
इलाम, २९ मंसिर । डिफेन्डिङ च्याम्पियन न्युरोड टीम एनआरटीले दोस्रो इलाम गोल्डकपको उपाधि उचालेको छ । शनिबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा चर्च व्वाइजलाई ३–० ले पराजित गर्दै नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ ।
एनआरटीको जीतमा विदेशी खेलाडी नेमारले खेलको २४ औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । एनआरटीका अन्जान विष्टले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र ६४औँ मिनेटमा हेडमार्फत गोल गर्दै जित निश्चित गरे ।
उपविजेता चर्च व्वाइजले नगद ५ लाखमा चित्त बुझाएको छ । खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका शिशिर लेखी बने । उनले नगद ८ हजार एक सय प्राप्त बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अन्जान बिष्ट बने उनले नगद ३५ हजार प्राप्त गरे ।
विधागततर्फ बेस्ट किपर एनआरटीका विशाल सुनुवार, बेस्ट डिफेन्डर एनआरटीका आशिस गुरुङ, बेस्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उदयमान खेलाडी रेडहर्षका अर्जुन गुरुङ, सर्वाधिक गोल कर्ता अन्जान बिष्ट र उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिकपाल बने । विधागत तर्फ नगद ११ हजार ५ सय नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ८ टीमको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


