
सुरुङ्गा, १५ साउन । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट निरन्तर प्रकाशन हुँँदै आएको कनकाई साप्ताहिकले तेस्रो वर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै कनकाई साप्ताहिकले यस क्षेत्रको विकास, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यवाहक अध्यक्ष बिपुल पोखरेलले कनकाई साप्ताहिक चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना दिनुभएको छ । अध्यक्ष पोखरेलले मुलुक संघीयाताको अभ्यासमा गइरहेको बताउँदै यसको कार्यान्वयन सबै संरचनाहरु जवाफदेही, पारदर्शी र नागरिकमैत्री बनाउन समेत कनकाई साप्ताहिकले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
यसैगरी पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले पर्यटकीय नगरी कनकाईमा प्रकाशन हुँदै आएको कनकाई साप्ताहिक चौथो बर्षमा प्रवेश गरेकोमा शुभकामना दिनुभएको छ ।
त्यस्तै, कनकाई नगरापलिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना दिदै कनकाई नगरपालिकाका गतिविधिलाई आम नगरबासीमा पु¥याउन सेतुको भुमिका कनकाई साप्ताहिकले कनकाई साप्ताहिकले पुरा गरेको बताउनुभएको छ ।
कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र कार्कीले समेत कनकाई साप्ताहिक चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले विगत तीन वर्षदेखि निरन्तर प्रकाशन हुदै आएको साप्ताहिकले यस क्षेत्रका जनतालाई स्थानीय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय घटना, कला संस्कृति पर्यटन सम्बन्धी जानकारी गराउँदै आएको बताउनुभएको छ ।
वितगका वर्षमा भन्दा पत्रिका र अनलाइनलाई अझ सशक्त बनाउने सम्पादक लीलाराज झापालीले बताउनुभयो । उहाँले सत्यतथ्य समाचार प्रकाशन÷प्रसारण गर्ने कुरामा आफू सदैव प्रतिबद्ध रहेन उल्लेख गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

