
झापा, ८ जेठ । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो ।
सरकारले गएको फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो । त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिइएको हो ।
जेठ १५ गते शुक्रवार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा छ । शनिवार र आइतवार साप्ताहिक बिदा रहेकोले जेठ १४ गते बिहीवारदेखि १७ गते आइतवारसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


