झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ जेठ । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९३ हजार ८०० रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ थियो ।

Read More

झापा, ८ जेठ । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो । सरकारले गएको फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो । त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिइएको हो । जेठ १५ गते शुक्रवार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा छ । शनिवार र आइतवार साप्ताहिक बिदा रहेकोले जेठ १४ गते बिहीवारदेखि १७ गते आइतवारसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको…

Read More

झापा, ८ जेठ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टि–ट्वान्टी खेलमा जित हासिल गरेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो । मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि ऐना हमिजाले…

Read More

काठमाडौँ, ७ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा )एसइई( को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ । यसअघि एसइईको नतिजा कहिले प्रकाशन हुने र कक्षा ११ को पठनपाठन सुरु हुने भन्ने अन्यौलता थियो । विद्यार्थी र अभिभावको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठनपाठनलाई प्रभावकारी…

Read More

झापा, ७ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन्। अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन्। उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद् खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरिन् । सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भीर विषयको रूपले लिएर आवश्यक कदम चाल्नुपर्ने समेत स्पष्ट पारिन् ।

Read More

काठमाण्डौ, ७ जेठ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’को प्रारम्भिक प्रतिवेदनले बालबालिकामा कुपोषणको अवस्था विगतभन्दा बढेको देखाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार यस पटक चार प्रतिशत बालबालिकामा कडा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर एक प्रतिशतमात्रै थियो । थापाका अनुसार यस पटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढी सङ्ख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन् । विशेषगरी कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कडा शीघ्र कुपोषण बढी देखिएको छ । यस्तो कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करङ देखिने अवस्थाका हुने गर्छन् । कडा शीघ्र…

Read More

नयाँदिल्ली, ७ जेठ। उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्मले असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन् । तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठूलो परिवर्तन देखिएको छ । भारतको मौसम विभागले राजधानी नयाँदिल्लीमा बिहीबार अधिकतम तापक्रम करिब ४५ डिग्री सेल्सियस ९११३ फरेनहाइट० पुग्ने पूर्वानुमान गरेको छ । अत्यधिक गर्मीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले नागरिकलाई राहत दिन विभिन्न स्थानमा अस्थायी ‘कुलिङ जोन’ स्थापना गरेका छन् । त्यस्ता ठाउँमा मानिसहरूले केही समय शीतल वातावरणमा बिताउन सक्ने…

Read More

काठमाडौँ, ७ जेठ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट स्थायी घर भई हाल काठमाडौँ–२६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन् । उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितहरूबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जेठ ५ गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो । त्यसैगरी, साइप्रस पठाइदिने भन्दै एकजना पीडितबाट…

Read More

विराटनगर, ७ जेठ । कोशी प्रदेश सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेशसभाको नवौँ अधिवेशन बुधबारदेखि सुरु भएको हो । अधिवेशनको पहिलो दिन बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेशको वर्तमान अवस्था र आगामी योजनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । आज प्रदेश प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।…

Read More

एजेन्सी, ६ जेठ । अमेरिकाले इरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल तथा तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। इरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्न तथा अवैध गतिविधिहरूलाई आर्थिक सहायता पु¥याउन प्रयोग गर्दै आएको वित्तीय स्रोतहरूमा प्रहार गर्ने उद्देश्यले अमेरिकाले यो कारबाही गरेको जनाएको छ। नयाँ प्रतिबन्धअन्तर्गत ५० भन्दा बढी कम्पनी, व्यक्ति तथा तेल ट्यांकरहरूलाई लक्षित गरिएको छ। अमेरिकाले ती सबैले इरानलाई विद्यमान अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न तथा अर्बौं डलर बराबरको अवैध आम्दानी गर्न सहयोग गरेको आरोप लगाएको छ। यसको प्रभाव विश्वव्यापी तेल बजारमा समेत देखिन सक्ने विश्लेषण गरिएको छ। यो प्रतिबन्ध अमेरिकी कोष…

Read More