
फिदिम, ८ जेठ । पाँचथरको याङवरक गाउँपालिकामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
याङवरक ६ अर्चले भन्ने स्थानमा च्याङथापुदेखि फलैंचा हिँडेको प्रदेश ०१–००२च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप दुर्घटना हुँदा झापाको बाह्रदशी गाउँपालिका वडा ५ निवासी ३५ वर्षीय चालक गोपाल भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरका प्रहरी नायव उपरिक्षक अनिषकुमार कर्णका अनुसार पिकअपमा चालक सहित २ जना यात्रु थिए ।
ओरालो बाटोमा यात्रु पिसाव फेर्न ओर्लिएका बखत पिअकप भित्रै रहेका चालकको अचालनक गाडी गुडेर भीरदेखि खस्दा घटनास्थलमै निधन भएको हो । दुर्घटनामा ज्यान गुमाएका चालक भट्टराईको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको कर्णले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


