झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यद्यपि हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका र तराईका केही स्थानहरूमा भने हुस्सु तथा कुहिरो लागेको अवस्था छ । आज दिउसो देशभर मौसम मुख्यतया सफा रहने छ । राति पनि यो सिलसिलाले निरन्तरता पाउनेछ । सोमबार भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन…

Read More

झापा, ३० मंसिर । ने‌पाल पत्रकार‌ महासंघको‌ झापा जिल्ला शाखामा युनियनले नेतृत्व गरेको छ । मंसीर‌ २८ गते‌ बिर्तामो‌डस्थित अग्रसे‌न भवनमा सम्पन्न चुनावको‌ मत परि‌णाम अनुसार‌ एकर‌ाज गिर‌ीले‌ अध्यक्षीय कार्यकाल दो‌हो‌¥याएका छन्  । दुई पदमा सर्वसम्मत भए पनि जिल्ला कार्यसमितिको‌ १८ पदका लागि प्रे‌स युनियन र‌ प्रे‌स चौ‌तार‌ीले‌ गठबन्धन गर‌े‌का थिए भने‌ त्यसको‌ विपक्षमा प्रे‌स से‌न्टर‌, फो‌निज र‌ स्वतन्त्र लगायतले‌ गठबन्धनको‌ समझदार‌ी गर‌े‌का थिए । यसपटक जिल्ला शाखाको‌ चुनावमा ३६ जनाले‌ उम्मे‌दवार‌ी दिएमध्ये‌ चौ‌तार‌ीका उपाध्यक्ष सहित चौ‌तार‌ीका १० जना, अध्यक्षसहित युनियनका ७ जना, प्रे‌स से‌न्टर‌का सचिव र‌ सदस्य गर‌ी २ जना र‌ फो‌निजबाट १ जना निर्वाचित भएका छन् । चुनावी परिणम हेर्दा…

Read More

झापा, ३० मंसिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय…

Read More

झापा, २९ मंसिर । झापाको विर्तामोड–१ स्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश’ शीर्षकको निबन्ध प्रतियोगिताका विजयी प्रतियोगीलाई शनिबार विर्तामोडमा आयोजित एक समारोहका बीच नगदसहित सम्मान गरेको हो । निवन्ध प्रतियोगितामा प्रथम हुने देवी माध्यमिक विद्यालयकी छात्रा ज्योति ढुङ्गेल, दोस्रो हुने मोहनमाया माविकी छात्रा एलिना तिम्सिना र तेस्रो हुने शनिश्चरे माविकी छात्रा सन्ध्या खतिवडालाई प्रतिष्ठानले क्रमशः ७० हजार, ५० हजार र ३० हजार नगदसहित सम्मानपत्रले सम्मान गरेको थियो । यसैगरी छात्रा निर्जला आचार्य, दीप्ति सुवेदी, तृषा सापकोटा, सुस्मिता खतिवडा, आशिका संग्रौला, छात्र सौगात खनाल र रोहन सुनुवारलाई…

Read More

भद्रपुर, २९ मंसिर । झापाको भद्रपुर–९ स्थित पारिजात चोकमा कार्यालय रहेको नव प्रभात बचत तथा ऋण सहकारी सस्थाको १३ औ साधारण सभा सम्पन्न भएको छ । भद्रपुर–९ का वडाध्यक्ष राम दाहालको प्रमुख आतिथ्यता तथा संस्थाको अध्यक्ष भवानी प्रसाद सापकोटाको अध्यक्षतामा भद्रपुर ९ स्थित प्रणामी मन्दिरमा साधारणसभा सम्पन्न भएको हो । उपाध्यक्ष दाताराम तिम्सीनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाको सचिव दिपेन्द्र कटुवालले गरेका थिए । कार्यक्रममा प्रकाश एकता सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठ, बालसुवोधनी विद्यालयका प्रधानध्यापक विश्व थापा, कृष्ण प्रा.वि. प्र.अ सिताराम थापा, पुहांतु मावि प्र.अ कौशीला पौडेल लगायतले शुभकामना मनतब्य राखेका थिए । संस्थाका सल्लाहकार संयोजक अनिल ढुङ्गानका अनुसार २०६८…

Read More

झापा, २९ मंसिर । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी हुनुभएको छ । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उहाँ छ सय १४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका ९चन्द्रकला०भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित हुनुभएको छ । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित हुनुभएको थियो । यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित हुनुभएको छ ।

Read More

भद्रपुर, २९ मंसिर । सय दिने अभियान सहित तल्लो तहको आवाज माथिल्लो निकायमा पुर्याउने लक्ष्य बोकेर नेपाली काँग्रेस भद्रपुर ९ को वडा भेला सम्पन्न गरिएको छ । वडा सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा केन्द्रीय सदस्य गोमा भट्टराईको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । जिल्ला प्रतिनिधि राजेन्द्र रिजालले अभियान तथा भेलाको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा केन्द्रीय सदस्य भट्टराईले तल्लो तहबाट उठेका प्रश्नको जवाफ दिँदै पार्टी देश र जनताको पक्षमा निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । वडा उपसभापति गोपाल श्रेष्ठको स्वागत तथा वडा सचिव चिरञ्जीवि भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कोशी प्रदेश समिति सदस्य उत्तम चौलागाई, जिल्ला उपाध्यक्ष केशवराज पाण्डे, क्षेत्र…

Read More

बिर्तामोड, २९ मंसिर । झापाको बिर्तामोडमा आजदेखी शुरु भएको ‘प्रथम झापा कप फुटबल प्रतियोगिता’मा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जीतसँगै आर्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि जिलेस्पीजंग कार्की, दिशान्त राई र निरज चौधरीले एक÷एक गोल गरे । खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित हुँदै नगद रू १० हजार पाएका छन् । भोलिको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद रू १०…

Read More

इलाम, २९ मंसिर । डिफेन्डिङ च्याम्पियन न्युरोड टीम एनआरटीले दोस्रो इलाम गोल्डकपको उपाधि उचालेको छ । शनिबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा चर्च व्वाइजलाई ३–० ले पराजित गर्दै नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । एनआरटीको जीतमा विदेशी खेलाडी नेमारले खेलको २४ औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । एनआरटीका अन्जान विष्टले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र ६४औँ मिनेटमा हेडमार्फत गोल गर्दै जित निश्चित गरे । उपविजेता चर्च व्वाइजले नगद ५ लाखमा चित्त बुझाएको छ । खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका शिशिर लेखी बने । उनले नगद ८ हजार एक सय प्राप्त बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी…

Read More

झापा, २९ मंसिर । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन्। संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका हुन्। मंसिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गरेका छन्। हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पुर्याएको असरबारे अध्ययन गरी संसद, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए ।

Read More