झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ कात्तिक । सुनसरी र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ५ गते दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चताराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर हतुवागढी-७ का २३ बर्षीय समुथल राई र १८ बर्षीय विश्वहाङलाई १०० मिलीग्राम खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजको प्रहरी टोलीले बर्जु गाउँपालिका-२ स्थितबाट २९ किलोग्राम ४५५ ग्राम गाँजा सहित धरान उप-महानगरपालिका-१७ का २९ बर्षीय सपन राईलाई नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी देउराली सुनसरीले धरान-१४ का…

Read More

झापा, ६ कात्तिक । झापाको कचनकवल गाउँपालिकामा मावि तहका विद्यार्थीलाई कानूनी सचेतना प्रदान गरिएको छ। कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित यस कार्यक्रममा विद्यार्थीलाई कानूनसम्बन्धी विविध जानकारी दिइएको हो । कार्यक्रमका सञ्चालक उमेश मिश्रका अनुसार सचेतना कार्यक्रममा कक्षा ११ र १२ का १५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । सोमबारदेखि सुरु भएको कार्यक्रममा पहिलो दिन कचनकवल–६ का लक्ष्मी माविमा कानूनी सचेतना दिइएको थियो भने आज कचनकवल–२ स्थित लक्ष्मीप्रसाद देवकोटाका विद्यार्थीलाई कानूनको महत्व, मुलुकी फौजदारी कानून, कानूनको प्रक्रिया, न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलाप प्रक्रिया, कसुर र सजाय, तथा लागूऔषधसम्बन्धी कानूनी जानकारी दिइएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले कानुन, ऐन, नियम, तथा नेपालको…

Read More

ताप्लेजुङ, ६ कात्तिक । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । कात्तिक ५ गते बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलामको फिक्कलबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० कार्टुन सिक्किमे मदिरा बरामद गरेको हो । बरामद भएको अवैध मदिरा, मदिरा ओसार पसारमा सम्लग्न झापा बुद्धशान्ति गाउँपालिका–३ का महेन्द्र बर्देवा, सवारी साधन र चालक बुद्धशान्ति–३ का सनम राई समेतलाई आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ ।

Read More

झापा, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ…

Read More

झापा, ६ कात्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना…

Read More

ज्वानोमा धेरै एन्टिअक्सिडेन्ट, फाइबर, पोटासियम र भिटामिन पाइन्छ । दममा लाभदायक : दम जस्ता रोग लागेका व्यक्तिले पनि ज्वानुको चिया पिउनुपर्छ । ज्वानु तातो प्रकृतिको हुन्छ, त्यसैले यसले दमका बिरामीका लागि औषधीको रूपमा काम गर्छ । दमका बिरामीले बिहान उठेपछि खाली पेटमा ज्वानुको चिया पिउँदा फाइदा हुन्छ । ग्यास समस्याबाट राहत : जसलाई सधैं ग्यासको समस्या हुन्छ, त्यस्ता व्यक्तिहरूले बिहान उठ्ने बित्तिकै ज्वानुको चिया पिउनुपर्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ र पेटसम्बन्धी धेरै समस्यामा यो फाइदाजनक हुन्छ । तनाव कम गर्न सहयोगी : ज्वानुको चियाले तनाव कम गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा उर्जा मिल्छ र थकान पनि…

Read More

झापा, ६ कात्तिक । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०र८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया…

Read More

भद्रपुर, ६ कात्तिक । भद्रपुर रन (दौड) प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ । भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले बडा दशैँको अवसरमा घटास्थापनाका दिन आयोजना गरेको दौड प्रतियोगिताको आयव्यय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । भद्रपुर रन आयोजक समितिले यस वर्षको प्रतियोगिताबाट एक लाख ९४ हजार चार सय ८५ रूपैयाँ बचत भएको जनाकारी गराए । भद्रपुर रन सम्पन्न गर्न १० लाख २६ हजार छ सय १५ रूपैयाँ खर्च भएकोमा १२ लाख २१ हजार एकसय संकलन भएको थियो । यस बर्ष करिब दुई लाख रुपैयाँ बचत गर्न सकिएको वडाध्यक्ष तथा मूल आयोजक समितिका संयोजक सुब्बाले जानकारी दिए । आम्दानी रकममध्ये…

Read More

एलिश भट्टराईघर तथा खेतबारीमा भएका झारपात , कुनै अन्नको भुस र पराल , काठ, जनावरका हड्डी र रौँ , गोबर , सुली आदि लाई राम्रो संग सुकाएर अधिक तापक्रम ( ४०० – १००० 0 C ) तथा न्युन या शुन्य अक्सिजन भएको अवस्थामा आगो लगाउदा कार्बोन धेरै भएको अंगार बन्छ । यो अंगारको नाम हो , बायोचार । अक्सिजन थोरै वा हुँदै नभएको अवस्थामा आगो बाल्दा , कार्बोन डाईअक्साइडका रुपमा अर्गानिक कार्बोन उडेर जादैन । यसले गर्दा बायोचारको प्रयोगले अर्गानिक तत्वको मात्रा बढाएर माटोलाई स्वस्थ बनाउन र उर्बरासक्ति बढाउन मद्धत गर्दछ । बायोचार बनाउदा कच्चा पदार्थको प्रकार , पोल्ने वा…

Read More

हल्दिबारी, ६ कात्तिक । झापाको हल्दिबारी गाउँपालिकाबाट प्रहरीले १३ जना जुवाडे पक्राउ गरेको छ । हल्दिबारी–१ गोलधापबाट १३ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोलधाप बजारस्थित गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेहरुमा हल्दिबारी– १ का ६३ वर्षीय यज्ञराज त्रिताल, सोही ठाउँका ४५ वर्षीय बीरबहादुर गुरुङ, ४२ वर्षीय रामनाथ साह, ६१ वर्षीय भानुभक्त नेपाली, ६२ वर्षीय अशोक राई, ६१ वर्षीय सरोज दाहाल, ३८ वर्षीय प्रकाश गिरी,बिर्तामोड– ५ का ५२ वर्षीय राजन चुडाल, भद्रपुर १० का ५५ वर्षीय राजेन्द्र तुलाधर , सोही ठाउँका ४३ वर्षीय माधव भट्टराई…

Read More