
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सान नेपाल गौरादह, १८ साउन । रतुवा खोलाको डुबान र कटानले मार पर्दै आएका झापा गौरादह नगरपालिकाको वार्ड नं. ५ का जनतालाई राहत मिल्न थालेको छ । बर्सेनि पीडित हुँदै आएका उनीहरु बाँध निर्माणसँगै सुरक्षित महसुस गर्न थालेका छन् । बर्षौंदेखि बाढीको त्रासमा बाँच्न बाध्य उक्त क्षेत्रका वासिन्दाहरु सरकारको तटबन्धन योजनाबाट पनि उतिसारो फाइदा लिन सकेको छैनन् । तर यस पटकको बाढीबाट बच्न उनीहरु आफ्नै श्रममा विस्वास गर्दै तटबन्धनमा जुटे । नेकपा नेता मदन अधिकारीको नेतृत्वमा गठित संरक्षण समिति मार्फत बाँध निर्माण कार्य सम्पन्न भएको छ। गत वर्ष ६०० मिटर बाध निर्माण गरिएको र यो वर्ष पनि थप १५० मिटर…
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूरका कारण निर्देशक फरहान अख्तरले पत्नीसँग डिभोर्स गरेका छन् । श्रद्धा र फरहानबीच अफेयर चलेपछि फरहान र पत्नीबीच विवाद भएको थियो । फरहान र श्रद्धा ‘लिभ ईन टूगेदर’मा बस्न थालेका थिए । श्रद्धाका बाबु शक्ति कपूरले छोरीलाई जबरजस्ती घर फर्काएका पनि थिए । यस विषयमा श्रद्धाले कहिल्यै मुख खोलेकी छैनन् । फरहानले पनि केही बोलेका छन् । श्रद्धाले आफ्नो इन्टाग्राममा अचानक फरहानालाई अनफलो गरेकी छिन् । यसबाट यी दुईबीचको सम्वन्ध तोडिएको आशं ागर्न थालिएको छ । श्रद्धा कपूरले फरहानको नाम नलिइकन कसैले आफ्नो दिल तोडेको बताएकी छिन् । ‘विश्वास गरेको मान्छेले दिल तोडिँदिँदा सहन गाह्रो…
दोलखा, १७ साउन । घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौँ, १७ साउन । सभामुख कृष्णबहादुर महराले विषयवस्तुका दृष्टिकोणले नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गर्नुपर्ने कारण नरहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दलको बहिष्कारपछि पनि सदन चल्यो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “यो नयाँ इतिहास नै होइन, विसं २०४८ मा पनि यस्तो अभ्यास भएको थियो, त्यसबेला नेपाली काँग्रेस सत्तामा थियो, यो पहिले नै भएको अभ्यास र परम्परा हो ।” बहिष्कारपछि पनि सदन चलेको विषयमा सभामुख महराले भन्नुभयो, “सदनमा मन्त्रिसँग प्रश्न उत्तरको व्यवस्था अब छिट्टै हुँदैछ, आज प्रमुख प्रतिपक्ष मात्रै गएको हो, अरु धेरै प्रतिपक्ष त्यहाँ हुनुहुन्थ्यो, म मिलन बिन्दुमै छु, तर यो सदाका लागि नजिर बन्न सक्दैन”, उहाँले भन्नुभयो ।…
ललितपुर, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ कार्यक्रममा उहाँले प्रतिपक्षले आफ्नो भूमिका निर्बाह गर्न छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप लगाउनुभयो । प्रधानन्यायाधीश सुनुवाइमा सुनुवाइ समितिलाई संविधानसम्मत काम गर्न प्रतिपक्षले नदिएको भन्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “समितिलाई काम गर्न नदिएर बोल्ने÷बोलाउने र लेख्ने÷लेखाउने काम भइरहेको छ ।” जनताले निर्वाचनमार्फत चुनेका जनप्रतिनिधिले संसद्मा खुला…
जनकपुरधाम, १७ साउन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारी गरिरहेको बताउनुभएको छ । जनकपुर अञ्चल अस्पतालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले चिकित्सकहरू काठमाडौँ केन्द्रित हुने मनोविज्ञान परिवर्तन हुनुपर्छ भन्नुभयो । विगतमा भएका नीतिगत गल्तीका कारण स्वास्थ्य र शिक्षा क्षेत्र प्रमुख प्राथमिकतामा नपरेको चर्चा गर्दै उपप्रधानमन्त्री यादवले सङ्घीय संरचनाअनुरूपको आधारभूत स्वास्थ्य नीतिले विगतका गल्ती र प्रवृत्तिमा सुधार ल्याउने धारणा राख्नुभयो । असी प्रतिशत जनता गाउँमा वस्ने तर ९० प्रतिशत चिकित्सक शहरमा बस्ने अवस्थाले पनि स्वास्थ्य सेवा जनस्तरमा पुग्न नसकेको प्रसंग उल्लेख गर्दै उहाँले चिकित्सकहरूले आफ्नो जन्म थलो, क्षेत्र, जिल्लामा सेवा गर्ने…
भद्रपुर, १७ साउन । जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी एक युवती कारागारमुक्त भएकी छिन् । भद्रपुर–४ की २० वर्षीया सुस्मिता गुरुङलाई सरकारले कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिनुभयो । चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पु¥याइएकी उनले मेची अञ्चल अस्पतालमा यही साउन १० गते छोरी जन्माएकी थिइन् । जिल्ला प्रशासन कार्यालय झापाले तोकेको रु पाँच हजार धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएकी थिइन् । जिप्रका झापाले नै बाँकी कैद मिनाहा गरेर उनलाई रिहा गरेको कारागार प्रमुख निरौलाले बताउनुभयो ।
विराटनगर, १७ साउन । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ । खुम्बूवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग राखेको हो । मुक्ति मोचाका केन्द्रीय सह–सचिव राजुदेव राई, पार्टीका प्रवक्ता रडेन्द्र तीम्म्राहार, जिल्ला अध्यक्ष दिलाराम राईसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमार्फत मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै पार्टीका केन्द्रीय सह–सचिव राजुदेव राईले प्रदेशको राजधानी र नामाकंन तोक्न प्रदेश सरकारले ढिलाइ गरेको भन्दै जातीय पहिचान र ऐतिहासिक…
चन्द्रकला भण्डारी झापा, १७ साउन । मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ । झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो । हात्ती कोरिडर बनेपछि जङ्गली हात्तीले मानव वस्तीमा पसेर पहिलेजस्तो जनधनको क्षति नपु¥याउने आशा गरिएको छ र यसबाट त्यस भेगको जैविक विविधताको संरक्षण समेत हुनेछ । हात्ती कोरिडर निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा संघीय सरकारले ६ करोड बजेट विनियोजन गरेको छ र आव २०७४÷७५ मा यही परियोजनाका लागि सरकारले निकासा गरेको २ करोड बजेट भने खर्च हुन नसकेर फ्रिज भएको थियो ।…
भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, १.०० देखि ०.८० ल्याउने १९९ जना छन् । त्यस्तै परीक्षामा कुनै एक विषयमा…