
तेह्रथुम, २९ साउन । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ ।
जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ । अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घिमिरेले जानकारी दिनुभयो । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएको छ,” उहाँले भन्नुभयो ।
कारागारको समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दैआएको घिमिरेले बताउनुभयो । “माग सुनुवाइ भएको छैन,” उहाँले भन्नुभयो । जीर्ण र साँघुरो भवनमा कैदीबन्दीलाई बस्न सास्ती भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

