
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
तीर्थ सिग्देल बेल्जियममा बसोबास गर्दै आएका पत्रकार सन्तोस न्यौपानेले लेखेका छन्, मैले गाडी चलाए बापत वार्षिक ४५० युरो कर तिर्छु, काम गरेबापत मासिक ८०० युरो कर तिर्छु, बाटो हिडे बापत वार्षिक ६० युरो कर तिर्छु, घरको वार्षिक ६५० युरो कर तिर्छु, बिजुली पानी इन्टरनेटको वार्षिक सालाखाला १००० युरो कर तिर्छु, प्रत्येक पटक खाद्य पदार्थ किन्दा ६५ कर तिरेको हुन्छु, माछा मार्ने रहर लागे वार्षिक १२ युरो नगरपालिकालाई बुझाउनुपर्छ मैले । यस्ता धेरै छन् यथार्थ, तर विशेष गरेर युरोप अमेरिका बस्ने नेपालीहरुले सामाजिक सञ्जालहरुमा नेपाल सरकारले लागू गरेको करको विरोध नगरेकै राम्रो । याद राख्नुहोस, ढाड सेकिने गरेर कर तिर्दाको अवस्था…
भद्रपुर, २ भदौ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार नयाँ मुलुकी ऐनको देवानी संहितामा कठोर रुपमा प्रस्तुत भएको बताउनुभएको छ । झापाको भद्रपुरमा शुक्रबार आयोजित अन्तरक्रियामा बोल्दै नेता सिटौलाले वर्तमान सरकार देवानी संहितामा कठोर रुपमा प्रस्तुत हुँदा विपक्षीको आवाज दमित हुन सक्ने बताउनुभयो । ‘सरकारले मुलुकी ऐनको देवानी संहिताको दुरूपयोग गरी विपक्षी आवाज नियन्त्रण गर्न सक्ने देखिन्छ’, पूर्व गृहमन्त्री समेत रहनुभएका नेता सिटौलाले भन्नुभयो, ‘सामान्य कानूनलाई महत्व दिन थाले स्वतन्त्र न्यायालय र सञ्चार क्षेत्र अतिक्रमणमा पर्नेछ ।’ सञ्चार जगत सत्ता पक्षका लागि पहिलो प्रतिपक्ष भएको भन्दै सिटौलाले जनजागरणका लागि खबदारी गर्ने बेला आएको उल्लेख गर्नुभयो । ‘सत्ताको दम्भमा नागरिक…
कनकाई, २ भदौ । इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखमा प्रहरी नायव निरिक्षक (सई ) अकिल अहमद सिद्धिकी आएका छन् । यस पहिलेका प्रमुख गोकर्ण कार्की ईलाकामा आएको महिना दिन पनि नबित्दै सरुवा भएपछि हेडक्वाटरबाटै सिद्धिकी सुरुङ्गा आएका हुन् । यसैविच सिद्धिकीले यस क्षेत्रको शान्तिसुरक्षा लागि थप मजबुद बनाउनका लागि नागरिक र प्रहरीविच सहकार्य गर्न शुक्रबार परिचयात्मक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । कनकाई नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया , ४ का अध्यक्ष गोविन्द पौडेल , ५ का अध्यक्ष कृष्ण राई , ८ का अध्यक्ष प्रेम कटुवाल , सेक्टर बन सुरुङ्गाका ओमनाथ भट्टराई , कनकाई सामुदायिक वनका अध्यक्ष…
बिर्तामोड, २ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई सवारी चेकिङको क्रममा दमक पुग्दा चोकैबाट एउटा मोटरसाईकल, प्रमुख राई सवार गाडी अघि अघि दौडिरहेको थियो । मोटरसाइकल दौडाउने चालकले हेलमेट नलगाई मध्य सडकमानै सवारी चलाईरहेको देखेपछि प्रमुख राईले मोटरसाईकल रोक्न लगाए र सोधे किन हेलमेट नलगाएको ? चालकले उत्तर दिए यहि नजिकै जार्नुपर्ने भयो अनि । हेर्दा शिक्षित देखिने ति युवाकोनै यस्तो उत्तर सुनेपछि प्रमुखले जरिवाना तिराए र अब देखि त्यस्तो नगर्ने सर्तमा छाडिदिए । नजिकै कलेजबाट स्कुटरमा निस्कदै गरेकी छात्राले हेलमेट लुकिङ् ग्लासमा झुण्डाएकी थिईन भने, दुई जना साथिलाई पनि स्कुटरमा राखेर मध्य सडकमा दौडदै थिईन्…
विराटनगर, २ भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी पाँच वर्षभित्रमा यो प्रदेशलाई बालविवाह मुक्त घोषणा गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा शुक्रबारदेखि शुरु भएको प्रदेशस्तरीय बालिका सम्मेलनको उद्घाटन गर्दै उहाँले सम्मेलनले बालविवाह मुक्त प्रदेश घोषणा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री धिमिरले आजका बालिका नै ‘समृद्ध नेपाल सुखी नेपाली’” निर्माणको आधारस्तम्भ भएको उल्लेख गर्दै बालविवाह न्यूनीकरणका लागि प्रदेशको १४ वटै जिल्लामा विशेषदूत राखिने जानकारी दिनुभयो । मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले बालहिंसाको अन्त्य, बालविवाह न्यूनीककरण र बालबालिकालाई पढ्ने, सिक्ने अवसर दिनका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने उक्त…
गौरादह, २ भदौ । त्रिभुवन विश्व बिधालयको आंगिक क्याम्पस गौरादह कृषि क्याम्पसमा अन्तर बिधालय स्तरीय हाजिरी जवाफ कार्यक्रम सप्पन्न भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरुको संयुक्त विद्यार्थी संगठन द्वारा आयोजित हाजिरी जवाफ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । उक्त कार्यक्रम क्याम्पसको पठनपाठन सुरु भएसँगै प्रथम पटक आयोजना गरिएको विद्यार्थी स्तरिय कार्यक्रम रहेकोे बताइएको छ । प्रतियोगितात्मक कार्यक्रममा गौरादह नगरपालिका भित्र रहेका ११ वटा निजि तथा सामुदायिक बिधालयका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा गोल्डेन सनराइज मावि प्रथम, ज्ञान ज्योति मा वी द्वितीय र इमिनेन्ट कन्चंजङ्गा तृतीय भएका थिए । कार्यक्रममा प्रमुख अतिथी अखिल विद्यार्थी…
काठमाडौँ, १ भदौ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले आज सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “गैरकानूनीरुपमा थुनामा रहेको देखिँदा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाडी सोको निस्सा मिसिल सामेल राख्नु ।” विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विकले गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतमा आइतबार…
काठमाडौँ, १ भदौ । साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो । यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ । आगामी दिनमा स्मार्ट कार्डलाई अन्य क्षेत्रमा जस्तै पेट्रोलपम्प, पसल, पार्किङ, विद्यालय तथा कलेजमा समेत प्रयोग गर्न सकिने एनक्लाउड प्रालिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्मार्ट कार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो । जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ । स्मार्ट कार्ड अन्तर्राष्ट्रियस्तरअनुरुप पैसाको सट्टा अहिलेको प्रविधिअनुसार प्रयोग गर्न…
एकजोर जुत्ता चोरीको गर्ने मानिसको खोजीमा ३ हजार जना पुलिस खटिन्छन् भन्ने पत्ताउनुहुन्छ ? हामीकहाँ त क्विन्टलका क्विन्टल सुन चोरी हुँदा समेत पुलिसले सुइँकोसम्म पाउँदैन । तर जापानमा एकजोर जुत्ता चोर्ने चोरलाई ३ हजार जना पुलिसले धुइँपताल खोजिरहेका छन् । हुनत जूनया हिदा नामक उक्त व्यक्तिमाथि केवल चोरी मात्रको अभियोग थिएन । ऊ चोरी तथा बलात्कारको आरोपमा गिरफ्तार भई जापानको एक पुलिस चौकीमा हिरासतमा थियो । हालै ऊ पुलिस चौकीबाटै भागेर फरार भएपछि पुलिसले यत्रतत्र सर्वत्र उसको खोजी गरिरहेको हो । अर्को रोचक कुरा त के भने उक्त अभियुक्तले चौकीबाट भाग्ने बेलामा पुलिसकै जुत्ता चोरेर भागेछ । २ महिनादेखि हिरासतमा…
सन्तोष शर्मा बिर्तामोड, १ भदौ । छोटो समयमै नेपाली चलचित्र क्षेत्रमा नाम र दाम कमाउन सफल नायक अनमोल केसी झापा आउने भएका छन् । एउटै फिल्मको ५० लाख रुपैयाँसम्म पारिश्रमिक लिने अनमोल यस पटक भने बिनापारिश्रमिक झापामा ‘स्टेज पर्फमेन्स’ दिने भएका हुन् । झापाको बिर्तामोडमा आयोजना हुन लागेको ‘अनमोल इभ’का लागि उनी यहाँ आउन लागेको जनाइएको छ । कार्यक्रममा अनमोलले नाच्नुका साथै गीत पनि गाउने भएका छन् । अनमोल भदौ २७ गते आउने आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रुपका कमल डिसीले जानकारी दिए । ‘दृष्टिविहीनको सहयोगका लागि देशभर अनमोल इभ गरिने भएको छ’, उनले भने, ‘झापामा…