
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, १३ पुस । सुनसरीको अस्थायी प्रहरी चौकी वरगाछीले पुस १२ गते धरान–८ बाट लागुऔषध ब्राउनसुगरसहित पाँचथर हिलिहाङ गाउँपालिका–७ का विशाल योक्पाङदेन र धरान–१० का इमन लिम्बुलाई ६ ग्राम ७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका–२ बाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार २ सय २० क्याप्सुल बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ भने प्रतिबन्धित औषधी कारोबारमा संलग्नहरुको खोजीकार्य भइरहेको छ ।
मोरङ, १३ पुस । मोरङको जहदा गाउँपालिका–२ स्थितबाट ३३० किलोग्राम लागुऔषध गाँजासहित २ जना भारतीय नागरिकलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजाको बोरा बोकेर भारततर्फ जाँदै गरेका भारत अररियाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई रोक्न खोज्दा बोरा फ्याकेर भागेका थिए । नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीले १ राउण्ड हवाई फायर गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो । गाँजासहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
इलाम, १३ पुस । इलामको रोङ गाउँपालिका–६ स्थित धजे–मनकामना–तेलपानी सडक सञ्चालनमा आएको छ। सडक उद्घाटनसँगै स्थानीय बासिन्दा उत्साहित भएका छन् भने पर्यटन, कृषि र व्यापार प्रवर्द्धनमा नयाँ सम्भावना खुलेको छ । विघटित प्रतिनिधिसभा सांसद सुहाङ नेम्बाङले एक कार्यक्रमबिच आज सडकको उद्घाटन गर्नुभएको हो। उहाँले इलामको विकासका लागि पूर्वाधार र संस्कृतिलाई सँगै अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सडक सञ्चालनमा आएपछि रम्भ्याङ, जौबारी, जिर्मले र कुवापानी क्षेत्रका किसानलाई कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ। साथै शिक्षा, स्वास्थ्य र व्यापारका लागि झापाको धुलाबारी, बिर्तामोड र चन्द्रगढी पुग्न यात्रा छोटिएको छ। स्थानीयका अनुसार धजेबाट वडा कार्यालय पाँच मिनेटमै पुग्न सकिने भएको छ।…
झापा, १३ पुस । झापाको भद्रपुर नगरपालिका–८ स्थित किरात भवन अगाडि लडेर बेवारिसे अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गत पुस ७ गते राति करिब ५०–५५ वर्ष उमेरका ती पुरुषलाई स्थानीयले उद्दार गरी तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि पुर्याएका थिए । उपचारका क्रम ती पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन । शव हाल प्रादेशिक अस्पताल भद्रपुरमै राखिएको छ भने मृतकका आफन्त वा नातेदार अहिलेसम्म फेला परेका छैनन् ।
झापा, १३ पुस । सरकारले कृषि क्षेत्रको विकास र विस्तार गरी व्यवसायीक बनाउने उद्देश्यका साथ ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार कृषक, व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह, मौरीजन्य उत्पादन, च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग गर्नेछ । मह, मौरीजन्य उत्पादन र च्याउको उपयोगिता तथा फाइदासम्बन्धी सूचना प्रवाह गरी आन्तरिक र अन्तर्राष्ट्रिय र आन्तरिक बजार विस्तारमा योगदान पु¥याउने उद्देश्य कार्यक्रमको छ । मौरीपालन तथा च्याउखेती समबन्धी व्यवसायिक, वैज्ञानिक एवम् नवीनतम प्रविधि तथा सूचनाको आदानप्रदान गर्न योगदान पु¥याउनेछ । मौरी मूल्य श्रृखला र च्याउखेतीमा…
झापा, १३ पुस । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठवटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत…
झापा, १३ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको…
झापा, १२ पुस । झापाको बिर्तामोड नगरपालिका–३ गजुरमुखी टोलमा नामथर वतन नखुलेकी मागी खाई हिँड्ने एक महिलाको मृत्यु भएको छ । ती महिला आज ९शनिवार० बिहान ७ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेकी हुन् । बिर्तामोड–३ का चन्द्र थापाको जग्गा रहेको टिन छाना, टाँटीको बेराले बनेको कच्ची टहरो भित्र जमिनमा बस्दै आएकी अन्दाजी ५५–६० वर्षीया महिला मृत अवस्थामा फेला परेकी थिइन् । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गएको थियो । बिहान ९ः३० बजे सम्पूर्ण कानूनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १२ पुस । आर्थिक अभावका कारण बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) रोगबाट पीडित बिर्तामोड–३ का युवाको उपचारमा समस्या भएको छ । झापाको बिर्तामोड–३ स्थित समावेशी टोलका १७ वर्षीय आर्यनकुमार महतोको उपचारमा आर्थिक अभाव भएको हो । दुई वर्षदेखि बोनम्यारो क्यानसर रोग पत्ता लागेको आर्यनको हाल भारतमा उपचार भइरहेको छ । दुई वर्षअघि काठमाडौंमा उपचार गराउँदा उनलाई क्यानसर भएको पत्ता लागेको थियो । काठमाडौंमा उपचार सम्भव नभएपछि अहिले उनको भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । तर, चिकित्सकले तत्कालै बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएको बिरामीका मामा प्रमोद महतोको भनाइ छ । तर, आर्थिक स्थिति दयनीय भएका कारण उनको उपचारमा…
बिर्तामोड, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित जनजागरणसभामा उहाँले आगामी निर्वाचन व्यक्ति विशेष वा दलको जितमा सीमित नभई राष्ट्रको हित, स्थायित्व र भविष्यसँग जोडिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको राजनीतिक लक्ष्य सिट सङ्ख्या बढाउने मात्र नभई देशलाई सङ्कटबाट जोगाउने रहेको उल्लेख गर्नुभयो । “हामी चुनाव जित्ने कुरा मात्रै लिएर आएका छैनौँ । चुनाव भयो भने राप्रपाले जित्ने कुरा पनि आउँछ, तर त्योभन्दा ठूलो कुरा देशले जित्ने वातावरण बनाउनु हो । देश जित्न…