
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ माघ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले देशभरका पुस्तक तथा स्टेसनरी व्यवसायी एकजुट हुनुपर्ने बताएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको छैठौं वार्षिक साधारण सभालाई विहीबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष शिवाकोटीले भने, ’युगौँ युगसम्म पुस्तक तथा स्टेसरीको व्यवसाय र व्यवसायी टिकी राख्ने हो भने देशभरका व्यवसायी एकजुट हुनुको विकल्प छैन ।’ पुस्तक र स्टेशनरी व्यवसायलाई तीन तहकै सरकारले शैक्षिक र सांस्कृतिक हिसावमा महत्वपूर्ण स्थान दिनुपर्ने उनले बताए । सरकारका हरेक शैक्षिक गतिविधिमा पुस्तक व्यवसायीलाई पनि सहभागिता गराउनु पर्ने उनको जोड थियो । सरकारी तथा निजी प्रकाशन गृहका पाठ्यपुस्तक…
झापा, ३ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको छ । समयमा पक्षघातको उपचार नहुँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सय जनाले ज्यान गुमाउँदै आएका छन् । यस्तो अवस्थामा गरी अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले आज प्रेस विज्ञप्ति निकालेर जनाएको छ । उक्त मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ । ‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन…
मुगु, ३ माघ । मुगुका उच्च हिमाली बस्तीहरू रारा, चुचेमारा, चंखेली, नधारी, तलिलेक, तुम, ताल्चा, पिना, टोप्ला, पोराङ, घुच्ची लगायतका करान क्षेत्रका उच्च हिमाली क्षेत्रहरूमा हाल हिमपात भइरहेको छ। साथै, तल्लो क्षेत्रका बेसीहरूमा निरन्तर वर्षा भइरहेको जनाइएको छ। हिमपातका कारण उच्च हिमाली क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ । गोठालाहरूका लागि पशुचौपाया हेर्न समस्या भएको छ भने सडक आवतजावतमा कठिनाइ उत्पन्न भएको छ। वर्षाका कारण तल्लो भेगका बस्तीहरूमा चिसो बढेको र कृषिजन्य गतिविधिमा असर परेको किसानहरूले बताएका छन् ।
सरोज भट्टराईशिवसताक्षी, ३ माघ । झापाको शिवसताक्षी नगरपालिकामा दमकलको सक्रियता र प्रभावकारीताले पछिल्लो समयमा ७७ स्थानमा भएका आगलागी नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । शिवसताक्षी नगरपालिकाले स्थानीय बासिन्दाहरूको जीवनरक्षाका लागि दमकलको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफु निर्वाचत भए पश्चिात पहिलो काम नै दमकल खरिद गर्ने निर्णय गरेका थिए । अघिल्लो आर्थिक वर्षमा ४० स्थान र चालु आ.व. ३७ स्थानमा आगलागी नियन्त्रण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । दमकल टोलीका कमाण्डर नवराज लामिछानेका अनुसार दमकलले नगर भित्रमा नभई झापा जिल्ला र अन्य स्थानहरुमा समेत आगलागी नियन्त्रणको काम गर्दै आएको छ । विगतमा नगरपालिकामा…
झापा, ३ माघ । बिर्तामोडका व्यवसायी सेजर राजभण्डारीले व्यवसायी राहत कोषमा २५ हजार एक सय रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर उक्त रकम सहयोग गरेका हुन् । फ्रेन्ड्स फेसन वेयरका सञ्चालक समेत रहेका राजभण्डारीले संघका अध्यक्ष राजु न्यौपानेलाई २५ हजार एक सय रुपैयाँ बरावरको चेक हस्तान्तरण गर्दै व्यवसायीको हितमा खोलिएको कोष वृद्धिका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । बिर्तामोड उद्योग वाणिज्य संघले आपत विपद्मा परेका व्यवसायीलाई राहत पु¥याउने उद्देश्यले एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेको हो । अहिले कोषमा झापाका विभिन्न व्यवसायी , सामाजिक तथा अभियन्ताहरुले समेत रकम प्रदान गरिरहेको संघका…
बनियानी, ३ माघ । झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार नौ सय ९९ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो । विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उहाँले बताउनुभयो । जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखीकरण दिइएको जनस्वास्थ्य अधिकृत पाठकले बताउनुभयो । “खोप अभियानका लागि तथ्याङ्क सङ्कलन, जनशक्ति…
बनियानी, ३ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट बुधबार राति ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरीको संयुक्त टोलीले एक जना भारतीय नागरिकसहित तीन जनालाई दुई सय सात ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । बुधबार राति ११ः२० मेचीनगर–६ स्थित मेचीपुलबाट भारतको वेष्ट बंगाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० वर्षीय मोहम्मद अनवर हुसेन, भद्रपुर नगरपालिका–३ नँया बस्तीकी ४५ वर्षीया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा नगरपालिका–८ का ३४ वर्षीय अर्जुन…
झापा, ३ माघ । झापाको शंकराचार्यपीठ साधुटारमा सञ्चालन भइरहेको अतिरुद्र महायागमा प्रसिद्ध विद्वानहरूको प्रवचन जारी रहेको छ। अनुष्ठानको चौथो दिन आचार्य सोमनाथ गौतमले आध्यात्मिक प्रवचन गर्नुभएको छ। यसअघि स्वामी अचित प्रपन्नचार्यजी महाराज स्वामी श्रीनिवास आचार्य महाराज डा। तिलक चैतन्य महाराजले धार्मिक प्रवचन गर्नुभएको थियो। मुख्य यज्ञस्थलमा आचार्य हाकिमप्रसाद भण्डारीको अगुवाइमा अतिरुद्र महायाग भइरहेको छ। अति रुद्रमा १२१ आचार्यहरू सहभागी रहेको शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिनुभएको छ। प्रत्येक दिन बिहान यजमानको उपस्थितिमा १२१ शिवलिङ्गको विशेष पूजा अर्चनाबाट अति रुद्र महायाग हुँदै आएको छ। माघ ११ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा शतचण्डी, हवन, तुलादान , गौदान ( गौसेवा, धान्याञ्चल, तण्डुलाञ्चल समेत…
झापा, ३ माघ । झापाको दमकबाट प्रहरीले प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो दमक नगरपालिका–६ स्थित सडक खण्डमा दमक–२ का २३ वर्षीय सुसन बञ्जरालाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट Tramol-50 लेखिएको २० पत्तामा जम्मा २०० क्याप्सुल र SPASPAN-४ पत्तामा २०० ट्याब्लेट फेला परेकोले उक्त प्रतिबन्धित औषधिसहित इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ३ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ र तेस्रो वर्गका…