झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ४ भदौ । पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती गर्न लागिपरेका छन् । अर्जुनधारा नगरपालिका–९ का ५८ वर्षीय पुष्पप्रसाद रेग्मीले कागती खेतीबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । छ वर्षअघि रेग्मीले दक्षिण भारतबाट प्रतिगोटा रु ५० देखि रु १५० सम्ममा यूरेका, मद्रासी र गुजराती जातका कागतीका बिरुवा ल्याएर कागती खेती शुरु गर्नुभएको हो । उहाँले डेढ विघामा कागती खेती गर्नुभएको छ । कागतीको दाना बिक्री गरेर उहाँले मनग्य आम्दानी गर्दै…

Read More

नीरज गौतम नेपालगञ्ज, ४ भदौ । ‘पवित्र धर्मग्रन्थ कुरानले ज्ञानका लागि शिक्षा आर्जन र तालिम लिनुपर्ने कुरा सुझाए पनि हामी आफ्नो धर्म संस्कृतिमाथि अतिक्रमण हुने खालका शिक्षा ग्रहण गर्न कदापी तयार छैनौं ।’ मुस्लिम धर्मगुरु एवं स्थानीय बरकतिया मदरसा विद्यालयका प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानीको यो भनाइले मुस्लिम समुदाय शिक्षाप्रेमी भएपनि आप्mनो धर्मप्रति पनि उत्तिकै जागरुक रहेको देखाउँछ । “ मदरसा भनेकै मुस्लिम समुदायको अरबी र उर्दू भाषामा अध्यापन र तालीम दिने शैक्षिक संस्था हो । मदरसामा तालीम लिने र अध्ययन गर्नेले मुख्यतयाः हाफिज, मौलबी, मौलाना, अलिमा र फाजिलजस्ता उच्च शिक्षा हाँसिल गरिने विषय हो। सरकारले यो कुरा नै नबुझेर…

Read More

काठमाडौँ, ४ भदौ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गर्नुभयो । सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानूनी रुपमा नै व्यवस्था गर्नुपर्ने भनाइ राख्नुभयो । सांसद भरतकुमार शाहले निर्माणाधीन गौतम बुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान पु¥याएका आयोजना प्रमुखको सरुवा गरिएकामा…

Read More

तेह्रथुम, ४ भदौ । म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो । बजारको बीच भागमा रहेको रेडक्रस चोक नजिकै रु सात लाखको लागतमा निर्माण गरिएको सो चौतारीले बजार क्षेत्रमा रहेका तथा गाउँबाट बजार आउने वृद्धवृद्धाका लागि जमघट र भलाकुसारी गर्न सहज भएको ज्येष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष केदार ढुङ्गानाले बताउनुभयो । चौतारीले वृद्धवृद्धाबीचमा आपसी प्रेम र सद्भाव वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ उक्त चौतरी नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आइतबार उद्घाटन गर्नुभएको थियो ।

Read More

कुमार चौलागाईं काठमाडौँ, ४ भदौ । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्काको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ । दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग उसैको मैदानमा खेल्नेछ । अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ । नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामनासहित आज बिदाइ गर्नुभयो । उहाँले प्रतियोगितामा विजयी बन्दै एशियाकप खेल्नेमा आफू विश्वस्त रहेको…

Read More

काठमाडौँ, ४ भदौ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिनुभएको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “घटनाको प्रकृति हेर्दा हत्या भएको देख्न्छि,”–उहाँले भन्नुभयो । मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उहाँको अकस्मात हत्या भएको देखिएकाले गहिराइमा पुगेर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख लामाले बताउनुभयो । झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताउनुभएको थियो ।

Read More

काठमाडौँ, ४ भदौ । कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभाग र समिति निष्क्रिय छन् । विभाग नबन्दा पार्टीका केन्द्रीय सदस्यसमेत जिम्मेवारीविहीन जस्ता छन् । विभागका संयोजक केन्द्रीय सदस्य हुने व्यवस्था छ । एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । ती मनोनयन नहुँदा एकातिर नेता तथा कार्यकर्ता दायित्वविहीन बनेका र अर्कोतिर संगठन ‘तदर्थवाद’ मा अघि बढेको नेताहरू बताउँछन् । साढे…

Read More

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगतिरउपलब्धिबारे अनुगमन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्‍यापिड अपरेसन’ भनेको छ । महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए । मन्त्रालयहरूका साथै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका अन्य निकायको सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ । ‘अबदेखि हरेक दुई–दुई महिनामा अनुगमन गरिनेछ,’ उनले भने । सेवाग्राहीको बाक्लो उपस्थिति हुने मन्त्रालय र निकायका हकमा भने नियमित रूपमा प्रत्यक्षरअप्रत्यक्ष ढंगले अनुगमन हुने…

Read More

बेसीसहर, ४ भदौ । बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ । नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो । हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालाइ लिने होईन । जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ उनीहरुलाई लिने भनेका हौँ । नगरप्रमुख गुमानसिंह अर्यालले भने । आजकोकान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ४ भदौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाईरहेको छ । श्रम सम्झौता गर्न दुई देशमा अधिकारबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ बर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ, मलेसियाका लागि कार्यवाहक नेपाली राजदुत कुमार खरेलले भने, दुवै देशका सरकार नया ढंगले अगाडि बढ्ने संकेत देखापरिरहेको छ । हामी आशावादी छौँ । मलेसिया पनि यसमा सकारात्मकम देखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More