झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

तीर्थराज तिम्सिनाझापा, १५ पुस । स्वास्थ्य बीमा कार्यक्रममा मंसिर मसान्त सम्ममा झापाका सात लाख ५६ हजार पाँच सय ८९ जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी सुचना अधिकारी राधा रिमाल अधिकारीका अनुसार पछिल्लो समय स्वास्थ्य बीमामार्फत सेवा पु¥याउने अस्पताल तथा उपचार केन्द्र प्रशस्त भएका कारण झापामा सरकारको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताएकी छिन् । झापा जिल्लामा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा बढी संख्यामा सहभागी भएको जिल्ला समेत रहेको छ । पन्ध्रवटा स्थानीय तह रहेको झापामा सबैभन्दा बढी दमक नगरपालिकाका नागरिकहरु बीमामा आबद्ध भएका छन् भने सबैभन्दा कम झापा गाउँपालिकाका नागरिकहरु…

Read More

दाङ, १५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको ६५ लाख १७ हजार रकमसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो । केसी सोमबार राति मात्र काठमाडौँबाट घर फर्किएका हुन् । उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । काठमाडौँको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको…

Read More

झापा, १५ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो । सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उक्त प्रणालीतर्फ ११० स्थानका लागि ६४ दलका गरी करिब तीन हजारभन्दा ४२४ उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ । बन्द सूची बुझाउने ६४ दलमध्ये ५४ दलको आफ्नो निर्वाचन चिह्न र १० दलबाट साझा निर्वाचन चिह्नमा उम्मेदवारी…

Read More

भापा, १५ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न…

Read More

झापा, १५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७० पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४…

Read More

भद्रपुर, १५ पुस । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका…

Read More

झापा, १५ पुस । आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गर्नुभएको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुनुहुन्छ । यो दिन भगवान्को पूजा अर्चना तिल, तुलसी अर्पणगरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्य चढाएर दारिमको अघ्र्य भगवान्लाई दिई ब्राह्मणलाई घ्यू दान दिनुपर्ने विषय पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुयभयो…

Read More

झापा, १५ पुस । गुरुङ समुदायहरूको महान पर्व ‘तमु ल्होसार’ आज धुमधामका साथ मनाइँदैछ । सप्रिला ल्हो (सर्प वर्ग) को बिदाई तथा त ल्हो (घोडा वर्ग) को स्वागत गरी धुमधामका साथ तमु ल्होसार मनाउन लागिएको हो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाका अध्यक्ष जगतमान गुरुङले वर्ष गणना गर्ने विक्रम सम्वत् प्रचलनमा आउनुभन्दा अघि गुरुङ जातिका पूर्वजहरुद्वारा प्रत्येक एक वर्षलाई एउटा पशु वा पक्षीको नाम दिएर वर्ष गणना गर्ने परम्परालाई ल्हो वा वर्ग भन्ने गरिएको बताउनुभयो । “तमु ल्होसार गुरुङ जातिको मुख्य मौलिक पर्व हो”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष पुस १५ गतेका दिन मनाइने परम्परा छ । पुस…

Read More

विराटनगर, १४ पुस । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागुऔषध गाँजा बरामद गरेको छ । हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भान्न खोजे पछि प्रहरीले हवाई फायर गरी धनकुटा शहिदभुमी–६ का निश्चल राई र सागुरिगढी–२ का खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ भने एम्बुलेन्स भित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजा समेत प्रहरीले बरामद गरेको छ । पक्राउ…

Read More

झापा, १४ पुस । सुन्तला जाडो मौसमको ‘सुपरफुड’ हो, तर के तपाईलाई थाहा छ ? यसको गुदी मात्र होइन, बोक्रा पनि स्वास्थ्यका लागि कुनै खजानाभन्दा कम छैन। धेरैजसो मानिसहरू सुन्तला खाएपछि यसको बोक्रा डस्टबिनमा फ्याँक्छन्, तर सुन्तलाको बोक्रामा भिटामिन ‘सी’, फाइबर, क्याल्सियम, फ्लेभोनोइड्स र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यदि तपाईंले यसलाई सही तरिकाले आफ्नो खानपानमा समावेश गर्नुभयो भने धेरै रोगहरूबाट बच्न सक्नुहुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउन सक्नुहुन्छ। सात फाइदा१. रोग प्रतिरोधात्मक क्षमता ९इम्युनिटी० बलियो बनाउँछसुन्तलाको बोक्रामा गुदीभन्दा बढी भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ। यसले शरीरमा भाइरल र ब्याक्टेरियल संक्रमणसँग लड्ने क्षमता बढाउँछ। २. तौल घटाउन निकै फाइदाजनकसुन्तलाको…

Read More