
भद्रपुर, १५ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष ०७४÷७५ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।
आ.व. ०७४÷७५ को लक्ष्य २ अर्व ४० करोड ६८ लाख ७४ हजारको तुलनामा १२ करोड २ लाख १९ हजार वढी अर्थात २ अर्व ५४ करोड ७० लाख ८३ हजार संकलन गरी लक्ष्यको तुलनामा १०५ प्रतिशत प्रगति गरेको छ ।
अघिल्लो आ.व. ०७३÷७४ मा २ अर्व ३ करोड असुली भएकोमा सोको तुलनामा १२५.४ प्रतिशत प्रगति भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यले बताए । आ.व.०७४÷७५ को जेष्ठ महिनामा लक्ष्य भन्दा केही कम असुली भएपनि अन्य महिना र मुख्यतः किस्ता रकम प्राप्त हुने पौष चैत्र र आषाढको असुली लक्ष्योउन्मुख भएकोले समग्रमा आर्थिक वर्षको संकलन लक्ष्य भन्दा प्रगति बढी भएको हो ।
मू.अ.कर तर्फ लक्ष्य भन्दा ११७ प्रतिशत बढी संकलन भएकोमा अन्तःशुल्क, शिक्षा सेवा शुल्क र आयकर लक्ष्य अनुसार नै संकलन भएको छ भने ब्याजकर, स्वास्थ्य सेवाकर लक्ष्यको नजिक नजिक रहेको देखिन्छ । तथापि वार्षिक लक्ष्यको १०५ प्रतिशत र गत आर्थिक वर्षको संकलनको आधारमा १२५.४प्रतिशत असुली रहेको सन्तोसजनक नै देखिन्छ ।
आर्थिक वर्ष ०७१÷७२ मा १ अर्व २७ करोड असुली गरेको यस कार्यालयले चौथो वर्ष अर्थात आ.व. ०७४÷७५ मा शत प्रतिशत वृद्धि गरी सो वर्षको तुलनामा दोब्बर राजस्व संकलन गरेको छ । मेची अञ्चलका ताप्लेजङ, पाँचथर, इलाम र झापाबाट संकलित उक्त राजस्वमा पछिल्लो समय करदाताको दायरा विस्तार र करदाता शिक्षाको सकारात्मक प्रभाव रहेको कार्यालय प्रमुख आचार्यले बताए ।
०७५ आषाढ महिनासम्ममा ६३१५ मू.अ.कर दर्तावाला सहित कुल ६४ हजार २ सय ९१ करदाता पुगेको र पछिल्लो समयमा मू.अ.कर तर्फ विवरण नबुझाउने करदाताको संख्या घट्दै गएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । आर्थिक विधयेक ०७५ बाट हलै प्रदान गरीएको छुट सुविधाबाट दर्ता हुन छुट भएका करदाता दायरामा आउने र दर्ता भई करकानुनको परिपालना नगरेका करदाताबाट सुविधा प्रयोग गरि परिपालना स्तर बढाउने अपेक्षा लिएको आचार्यले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

