झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मुम्बई, १२ साउन । भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा शनिबार बस दुर्घटनामा परि ३३ जनाको ज्यान गएको छ । दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस सडकबाट २०० मिटर तल खसेको प्रहरीले बताएको छ । बसमा ३४ जना यात्रु रहेको रायगढका जिल्ला कलेक्टर विजय सूर्यवंशीले जनाएका छन् । एक जना घाइतेलाई उद्धार गरिएको छ । कुहिरोका कारण घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको हुृन सक्ने प्रहरीले जनाएको छ । एजेन्सी

Read More

झापा, १२ साउन । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १.९ करोड यूरो ट्याक्स छली गरेको आरोपमा स्पेनले उनलाई २ वर्ष जेल तोकिएको थियो । स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेलमा बसिरहनु पर्दैन । यसकारण पनि रोनाल्डो जेल जानबाट बचेका हुन् । पहिलो पटक रोनाल्डो गत वर्षको जुलाइमा अदालत समक्ष पेश भएका थिए । २०१४ मा पनि रोनाल्डोमाथि स्पेनले कर तिर्न आनाकानी गरेको आरोप लगाएको थियो । एजेन्सी

Read More

काठमाडौँ, १२ साउन । आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो । आज दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आइतबार दिउँसो र रातको दुबै समयमा…

Read More

विराटनगर, १२ साउन । ‘चोरको हजार दाउ’ भने जस्तै विराटनगरमा एक जनालाई सुनको सिक्री निलेर चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङको विराटनगरस्थित एक सुन पसलबाट प्रहरीले शुक्रबार साँझ सुनको सिक्री निल्ने एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना बनाई सुन किन्न आएका इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा गएर सुनको सिक्री खरीद गर्ने भन्दै ऐना हेरी गलामा लगाउने बहानामा सिक्री निलेर पाइन्टको गोजीमा आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेको अवस्थामा पक्राउ गरिएको…

Read More

बनियानी (झापा), १२ साउन । जिल्ला ट्राफिक कार्यालय झापाले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेलाई १०४ जनालाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०७५÷०७५ को १० दिनकै छोटो अवधिमा मापसे गरेर सवारी चलाउने १०४ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार मापसे गरेर सवारी चलाउनेहरुबाट रू १ लाख ४ हजार जरिवाना समेत गरिएको छ । त्यस्तै, कार्यालय मापसे गरेर सवारी साधन चलाउनेलाई प्रशिक्षण दिन थालेको छ । रातको समयमा मापसे गरेर सवारी साधन चलाउनेलाई कारबाहीसँगै प्रशिक्षण समेत दिन थालिएको प्रमुख राईले जानकारी दिनुभयो । ‘चालकलाई जरिवाना गरेर मात्र हुँदैन’,…

Read More

भद्रपुर, १२ साउन । बढ्दो जनघनत्व, त्यसमाथि भारतको बंगाल तथा विहार राज्यसँगको खुला सिमानाका कारण झापा जिल्लामा आपराधिक क्रियाकलापका घटना वार्षिक रूपमा बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको चौवार्षिक अपराधिक क्रियाकलापको तथ्यांकअनुसार विभिन्न अपराधका घटना वृद्धि भए पनि प्रहरीको सक्रियताले दर्ता भएका मुद्दासमेत धमाधम फर्छ्यौट हुन थालेको पाइएको छ । विशेषगरी आत्महत्या, जबरजस्ती करणी, कर्तव्य ज्यान, भवितव्य ज्यान, लागुऔषध, चोरी, सवारी ज्यान, मानव बेचविखन, सार्वजनिक मुद्दाका घटनाहरू बढी दर्ता हुने गरेको तथ्यांकमा उल्लेख छ । कर्तव्य ज्यानमा १३ मुद्दा, ज्यान मार्ने उद्योगमा २३ मुद्दा, चोरीमा ५२ मुद्दा, लागुऔषधमा १२६ मुद्दा, सार्वजनिकमा ६७५ मुद्दा, मानव बेचविखनमा २७ मुद्दा, बहुविवाहमा…

Read More

विराटनगर, १२ साउन । प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शुक्रबारका दिन मादकपदार्थ सेवन गर्नेको संख्या अत्यधिक हुने र शनिबार बिदा भएका कारण आपराधिक घटना र दुर्घटना बढी हुने गरेको प्रहरी नायब महानिरीक्षक एवं प्रदेश प्रहरी प्रमुख केदार रिजालले बताउनुभयो । उहाँले गत वर्ष शुक्रबारका दिन मात्र एक हजार १२८ घटना भएको तथ्यांक पेश गर्नुभयो । प्रदेश…

Read More

सान नेपाल गौरादह, १२ साउन । गौरादह नगरपालिकाको आर्थिक वर्ष ०७५/७६ को दोश्रो नगरसभाले पारित गरेको नीति कार्यक्रम तथा वजेट शुक्रवार सार्वजनिक गरेको छ । गौरादह नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी प्रवक्ता नगेन्द्र भण्डारीले कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यस अवसरमा नगरपालिका प्रमुख रोहित कुमार साहले पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए । गौरादह नगरलाई समृद्ध नगर बनाई विकासको गतिमा अगाडि बढाउन र नगरवासीहरुलाई छिटो छरितो र सहजरुपमा काम गर्ने वातावरण बनाउन नगरपालिका लागि परेको जानकारी गराए । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले आर्थिक कार्यविधी ऐन, सहकारी ऐन र संघसंस्था ऐन बहुमतले पारित गरेपनि गत वर्षको घाटा बजेटका कारण नगरपालिकाको…

Read More

काठमाडौँ, १२ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार पक्राउ गरी आज केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो । ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो । को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो…

Read More

ताप्लेजुङ, १२ साउन । कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून बजेटले सेवा प्रभावकारी हुन नसकेको बताएका हुन् । घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुनिल आचार्यले न्यून बजेटका कारण लक्ष्यअनुसारका काम गर्न कठिन भएको र पर्याप्त कर्मचारी नहुँदा पनि भ्याइनभ्याइ विकट क्षेत्रमा पुगेर काम गर्नुपरेको बताए । सीमित बजेट हुँदा कामले पूर्णता नपाउने गरेको सडक डिभिजन कार्यालयका इञ्जिनियर महमद हारिज आलमको गुनासो थियो । बजेट सीमित हुने तर काम चौतर्फी गर्नु…

Read More