
बिर्तामोड, २० साउन । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सञ्चारमाध्यमले पनि सरकारले गरिरहेको सामाजिक काममा सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् ।
झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको इजलास दैनिकको प्रथम वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले समाजको विकासका लागि सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण भएकाले प्रदेश सरकारले त्यसका लागि केही कार्यक्रम अघि सारेको समेत बताए ।
‘इजलास जस्तो झापाको दैनिक पत्रिकाले केहि युवा युवतीलाई रोजगारी दिने देखि लिएर समाजको समस्यालाई सञ्चारमाध्यममा ल्याएर समाधानको उपाय समेत खोजेर सामाजिक काममा सरकारलाई सहयोग ग¥यो ।’ मन्त्री कार्कीले भने । उनले सञ्चार क्षेत्र सम्मानित र व्यवस्थित हुन अझै नसकेको बताउँदै प्रतिष्ठामुलक, जिम्मेवार, पारदर्शी सञ्चार क्षेत्र बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।
वार्षिकोत्सव कार्यक्रमकै अवसर पारेर इजलास दैनिकले बार्षिक ग्रहकहरु बिच लक्कि ड्र गरी पुरस्कृत समेत गरेको छ । लक्कि ड्र मार्फत प्रथम पुरस्कार बापतको मोटरसाईकल अर्जुनधारा नगरपालिकाले पाएको छ भने द्धितिय पुरस्कार टेलिभिजन धमला गहना गृहले जितेको छ भने तेस्रो पुरस्कार लक्ष्मी महत्तोले मोवाईल प्राप्त गरेका छन् ।
यस्तै पाँच जनाले सान्तवना पुरस्कार स्वरुप दौरासुरुवाल पाएका छन् । सान्तवना पुरस्कार पाउनेहरुमा पाथिभरा ज्वेलर्स, ग्रेण्ड प्यासिफिक होटल, निराजन दाहाल, राष्ट्रिय रमणिय मावि र जिवन हरी उप्रेती रहेका छन् । बिजेतालाई प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुरस्कार प्रदान गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

