
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १५ माघ । कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी सिफारिस गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्थास्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी दिनुभयो । मासिक रु आठ लाख भाडा दिने गरी बैठक सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित…
काठमाडौं, १५ माघ । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड गठन हुनुअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा औषधि, उपकरण, जनशक्ति, प्रोत्साहन भत्ता र प्रशासनिक खर्चमा निश्चित प्रतिशत तोकेको थियो। तर पछिल्लो समय औषधि र उपचारभन्दा अन्य शीर्षकमा बढी खर्च भएको गुनासो बढेपछि बोर्डले उक्त मापदण्ड हटाउने निर्णय गरेको हो। बोर्डले २४ पुसमा निर्णय गरी १३ माघमा सेवा प्रदायक संस्थालाई परिपत्र गरेको हो। परिपत्रमा अब स्वास्थ्य बीमाबाट प्राप्त रकम प्रचलित ऐन, नियम र कानुनबमोजिम खर्च गर्नुपर्ने उल्लेख गरिएको छ। सूचना अधिकारी विकेश मल्लका अनुसार उक्त व्यवस्था…
जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाहा होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ । डा डेनियल भन्छन, “जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कन्छ । यसले रौँको फेदमा रहेको स साना मांसपेशी खुम्च्याईदिन्छ ।…
पछिल्लो समय फिल्म प्रचार प्रभावकारी बनाउन निर्माण युनिट साङ्गीतिक यात्रा गर्न थालेका छन् । यस्तै आगामी १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ ले पनि साङ्गीतिक यात्रा सुरु गरेको छ । निर्माण युनिटले मङ्गलवार पोखरबाट साङ्गीतिक यात्रा सुरु गरेको हो । साँझ ५ बजेदेखि पोखराको लेकसाइडमा फिल्मको कन्सर्ट आयोजना भएको थियो । जहाँ फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत (भारतीय अभिनेता), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तसहित गायक करण परियारले विशेष प्रस्तुत दिए । पोखरापछि आज बुधबार फिल्म युनिटले चितवनमा कन्सर्ट गर्ने भने पनि मौसमको खराबीको कारण क्यान्सिल गरेको छ । माघ १५ गते (बिहीबार)…
झापा, १४ माघ । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाका ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४ सय ३० रुपैयाँले बढेर तोलाको ७ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ६ हजार ८ सय ७० रुपैयाँ थियो ।
झापा, १४ माघ । झापाको मेचिनगर नगरपालिका–७ नमुना टोलस्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मिति २०८२।१०।११ गते दिउँसो १३ः३० बजे काकँरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१.०१.०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड–७ बस्ने ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका छन्। तर पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गम्भीर घाइते भई उपचारका लागि B&C अस्पतालमा लगिएको थियो। उपचारको क्रममा आज मिति २०८२।१०।१४ गते बिहान १०ः१५ बजे उनको मृत्यु भएको प्रहरीले…
चितवन, १४ माघ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता दुई हजार ६५६ जनाको परीक्षण गरिएकामा ४८० जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ८१ जनाले छ महिनाको औषधि पूरा गरेका छन् भने ३९९ जनाले अहिले नियमित औषधि सेवन गर्दै आएका छन् । उहाँले सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका जानकारी दिनुभयो । क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा ३२ वटा सेन्टर सञ्चालनमा रहेका जनाउँदै क्षयकुष्ठ अधिकृत दुवाडीले तीमध्ये २८ वटा ‘माइक्रोस्कोप’ र चार वटा ‘जिनएक्स्पर्ट’ गर्ने संस्था रहेका बताउनुभयो…
ओखलढुङ्गा, १३ माघ । चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको शव भेटिएको छ । भदौरेको बोहोरे टोलका ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमायाको लुटपाटपछि हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । वृद्ध दम्पतीले पसल सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । एक महिनाअघि चिशंखुगढी गाउँपालिका–६ भदौरेमा नै ६० वर्षीय शोभितमान थापा मगर र उहाँकी श्रीमती रत्नमायाको हत्या भएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शृङ्खलाबद्ध एकपछि…
काठमाडौँ, १३ माघ । निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै सातवटा स्पष्टीकरण सोधेको छ । सो स्पष्टीकरणमा विभिन्न उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेका उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहले नेकपा (एमाले्र) का अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा ‘हत्यारा’ टिप्पणी गरेका कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही पार्टीका अर्का उम्मेदवार निकोलस भुसालले जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा पनि आयोगले स्पष्टीकरण माग गरेको छ । त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले प्रचारमा बालबालिका प्रयोग गरी उनीहरूलाई टिसर्ट लगाउन लगाएको विषयमा आयोगले उहाँलाई स्पष्टीकरण माग गरेको छ ।…
विराटनगर, १३ माघ । मोरङ र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इनरुवा नगरपालिका–६ स्थितमा चेकजाँचको क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीले को. २ ह ६१२५ नम्बरको अटोबाट ९९ किलो १ ग्राम गाँजा बरामद गरे सगै चालक धनकुटा चौबिसे गाउँपालिका–७ का साजन लिम्बु र अटोमा सवार गगन लिम्बुलाई नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे–८ का जीवन नुनियालाई ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिइको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।