झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताउनुभएको छ । उहाँको आज बिहान ५ः३० बजे स्याङ्जामा हृदयाघातबाट निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पङ्गेनीको अन्त्येष्टि आजै गरिने पार्टी कार्यालयले जनाएको छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार अन्त्येष्टिमा सहभागी हुन सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक…

Read More

बैतडी, २० साउन । छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो । गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको थियो । सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप रु चार सय दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य…

Read More

जाजरकोट, २० साउन । सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छवर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए । त्यस्तै घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ…

Read More

ताप्लेजुङ, २० साउन । हिमाली जिल्ला ताप्लेजुङमा दोस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता भदौ ८ देखि हुने भएको छ । सदरमुकाम फुङ्लिङस्थित भानु माविको मैदानमा हुने प्रतियोगितामा भारतको एक टिमसहित १० टोलीको सहभागिता रहनेछ । आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो । यस वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेताले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । विजेताले दुई तोला सुन र पाँच किलो चाँदीबाट बनेको रनिङ कपसमेत पाउनेछन् । यस्तै उत्कृष्ट स्ट्राइकर, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, प्रशिक्षक, सर्वा्धिक…

Read More

बिर्तामोड, २० साउन । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सञ्चारमाध्यमले पनि सरकारले गरिरहेको सामाजिक काममा सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको इजलास दैनिकको प्रथम वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले समाजको विकासका लागि सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण भएकाले प्रदेश सरकारले त्यसका लागि केही कार्यक्रम अघि सारेको समेत बताए । ‘इजलास जस्तो झापाको दैनिक पत्रिकाले केहि युवा युवतीलाई रोजगारी दिने देखि लिएर समाजको समस्यालाई सञ्चारमाध्यममा ल्याएर समाधानको उपाय समेत खोजेर सामाजिक काममा सरकारलाई सहयोग ग¥यो ।’ मन्त्री कार्कीले भने । उनले सञ्चार क्षेत्र सम्मानित र व्यवस्थित हुन अझै नसकेको…

Read More

बिर्तामोड, १९ साउन । नेपाल प्रेस युनियन झापाको अधिवेशन आगामी असोज ३ गते हुने भएको छ । भदौ २० गतेदेखि असोज १० सम्ममा जिल्ला अधिवेशन सक्ने नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुरुप झापाको अधिवेशन असोज ३ गतेका लागि तोकिएको हो । नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईको अध्यक्षता तथा केन्द्रीय सदस्य गोविन्दचन्द छेत्री, पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्य लोकराज ढकालल तथा केन्द्रीय पार्षद र जिल्ला पदाधिकारी÷सदस्यको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले विभिन्न सञ्चारमाध्यममा कार्यरत इच्छुक पत्रकारहरुलाई आगामी साउन मसान्तसम्ममा नयाँ सदस्यता लिन आह्वान गरेको छ भने साउन मसान्तभित्रै नविकरण गर्न पनि सदस्यहरुलाई आग्रह…

Read More

बिर्तामोड, १९ साउन । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश नं. १ लाई मुलुककै सक्षम प्रदेश बनाइने बताउनुभएको छ । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको इजलास दैनिकको आज प्रथम वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मन्त्री कार्कीले त्यस्तो बताउनुभएको हो । ‘मुलुकै उत्कृष्ट प्रदेश बनाउने गृहकार्य भइरहेको छ’, उहाँले भन्नुभयो, ‘विभिन्न आयोजनाहरुको डीपीआर गर्ने काम भइरहेको छ ।’ उहाँले सरकारलाई व्यवस्थित गर्ने काम पनि भइरहेको सुनाउनुभयो । प्रदेश सरकारका सामु धेरै चुनौती भएको बताउँदै मन्त्री कार्कीले त्यसलाई समाधान गर्दै सरकार अघि बढेको उल्लेख गर्नुभयो । प्रदेश १ का नागरिकलाई अधिकार सम्पन्न बनाउने काममा सरकारले लागेको समेत…

Read More

बुधबारे, १९ साउन । वरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आप्mनो १३ औं वार्षिकोत्सवको अवसर पारेर २१ जनालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको सभापतित्वमा शनिबार भएको कार्यक्रममा संस्थामा विगतमा विभिन्न समितिमा कार्य गरेका उनीहरुलाई वार्षिकोत्सवको अवसर पारेर सम्मान गरिएको संस्थाका सदस्य अनिल वाग्लेले जनाएका छन् । कार्यसमिति सदस्य अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष छत्र कार्कीले स्वागत मन्तव्य राखेका थिए भने छत्रमणी आचार्य, जीवन तिम्सिना, भवानी शंकर उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्षले क्यान्डल बालेर सुरु भएको कार्यक्रममा नयाँ शेयर सदस्यलाई प्रमाण पत्र वितरण गर्नुका साथै सहभागीले गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए भने…

Read More

दीपराज सन्याल बुनिया, कङ्गो, १९ साउन । नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ । गुल्मले शुरु गरेको तीन वटा महत्वपूर्ण परियोजनामध्ये एउटा सम्पन्न भइसकेको छ भने दुईवटा निर्माणाधीन छन् । त्यस्तै १२ वटा प्रमुख परियोजनामध्ये १० वटा पूरा भएका छन् भने दुईवटा निर्माणाधीन छन् । यसैगरी गुल्मले एक वर्षको अवधिमा ६९ वटा साना परियोजना पनि सम्पन्न गरेको छ । इञ्जिनियर गुल्मको २१औँ डफ्फाको कार्यवधि समाप्तिको…

Read More

काठमाडौँ, १९ साउन । नेपाली युवा विद्यार्थी आपूmले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन् । प्रतियोगितमा एसिया¬–प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रुसलगायत विभिन्न २० मुलुकको सहभागितामा रहनेछ । प्रतियोगितामा भाग लिन इञ्जिनियरिङ अध्ययन संस्थाको रोबोटिक्स क्लबबाट नेपालको प्रतिनिधित्व गर्दै १६ विद्यार्थी भियतनाम प्रस्थान गर्ने भएका छन् । प्रतियागिताको पूर्वावलोकनका रुपमा शुक्रबार पुल्चोक क्याम्पसमा नेपाली युवा विद्यार्थीले निर्माण गरेका रोबोटको प्रदर्शनी गरेका थिए । एउटा स्वचालित र अर्को मानवले सञ्चालन गर्ने रोबोट प्रतियोगितामा नेपालले भाग…

Read More