
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुद्धशान्ति गाउँपालिकाको भागीरथा बुद्धशान्ति अस्पतालबाट प्रवाह हुने सेवा अवरुद्ध हुने बारेको सूचना !
झापा, २ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ । नेकपा (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । हाल एमालेको नेतृत्वमा बनेको काँग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका…
कनकाई नगरपालिकाको करारमा शिक्षक नियुक्ति विज्ञापनको म्याद थप सम्बन्धी सूचना
बिर्तामोड, २ असोज । नेपाल प्रजातन्त्र सेनानी संघ झापाले प्रजातन्त्र सेनानी र दिवंगत सेनानीका परिवारको लगत संकलन गर्ने भएको छ । प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा बसेको बैठकले कांग्रेस स्थापनाकालदेखि २०४६ सालसम्म पार्टीमै रहेर ओझेलमा परेका तथा दिवंगत प्रजातन्त्र सेनानीका परिवारको लगत संकलन गर्ने निर्णय गरेको हो । कांग्रेस स्थापनाकालदेखि पार्टीमै सक्रिय रहेका तर विभिन्न कारणले ओझेलमा परेका प्रजातन्त्र सेनानीको लगत संकलन र खोजीकार्यले कांग्रेसलाई जीवन्त राख्न कोशेढुङ्गा सावित हुने प्रवक्ता ज्ञानमणि भुर्तेलले बताउनुभयो । संघको उपाध्यक्ष र प्रवक्तामा ज्ञानमणि भुर्तेल तथा कोषाध्यक्षमा सूर्य ढुङ्गाना मनोनित गरिएको सचिव पंकज घिमिरेले जानकारी दिनुभयो ।
मोरङ, २ असोज । मोरङको विराटनगर–१४ मलाया रोडमा भैँसीसँग कार ठोक्किएर अनियन्त्रित हुँदा चार जना घाइते भएका छन् । सडकमा एक्कासी भैँसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा१९च २६१८ कारमा सवार एमडी हलिम र रिचा जैन सामान्य घाइते छन् । भैँसी घटना स्थलमै मरेको छ । भैँसीमा ठोकिएर कार अनियन्त्रित हुँदा को.१५प ६३८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसमा सवार विराटनगर १८ का देवानन्द यादव र अनिता राजलक्ष्मी यादव सामान्य घाइते भएका छन् ।
बनियानी, २ असोज । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पढाएको विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकलाई दुःख लाग्नुपर्ने बताउनुभएको छ । झापाको कचनकवल गाउँपालिकास्थित महेन्द्र रत्न माविकमा मंगलबार आयोजित संस्थापक सम्मान तथा दाता परिवार सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले विद्यार्थी अनुत्तीर्ण हुँदा सबैभन्दा धेरै दुःख शिक्षकलाई लाग्नुपर्ने बताउनुभयो । “तपाईंले पढाएको विद्यार्थी पास हुँदा सबैभन्दा खुसी हुनुपर्छ”, कार्यक्रममा उपस्थित शिक्षकहरुलाई इंगित गर्दै उहाँले भन्नुभयो, “फेल हुँदा पनि धेरै दुःख तपाईंलाई लाग्नुपर्छ ।” विद्यार्थीको हरेक गतिविधिलाई शिक्षकले सूक्ष्म रुपमा अध्ययन–विश्लेषण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “अझ प्राथमिक तहका पढाउने शिक्षकले विश्वविद्यालयमा पढाउने भन्दा बढी मनोवैज्ञानिक रुपमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको मनोविज्ञान…
झापा, २ असोज । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भ९भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको…
झापा, २ असोज । सशस्त्र प्रहरी बल नेपालले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मलकुमार कटुवालको कमाण्डमा खटिएको चेकप्वाइन्ट टोलीले लागुऔषध ब्राउनसुगरसहित कमल गाँउपालिका–७ का २५ वर्षीय सन्देश लिम्बू र सोही स्थानका ३६ वर्षीय पूर्णबहादुर लिम्बूलाई झापा गाउँपालिका–१ लसुना सीमा इलाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । मंगलबार साँझ करिब ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७८४० नम्बरको स्कुटर शंका लागि खान तलासी गर्ने क्रममा स्कुटरको भाइजरमा लुकाएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई…
विराटनगर, ३१ भदौ । मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा भदौ २९ गते राती ८ बजे परिचालन भएको टोलीले ग्रामथान-४ कटहरा टोल स्थित महिला समुहको सामुदायिक भवनमा (बाँसको टाठी र टिनको छाना भएको) जुवा खेलीरहेको अवस्थामा जुवा जन्य बस्तु र नगद रुपैया सहित नौ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान-४ का ५५ बर्षीय अहिलाल माझी, ग्रामथान-४ का…
सन्तोष शर्माबनियानी, ३१ भदौ । झापाका विभिन्न स्थानका धानबालीमा रोगको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा देखिएको कृषकले जानकारी गराएको उहाँले बताउनुभयो । “छिटफुट रुपमा जिल्लाभरि देखिएको छ”, उहाँले भन्नुभयो, “नियन्त्रणको प्रयास भइरहेको छ ।” अनुगमन गरेर ज्ञान केन्द्रमार्फत् कृषकलाई क्षेत्रफलको आधारमा थोरै–थोरै मात्रा भए पनि औषधि वितरण गरिरहेको उहाँले बताउनुभयो । स्थानीय तहले पनि रोग नियन्त्रणका लागि काम गरिरहेका छन् । धान खेतको ठाउँ–ठाउँमा गोलकार रुपमा यो रोगको उपचारका…