
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ७ साउन । नेपाली कांग्रेस झापाका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ । कांग्रेस झापाका निर्वतमान जिल्ला उपसभापति समेत रहेका थेवेकी आमा दधिमाया थेवेको ७८ वर्षको उमेरमा आइतवारराति निधन भएको हो । मधुमेह र उच्च रक्तचापका कारण उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन । उनको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनका श्रीमान वुद्धिमान थेवे रहेका छन् भने तीन छोरा मध्ये दुई छोराको यस अघि नै निधन भइसकेको छ । थेवे कान्छा छोरा हुन् । उनका दुई छोरा पूर्णकुमार, तिलविक्रम थेवेको यसअघि नै मृत्यु भएको छ । उनका सात छोरी छन् । कनकाई…
बिर्तामोड, ७ साउन । झापा भद्रपुर –१० का चुणमणी चिमरियाले आइतवार आमाको दाहशंस्कारमा दागबत्ती दिन पाएनन् । कनकाई माईमा दाहशंस्कारका लागि राखिएको आमाको मृत शरिरमा दागबत्ती दिन तयारी भएका चिमरियालाई आफ्नै परिवार र गाउँले मलामीले दागबत्ती दिन अवरोध गरेका थिए । उनलाई ठेलठाल गरेर दाहशंस्कारस्थलबाट बाहिर पठाइएको थियो । सुरक्षाकर्मीले उनलाई सुरक्षा सहित घर फर्काइदिए । लेखापरिक्षक चिमरिया चन्द्रगढीस्थित विरेन्द्र उच्च माविका शिक्षक हुन् । उनले समाज नै समय अनुसार चल्न नसकेकोले आफुलाई आमाको दागबत्ती दिनबाट बञ्चित गरेको आरोप लगाएका छन् । अराजक समुहले आमाको कर्म गर्न नदिएकोमा उनले दुःख व्यक्त गरेका छन् । उनले दागबत्ती दिन नपाएपनि घर मै…
बलिउडको चर्चित ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा आयोजना हुने भएको छ । आउँदो नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजना हुने भनिएको अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसीलाई सामेल गरिएको थियो । सो भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा। सुभाश चन्द्रले नेपालमा जी सिने अवार्ड आयोजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीमा पुर्याएका थिए । प्रधानमन्त्री ओली तत्काल यसमा सकारात्मक बनेका थिए । साथै प्रधानमन्त्रीकै इच्छा बमोजिम अवार्ड समारोह भन्दा अगाडि ‘हिमालयन कन्क्लेभ’ पनि…
सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो । डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिला पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । उनको जीउ यति सानो छ कि एक…
काठमाडौँ, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले चालु आवमा सरकारले घर, जग्गालगायतका सम्पत्ति तथा इन्टनेट शीर्षकमा वृद्धि गरेको करको दायरा घटाउन माग गरेका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षत्कारमा उनले पेट्रोलियम पदार्थ सर्वसधारणलाई बिक्री गर्दा सरकारले प्रति लिटर २५ पैसा अतिरिक्त शुल्क असुल गर्ने निर्णय वैज्ञानिक र सामाजिक न्यायको पक्षमा नरहेको बताए । पैतिृक सम्पत्तिमा समेत ५ प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेच गर्दा दुबै पक्षले थैलीको १२।५ प्रतिशत राजिनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायीलगायत विपन्न जनतालाई ठूलो मर्का परेको अध्यक्ष राणाको भनाइ थियो । बजारमा…
भद्रपुर, ६ साउन । झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता (टिन) लगाइदिने भएको छ । ‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको हो । आर्थिक बर्ष २०७५÷७६ को बजेटमै सो अभियानका लागि रु २५ लाख गाउँपालिकाले छुट्याएको र रु २५ लाख हेविटेड नेपाल र सहारा नेपालले लगानी गर्ने भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । विशेषगरी सन्थाल, राजवंशी, गनगाई, मुस्लिम र मधेशी समुदायको बसोबास रहेको गाउँपालिकामा सात वटा वडा रहेकामा प्रत्येक वडाका २५० देखि ३०० घर अझै पनि फुसकै छाना रहको अध्यक्ष साहको…
काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बिपी स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए । आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग…
भद्रपुर, ६ साउन । धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ भएको छ । अर्जुनधारा नगरपालिका कार्यालयका योजना (कृषि) अधिकृत शालिकराम भट्टराईका अनुसार असारको पहिलो र दोस्रो साता परेको पानीमा धान रोपाइँ भए पनि अन्तिम सातादेखि परेको खडेरीका कारण रोपाइँ हुन सकेको छैन । किसानले धानको बीउ राख्न ढिलो गरेकाले बेर्ना रोप्न योग्य भइनसकेको र जनशक्ति अभावका कारण यो वर्ष बेलैमा रोपाइँ हुन नसकेको उनको भनाइ छ । जिल्लामा ९५ हजार हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ हुने गरेकामा गतवर्ष यतिबेलासम्ममा ७५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको…
ताप्लेजुङ, ६ साउन । जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् । केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा आएको खराबीका कारण शुक्रबारदेखि नै विद्युत् आपूर्ति भएको छैन । इलाम क्षेत्रमा अप्टिकल फाइबरमा आएको खराबीका कारण शनिबारदेखि इन्टरनेट .एडिएसएल) सेवासमेत ठप्प छ । विद्युत् र इन्टरनेट दुई वटै सेवा बन्द भएपछि रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत समस्यामा परेका छन् । विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार शनिबार बिहानैदेखि प्राविधिकहरु खटिए पनि खराबी पत्ता लाग्न नसकेको र दुईवटै सेवा सञ्चालन हुन समय लाग्ने देखिएको…
तेह्रथुम, ६ साउन । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई परिवारलाई रु १४ लाख वितरण गरिएको छ । यस्तै मृतकका परिवार छ जनालाई रु २३ लाख र विस्थापित हुने २० परिवारलाई रु १५ लाख पाँच हजार ७०० वितरण गरिएको स्थानीय…