
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौरादह, २८ साउन । झापाको गौरादहमा नगरपालिकामा एक किशोरी डोरीको पासो लगेर झुण्डिएको अवस्थामा फेला परेकी छन् । गौरीगञ्ज–४ कदमगाछीका गोपाल गिरीकी छोरी १५ वर्षीया मनिषा गिरी आज झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । मृतक किशोरी गौरादह–१ डिपुचोककी लक्ष्मी ढकालको घर डेरा गरी बस्ने दिपक राईको परिवारसँग विगत डेढ वर्षदेखि सहयोगीको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ । किशोरीलाई आज बिहान ११ः४० बजे तीनतले घरको माथिल्लो तलाको बन्द कोठामा मृत्यु भइसकेको अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
विराटनगर, २८ साउन । नेपाली कांग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो । राई मोरङ क्षेत्र नं ३ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । नवनियुक्त सचेतक राईले प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै आफूले यो नियुक्तिलाई ठूलो अवसरका रुपमा लिएको धारणा व्यक्त गर्नुभयो ।
गौशाला, २८ साउन । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आज बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर हुनुभएको छ । विसं २०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीद्वारा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा शर्मासमेत अभियुक्त रहनुभएको थियो । विभिन्न सञ्चारमाध्यममा उहाँ सो मुद्दामा फरार रहेको समाचार आएपछि आफू आज निवेदन दिएर आफैँ अदालतमा हाजिर हुनुभएको उहाँले अदालतमै सञ्चारकर्मीसँग बताउनुभयो । जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उहाँ हाजिर हुनुभएको हो । उहाँका वकिल रमेशकुमार पाण्डेले उहाँ सशस्त्र…
केरला, २८ साउन । भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यस बाढी पहिरोको कारण करिब भा।रु। ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताउनुभयो । उहाँले उद्धार र पुनस्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृहमन्त्रालयसँग अनुरोध गरिएको बताउनुभयो । गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितको तत्काल राहतका लागि भा।रु। १०० करोड उपलब्ध गराउने घोषणा गर्नुभएको छ । वर्षासँगैको बाढीका कारण केरलाको कैयौं जिल्लामा जनजीवन तहसनहस भएको छ । बाढीका कारण काननुर, वायानाद कोझिकोडे र इदुक्कि र मल्लापुरम जिल्लामा परिस्थिति अत्यन्त जटिल बनेको…
उर्लाबारी, २८ साउन । ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ । पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का १७ वर्षीय मिथुनकुमार मण्डल आइतनबार अपराह्न खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निशान थापाले जानकारी दिनुभयो ।
एजेन्सी/ यो बर्षको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा निर्माताको पहिलो रोजाई आमिर खान थिएनन् । निर्माता ऋतिक रोशनलाई लिड रोलमा अमिताभ बच्चनसँग लिन चाहन्थे । तर पारिश्रमिकको चर्काचर्कीले कुरा बन्न सकेन । खबरअनुसार, ऋतिकले निर्माणसँग फिल्ममा काम गर्नका लागि ६० करोड मागेका थिए, जसमा निर्माता पछाडि हटे । उनलाई यति पारिश्रमिक दिएर निर्माताले बक्सअफिसमा जुँवा खेल्न चाहेनन् । निर्देशक विजय कृष्ण आचार्यको यो फिल्म भारतकै सबैभन्दा महंगो फिल्मको लिस्टमा सामेल छ । आमिर(अमिताभसँगै यसमा कैटरीना कैफ र फातिमा सना शेखको प्रमुख भूमिका छ । यो फिल्म अमिताभ बच्चनले पनि छाडेका थिए । तर आमिर फाइनल भएसँगै उनले हरियो झन्डा…
काठमाडौँ, २६ साउन । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको वर्षा नै गरेको थियो । साउन २४ मा भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई १४ गोल गरेको थियो । अघिल्लो संस्करणको हारको बदला लिन पनि आज नेपालले पाकिस्तानसँगको खेल दोहो¥याउँदै जित्नुपर्ने छ । यसअघि बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल बङ्गलादेशसँग…
गौशाला, २८ साउन । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ । कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको…
विराटनगर, २८ साउन । सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिनुभयो । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाई अब अन्त्य हुने वताउदैे उहाँले केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण हुन नसके जरिवानासहित ठेक्का पनि रद्ध गर्छौं भन्नुभयो । यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग…
काठमाडौँ, २८ साउन । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ । पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ हुन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ पेश गर्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पेश गर्नुभयो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण (पहिलो…