झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ साउन । बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो । केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिनुभयो । उहाँले…

Read More

झापा, २२ साउन । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”, उनले भने । सडक डिभिजन दमकका अनुसार जिल्लामा निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि विनियोजित रु २२ करोड ८५ लाख ५८ हजारमध्ये सबै अर्थात् शतप्रतिशत खर्च भएको छ । दमक–चिसापानी सडकका लागि विनियोजित रु छ…

Read More

फिक्कल, २२ साउन । इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु ।” डेढ घण्टा उकालो बाटो गाग्रीबाट बोकेको पानीको भरमा गुजारा चलाउँदै आउनुभएको वसन्तासहित माङमालुङ बजार र आसपासका एक सय ७१ घरपरिवारले त्यो बाध्यताबाट मुक्ति पाएका छन् । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ को लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि घण्टौँसम्म उकालो–ओरालो गर्नुपर्ने वर्षौँदेखिको…

Read More

झापा, २२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ। आज बिहान देशभरको मौसम साधारणतया बदली छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना…

Read More

प्रकाश अधिकारीसंविधान अनुसार नेपाल बहुधार्मिक तर धर्म निरपेक्ष राज्य हो । धर्मका आधारमा कुनै पनि प्रकारको भेदभाव नगरिने मौलिक हकको प्रत्याभूति छ । राज्यको कुनै धर्म हुँदैन, त्यसैले राज्यको चरित्र धर्म निरपेक्ष छ । धर्म निरपेक्षको सीधा अर्थ धार्मिक वा आध्यात्मिक नहुनु हो । यौन र प्रेम झैँ धर्म पनि नितान्त निजी मामिला भएकाले यसको सार्वजनिक प्रदर्शन गर्नु हुँदैन । संविधानमा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई धर्मनिरपेक्ष सम्झनु पर्छ भनी चलनचल्तीको अर्थभन्दा फरक ढङ्गले अथ्र्याइको छ । यो व्यवस्थाले प्रत्येक नागरिकलाई आफ्नो धर्मको अभ्यास र प्रचार गर्न पूर्ण स्वतन्त्रता हुन्छ । जुनसुकै धर्मका भए पनि सबै नागरिकलाई…

Read More

सरोज भट्टराईझापा, २१ साउन । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि झापा लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा विहानैदेखि जल चढाउन भीड लागेको छ । आज भक्तजनहरुका बीचमा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की, प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतको उपस्थितिमा शिवलिङ्गमा जल चढाएर पुजा आराधाना गरिएको छ । साउन महिना भगवान शिवको महिना र सोमबार भगवान शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान्दशिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि झापाको सताक्षीधाम, अर्जुनधारा जलेश्वरधाम, कनकाईको माईधाम,…

Read More

झापा, २१ साउन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले झापाका विद्यालयहरुमा धमाधम कमिटी गठन गरिरहेको छ । उसले संगठन विस्तार अभियान अन्तर्गत विद्यालय तथा क्याम्पसहरुमा कमिटी गठनलाई तीब्रता दिएको हो । बिर्तामोड–५ स्थित देवि माविमा उत्सव ढुंगेलको अध्यक्षतामा ७५ सदस्यीय इकाई कमिटी गठन गरेको अखिल (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए । समितिको उपाध्यक्षहरु जेनि मगर, सुसन भट्टराई, उत्साह सुवेदी, आयुषमा आचार्य रहेका छन् । नविना थापा सचिव र सहसचिवहरु आयुष थापा, मन्जु पराजुली र आसिका सुवेदी र आकृति बुढाथोकी कोषाध्यक्ष रहेको धमलाले बताए । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित राष्ट्रिय रमणीय आदर्श माविमा दर्शन…

Read More

भापा, २१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय मूल्य मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिनु पर्ने माग गरेको छ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रक लाइनका विषयमा अघिल्लो संसद्को लेखा समितिले गरेको निर्णय अहिलेको लेखा समितिबाट उल्ट्याउन खोजिएको आरोप लगाउनुभयो । उहाँले सरकारले नियम उलङ्घन गरेर विद्युत् प्राधिकरणका दुई जना कर्मचारीहरूलाई निलम्बन गरेको, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उद्योगी व्यापारीसँग रहस्यमय भेट गरेको आरोप समेत लगाउनुभयो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सेविता गौतमले सार्वजनिक स्थलमा आफूमाथि भएको दुर्व्यवहारका विषयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो…

Read More

ढाका, २१ साउन । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेना प्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराउनुभएको छ । प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिनुभएको हो । उहाँले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उहाँले भन्नुभयो । कामचलाउ सरकारको नेतृत्व सेना प्रमुख जमानले आफै गर्नुहुनेछ वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उहाँले केही बताउनुभएको छैन । बङ्गलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा बङ्गलादेशका सेना प्रमुख जमानले…

Read More

झापा, २१ साउन । काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्‍यो । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो । नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य…

Read More