
भद्रपुर, ६ कात्तिक । भद्रपुर रन (दौड) प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ ।
भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले बडा दशैँको अवसरमा घटास्थापनाका दिन आयोजना गरेको दौड प्रतियोगिताको आयव्यय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । भद्रपुर रन आयोजक समितिले यस वर्षको प्रतियोगिताबाट एक लाख ९४ हजार चार सय ८५ रूपैयाँ बचत भएको जनाकारी गराए । भद्रपुर रन सम्पन्न गर्न १० लाख २६ हजार छ सय १५ रूपैयाँ खर्च भएकोमा १२ लाख २१ हजार एकसय संकलन भएको थियो ।
यस बर्ष करिब दुई लाख रुपैयाँ बचत गर्न सकिएको वडाध्यक्ष तथा मूल आयोजक समितिका संयोजक सुब्बाले जानकारी दिए । आम्दानी रकममध्ये तीन लाख ९४ हजार चार सय ८५ रूपैयाँ उठ्न बाँकी रहेको र सो रकम उठने संयोजक सुब्बाको भनाइ छ । प्रतियोगितालाई सम्पन्न गर्न सहयोग पु¥याउने झापाका उद्योगी व्यवसायी, सामाजिक, शैक्षिक तथा विभिन्न संघ संस्थाप्रति उनले आभार समेत प्रकट गरेका छन् ।
आगामी वर्षहरुमा यो प्रतियोगितालाई अझ व्यवस्थित बनाउँदै लैजाने बताउँदै यो वर्ष नगरभित्रका विजेता खेलाडीलाई मात्र पुरस्कार वितरण गरेको र आगामी वर्षमा नगर बाहिरकालाई पुरस्कार दिने व्यवस्था मिलाउने बताए । बचत रकममा थप गरी भद्रपुर रन आयोजक समितिले सो प्रतियोगिता हरेक वर्ष घटस्थापनका दिन सञ्चालन गर्ने उनले बताए । समितिका पदाधिकारी सदस्य लगायत सम्मिलित पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार संयोजक गोपाल गिरी र स्वास्थ्य संयोजक केदार महतले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


