कनकाई साप्ताहिकले यस क्षेत्रको विकास, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । त्यसैगरी, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यवाहक अध्यक्ष बिपुल पोखरेलले कनकाई साप्ताहिक चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना दिनुभएको छ । अध्यक्ष पोखरेलले मुलुक संघीयाताको अभ्यासमा गइरहेको बताउँदै यसको कार्यान्वयन सबै संरचनाहरु जवाफदेही, पारदर्शी र नागरिकमैत्री बनाउन समेत कनकाई साप्ताहिकले भुमिका खेल्नुपर्ने बताउनुभयो । यसैगरी पत्रकार…

Read More

विराटनगर, १५ साउन । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बनाउनुभयो मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पार्नुभयो । उहाँले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको…

Read More

विराटनगर, १५ साउन । मुस्लिम धर्मावलम्बीको सबै भन्दा ठूलो तीर्थस्थल साउदी अरबको मक्कामदिनामा हज गर्न जानका लागि आज मोरङबाट २६ जनालाई बिदाइ गरिएको छ । कौमी एकता समाज नेपालले आज यहाँ गरेको कार्यक्रममा प्रदेशसभा सदस्य जयराम यादव, समाजका अध्यक्ष इर्साद अन्सारी र उपाध्यक्ष मोहम्मद नसरुलले हजयात्रीलाई बिदाई गर्नुभयो । मोरङबाट १४ पुरुष र १२ महिला सहभागी छन् । साउन १७ गते हजयात्री काठमाडौंबाट साउदी अरब प्रस्थान गर्ने कार्यक्रम छ । हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समितिले संयोजन गरिरहेको छ । इस्लामधर्मका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । प्रत्येक मुसलमानको जीवनसँग हज गर्नु धार्मिक एवं ठूलो पुण्य प्राप्ति हुने र…

Read More

काठमाडौँ, १५ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले परामर्श सेवा सञ्चालनका लागि उक्त संस्थाले अनुमति नलिएको हुनाले काम रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो । संस्थाले केही दिनअघि पत्रकार सम्मेलन गरी शुक्रबारदेखि परामर्श सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो । उहाँले परामर्श सेवा सञ्चालन अनुमतिविना नै सेवा सञ्चालन गर्न खोजेको उक्त संस्थाबाट सेवा नलिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई अनुरोध गर्नुभएको छ । उहाँले विनाअनुमति शैक्षिक परामर्श सेवा सञ्चालन गरेमा कानूनबमोजिम कारवाहीसमेत हुने बताउनुभयो ।

Read More

भद्रपुर, १५ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष ०७४÷७५ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । आ.व. ०७४÷७५ को लक्ष्य २ अर्व ४० करोड ६८ लाख ७४ हजारको तुलनामा १२ करोड २ लाख १९ हजार वढी अर्थात २ अर्व ५४ करोड ७० लाख ८३ हजार संकलन गरी लक्ष्यको तुलनामा १०५ प्रतिशत प्रगति गरेको छ । अघिल्लो आ.व. ०७३÷७४ मा २ अर्व ३ करोड असुली भएकोमा सोको तुलनामा १२५.४ प्रतिशत प्रगति भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यले बताए । आ.व.०७४÷७५ को जेष्ठ महिनामा लक्ष्य भन्दा केही कम असुली भएपनि अन्य महिना र…

Read More

झापा, १५ साउन । हिन्दु धर्मको सर्वोच्च पद शंकराचार्य बनेको नेपाली चेली हेमानन्द गिरीलाई काशी विद्धत परिषद्ले अवैध ठहर गरेपछि धार्मिक क्षेत्रमा तरङ्ग आएको छ । उनी १२ सय वर्षको इतिहासमा शंकराचार्य पदका लागि दाबी गर्ने पहिलो महिला हुन् । भारतीय साधुहरुको संगठन भारत धर्म महामण्डल र काशी विद्धत परिषद्ले हेमानन्दलाई छनोट गरेको समाचार आएसँगै पहिलो नेपाली महिला शंकराचार्य बनेको खुसी तरङ्गित थियो । तर, गत साता काशी विद्धत परिषद् बनारसको बक्तव्य सार्वजनिक भएपछि उनी पशुपति मठमा शंकराचार्यका रुपमा रहेकी उनी वास्तविक शंकराचार्य नभएको ठहर भएको हो । ‘पशुपतिको मठमा शंकराचार्यका रुपमा सुश्री हेमानन्द गिरीलाई स्थापित गरिएको सन्दर्भमा परिषद्को गम्भीर…

Read More

दमक, १५ साउन । झापामा एक दाताले रु ५० लाख मूल पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् । जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गर्नुभएको हो । जोशीले उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गर्नुभएको छ । मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागिसमेत निःशुल्क जग्गा दिने जोशीसँग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलले जानकारी दिनुभयो । उहाँले आगामी मंसिरदेखि भवन निर्माण थाल्ने बताउनुभयो । गौरादह नगरपालिकाको वडा नं १, ५, ६, ७ र ९ को आफ्नै भवन छ । वडा नं २, ३, ४ र…

Read More

झापा, १५ साउन । पहिलो‌ महिला शंकर‌ाचार्य भनिएकी हे‌मानन्द गिर‌ी पहिला ने‌पाली कांगे‌्रस कि ने‌तृ हुन् । ने‌पाल विद्यार्थी संघकी के‌न्द्रीय सदस्यसम्मको‌ है‌सियत बनाएकी हे‌मानन्दको‌ वास्तविक नाम हे‌मा ढुङ्गाना हो‌ । ने‌पाल विद्यार्थी संघको‌ र‌ाजनीति गर‌े‌की उनी तत्कालीन कांग्रे‌स ने‌ता विजयकुमार‌ गच्छे‌दार‌ र‌ खुमबहादुर‌ खड्का निकट भएर‌ काम गर‌े‌की थिइन् । शे‌र‌बहादुर‌ दे‌उवाले‌ कांग्रे‌स टुत्र्याउँदा संस्थापन कांग्रे‌समा र‌हे‌र‌ र‌ाजनीति गर‌े‌की जानकार‌ बताउँछन् । मो‌र‌ङको‌ पथर‌ीलाई कर्म क्षे‌त्र बनाएर‌ बसे‌की हे‌माले‌ सो‌ बे‌ला पथर‌ी हसहन्द क्षे‌त्रमा ट्युवे‌ल वितर‌ण कार्यक्रम ल्याएर‌ वहावही कमाएकी थिइन् । गच्छे‌दार‌ भौ‌तिक यो‌जना मन्त्री हुँदा उनको‌ अग्रसर‌तामा बने‌को‌ पथर‌ी खो‌ला पुललाई हे‌मा ढुङ्गाना पुल नामकर‌ण समे‌त गर‌ाएकी थिइन । पहिलो‌ संविधानसभाको‌ निर्वाचनमा ने‌पाली…

Read More

काठमाडौँ, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा०को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ । समान तीन÷तीन खेल खेलका दुवै टिम अपराजित अवस्थामा छन् । अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थिए । दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । उपाधि विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टिमले…

Read More

बिर्तामोड, १५ साउन । सहारा नेपाल साकोसले अब कृषि क्षेत्रको प्रविधि विकाससँगै २० हजार युवालाई रोजगार बनाउने योजना अगाडि सारेको छ । कार्यक्षेत्र भित्रका ६ बटा जिल्लामा २५ बटा पकेट क्षेत्र निर्धारण गरी त्यसमा २० हजार जनालाई आबद्ध गराउने र उनीहरुलाई उद्यमी बनाउने लक्ष्य रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो । उहाँका अनुसार यसक्रममा १५ बटा बाख्रा र १० बटा कुखुराको पकेट क्षेत्र निर्धारण हुनेछ भने प्रविधियुक्त कृषिमा जोड दिइनेछ । यसमा १०१ स्थानमा कार्यक्रम सञ्चालन हुनेछ भने किसानहरुलाई ज्ञान र सीप हस्तान्तरण गरिनेछ । कार्यक्रमका संयोजक युवराज सिवाकोटीले प्रविधिसँगै ऋण पनि प्रवाह गरिने र किसानहरुको आयस्तर उकास्न सहयोग…

Read More