
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ भदौ । झापाको कनकाई नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का २५ वर्षीय आशिष पोखरेल रहेको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ । पौडी खेल्ने क्रममा पोखरेललाई खोलाले बगाएपछि साथीहरुले उद्धार गरी सुरुङ्गास्थित मेरीगोल्ड अस्पतालमा पु¥याएका थिए । उपचारका क्रममा पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरेल चार जना साथीसँगै पौडी खेल्न कनकाई नदीमा गएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, झापा गाँउपालिका–२ मा एक पुरुषको शव फेला परेको छ । खोल्सी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन…
वि.सं.२०७५ साल भाद्र ०३ गते । आईतबार । ईश्वी सन् २०१८ अगष्ट १९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण शुक्ल पक्ष । तिथि नवमी, अहोरात्र । नक्षत्र अनुराधा,४३ घडी ३६ पला,बेलुकी ११ बजेर ०३ मिनेट उप्रान्त ज्येष्ठा । योग ऐन्द्र ३४ घडि ५३ पला,बेलुकी ०७ बजेर ३४ मिनेट उप्रान्त वैधृती । करण बालव,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादीमा मृत्यू योग । चन्द्रराशि बृश्चिक । थकालीहरूको फालोपर्व। काठमाडौंमा सूर्योदय ५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ३० पला । …
पोल्याण्डको एक बियर उत्पादक कम्पनीले दुनियामै अहिलेसम्मै नभएको बियर उत्पादन गरेको छ । यो बियरमा जुन तत्व पाइन्छ, त्यो सायद पेय पदार्थमा मिसाएर खाने कल्पना कसैले गरेको थिएन । हो, पोल्याण्डको बियर कम्पनी द अर्डर अफ योनीले साँच्चीकै योनी बियर बजारमा ल्याएको छ । यो बियरको नाम मात्र होइन, साँच्चीकै योनीमय छ । यसमा महिलाको योनीमा पाइने ल्याक्टिक अम्ल पाइन्छ । काटोइस सहरको बियाला माल्पा पबमा यो बियर पाइनेछ । यो बियरमा दुईजना हट सुन्दरी मोडेलहरु पाउलिना र मोनिकाको यौनांगका ब्याक्टेरियाको प्रयोग गरिएको छ । ती हानिरहीत ब्याक्टेरियाले यौनांगमा ल्याक्टिक अम्ल बनाउने काम गर्दछन् । महिला डाक्टरहले ती मोडेलका यौनांगबाट…
सुनसरी, २ भदौ । पसलमा गएर मानिसले पसलमा उपलब्ध वस्तु उपभोग गर्ने गर्छन् । त्यो हुनु स्वाभाविक हो तर मःमः पसलमा एक जना वडाध्यक्ष घुस खाएका छन् । खानुपर्ने मःमः तर खाए घुस । त्यसपछि के भयो समाचार पढ्नुसु– इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्र्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वका…
विराटनगर, २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिनुभयो । महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताउनुभयो । उहाँले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भारत, २ भदौ । बिहारमा सामाजिक सञ्जालमा अटल बिहारी वाजपेयीको अलोचना गर्ने एक प्रोफेसरलाई जिउँदै जलाउने प्रयास गरिएको छ । आफूलाई राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) र बजरंग दलका कार्यकता बताउने एउटा भिडले मोतिहारीमा रहेको महात्मा गान्धी विश्वविद्यालयमा पढाउने प्रोफेसर सञ्जय कुमारलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेका हुन् । इन्डियन एक्सप्रेसका अनुसार यस मामिलामा १२ जना विरुद्ध उजुरी दर्ता भएको छ । प्रोफेसर सञ्जय कुमारले आफ्ना एक मित्रको फेसबुक पोस्टमा टिप्पणी गर्दै लेखेका थिए, ‘अटल बिहारी वाजपेयी नेहरुवादी समाजवादलाई मान्नेवाला थिएनन् । उनी सधैँ आरएसएसप्रति वफादार थिए । उनले सधैँ दक्षिणपन्थी एजेण्डालाई अगाडि बढाउने काम गरे ।’ कुमार अगाडि लेख्छन्,…
काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ बाट भारतको कोलकत्तासम्म पानीजहज चलाउने योजना अघि सारेका छन् । प्रदेश २ को प्रदेशसभलाई सम्बोधन गर्दै उनले सप्तरीको हनुमाननगरबाट कोलकाता पुग्ने पानी जहाज चलाउने केन्द्र सरकारको योजना सुनाए । ‘मैले महासागरमा नेपालको आफ्नै पानीजहाज कुद्छ भनेको छु । अब कोशी, गण्डकी र कर्णलीबाटै समुन्द्रमा पानीजहाज पुर्याउने भनेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश २ बाटै कोलकत्तामा पनि पुग्छ ।’ उनले प्रदेश २ भाग्यमानी रहेको पनि बताए । पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग प्रदेश २ सँग जोडिएको भन्दै उनले अब पानीको बाटोबाट पनि आवागमन हुने बताए । सीमामा भारतले सडकका बाँध…
बनियानी (झाप), २ भदौ । प्रदेश नम्बर १ का पौने तीन लाख विद्यार्थीलाई तालिम दिइने भएको छ । प्रदेश सरकारले ‘असल नागरिक निर्माण’का लागि कक्षा–८ देखि १२ सम्मका पौने तीन लाख विद्यार्थीलाई तालिम दिन लगेको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी मंसिरदेखि तालिम शुरु हुनेछ । ‘विद्यालय जाने उमेरमा नै उचित मार्गदर्शन गर्नसके असल नागरिक बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘यही उमेरमा बालबालिका कुलतमा फस्ने, आपराधिक क्रियाकलापमा संलग्न हुने हो ।’ तालिममा अनुशासन, लागुऔषध दुव्र्यसनी, नैतिक शिक्षा लगायतका विषयमा जानकारी दिइने छ । ‘कार्यक्रमका लागि बजेट विनियोजन भइसकेको छ’, उहाँले…
लहान, २ भदौ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो । गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापश्चात् खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिनुभयो । यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित राघोपुर सडकखण्डमा गत साउन २४ गते भएको रु २५ लाख ६० हजार लुटपाटको घटनामा…
पोखरा, २ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताउनुभएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उहाँले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गर्नुभयो । जनता आफैँ उद्यमी बन्ने खालको शिक्षाको खाँचो औँल्याउँदै उहाँले ढिकुरपोखरीमा एग्रोयन्जिनियरिङ क्याम्पस स्थापना गर्न ढिलाइ गर्नु नहुने बताउनुभयो । पाँच वर्षमा गरिबी ५० प्रतिशत घटाएर प्रदेशलाई मुलुककै नमूना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले आगामी पाँच वर्षभित्र वृद्धभत्ता मासिक रु पाँच हजार पु¥याउने योजना रहेको बताउनुभयो । सङ्घीय सांसद दुर्गा विकले विगतको शिक्षा प्राविधिक नहुँदा धेरै नेपाली…