
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाममा रुखको हाँगाले लागेर एक जनाको मृत्यू इलाम, २४ मंसिर । इलामको देउमाई नगरपालिका-९ जितपुर सुङ्गुरे डाँडाका ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगा खस्दा घाइते भई निधन भएको छ। मिति २०८१ मंसिर २३ गते बिहान ११:३० बजे रुख काट्ने क्रममा अचानक हाँगा खस्दा उनको ढाडमा चोट लागेको थियो। घटना सम्बन्धी जानकारी स्थानीयले १३:४० बजे प्रहरी चौकी जितपुरमा दिएका थिए। घटनास्थलमा प्रहरी निरीक्षक जीवन कुमार गिरीको नेतृत्वमा खटिएको टोलीले तत्काल घाइतेलाई उपचारका लागि झापा पठाएको थियो। तर, सोही दिन १६:३० बजे उपचारकै क्रममा झापाको BNC अस्पतालमा उनको निधन भएको हो। मृतकको शव अहिले पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
झापा, २३ मंसिर । झापा जिल्ला झापा गाउँपालिका–६, पुष्पाञ्जली टोलकी ८३ वर्षीया फुलमाया मुर्मुको हत्या प्रकरणमा संलग्न फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत मंसिर २२ गते दिउँसो साढे ४ बजे फुलमायाको घरमै मृत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धरानको कुकुरसहितको टोलीको सहयोगमा घटनास्थलमा अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा फुलमायाको टाउको र चिउडोमा हतियारले प्रहार गरी हत्या गरिएको पुष्टि भएको छ। घटनामा प्रयोग भएका कलको ह्यान्डिल र फरुवा घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ। हत्या पछि फरार रहेका अभियुक्तहरूको खोजतलास गर्दा झापा गाउँपालिका–७, मदरगाछबाट…
भद्रपुर, १६ मंसिर । रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले आज हिमाली मावि भद्रपुरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज विद्यालय परिसरमा शैक्षिक सहयोग कार्यक्रम अन्तरगत यहाँका एक सय विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको हो । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, भद्रपुर वडा नं. १ का अध्यक्ष रामप्रसाद अधिकारी लगायतले विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्नुभयो । विद्यार्थी ट्रयाक सुट पाएपछि खुसी देखिन्थे । प्रमुख अतिथि नगर प्रमुख पोखरेलले नगरले सबैको सहयोग र सहकार्यमा नगरको शिक्षा क्षेत्रको स्तरबृद्धिमा गरिरहेको बताउनुभयो । “नगरले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “नगरको…
झापा, १२ मंसिर । मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंका समर्थकले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रसाईंको जीवन रक्षाको माग गर्दै उनीहरुले बुधवार प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानअधिकारको रक्षा गर’ भन्ने लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रसाईंको मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेसँगै उनका समर्थकहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
झापा, १२ मंसिर । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित कमल पुलमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा शिवसताक्षी–८ का अन्दाजी ४० वर्षीय खेमराज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आज बिहान ५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी–१ कमल पुलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाईकल चालक थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा बिहान ६ः५५ बजे…
झापा, १२ मंसिर । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।
सन्तोष शर्माझापा, १२ मंसिर । झापाको झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश करिब तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ । उहाँको खुट्टाको घुँडादेखि मुनीको भाग सुन्निएको छ । दुई दिने स्वयम् हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बन्दै गएको छ । सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उहाँलाई स्वयम् हेरचाह तालिम दिएपछि आफ्नो स्याहार आफैँ गर्न सक्ने हुनुभएको छ । “२५–३० वर्ष भयो रोग लागेको”, बाटाको पानीमा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बस्नुभएकी उहाँले भन्नुभयो, “खुट्टा कसरी सफा गर्ने थाहा भएको छ ।” उहाँजस्तै हात्तीपाइले रोगपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ । स्वयम् हेरचार…
झापा, १२ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरी लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । हिजो साँझ मेचीनगर–६ काँकरभिट्टास्थित पुरानो मेचीपुलमा लागु–औषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदैं गरेको मे.११ प ३९९४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको ट्याङकीमा प्लाष्टिकले च्यापेर लुकाई छिपाई राखेको प्रतिबन्धित लागू–औषध खैरो हेरोइन प्लाष्टिक सहित १ ग्राम ४४० मिलिग्राम र प्लाष्टिकबाहेक १ ग्राम २९० मिलिग्राम फेला परेकोले मोटरसाईकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं.११ बस्ने बर्ष ४८ को रविन तामाङलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला…
झापा, १२ मंसिर । झापाको मेचीनगरबाट प्रहरीले करिब ३ लाख ५० हजार बराबरको लसुन बरामद गरेको छ । हिजो राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले जिल्ला मेचीनगर–६ स्थित बाँसझ्याङमा अवैध रुपमा ल्याई लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको लसुन ७०० केजी बरामद गरेको हो । करिब ३ लाख ५० हजार बराबरको उक्त लसुन आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको छ ।
झापा, १२ मंसिर । झापाको कनकाई नगरपालिका–३ मा गौहत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूलाई बाह्रदशी गाउँपालिकाको चकचकी क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बाह्रदशी–४ का बुदना आलम, उनकी पत्नी, सालो, र अन्य केही व्यक्ति रहेका छन् । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको जानकारी दिएको छ। अन्य संलग्न व्यक्तिहरूको पहिचान र थप विवरण सार्वजनिक गर्न बाँकी छ।