
बिर्तामोड, ७ साउन । नेपाली कांग्रेस झापाका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ ।
कांग्रेस झापाका निर्वतमान जिल्ला उपसभापति समेत रहेका थेवेकी आमा दधिमाया थेवेको ७८ वर्षको उमेरमा आइतवारराति निधन भएको हो । मधुमेह र उच्च रक्तचापका कारण उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन । उनको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनका श्रीमान वुद्धिमान थेवे रहेका छन् भने तीन छोरा मध्ये दुई छोराको यस अघि नै निधन भइसकेको छ । थेवे कान्छा छोरा हुन् । उनका दुई छोरा पूर्णकुमार, तिलविक्रम थेवेको यसअघि नै मृत्यु भएको छ । उनका सात छोरी छन् ।
कनकाई नगरपालिकामा उनको स्थायी बसोबास रहेको थियो । उनको सोमवार कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

