झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । ती क्षेत्रमा हुन…

Read More

झापा, २१ साउन । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि झापा लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि झापाको अर्जुनधारा जलेश्वरधाम, कनकाईको माईधाम लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । यस दिन विशेषरुपमा आशुतोष…

Read More

झापा, २० साउन । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयले ग्राहकको निक्षेप फिर्ता नगरेको भन्ने विषयमा बैंकले कागजात नक्कली भएको ठहर गरेको छ । सो विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्ष भएको जनाउँदै प्रारम्भिक अनुसन्धानका क्रममा मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवम् नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन बैंकले जनाएको छ । बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘प्रभु बैंक लि.को झापा जिल्लास्थित बिर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने सम्बन्धमा विभिन्न समाचार माध्यमहरुमा प्रसारित समाचारका सम्बन्धमा बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त…

Read More

झापा, २० साउन । ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

Read More

बनियानी, २० साउन । झापाको कचनकवल गाउँपालिकाले यहाँका ३१ जना अपांगता भएकाहरुलाई आज सहायक सामग्री वितरण गरेको छ । गाउँपालिकाले उनीहरुको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले आर्थिक वर्ष २०८०/०८१ को अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमका अन्तरगत सहायक सामग्री वितरण गरेको हो । गाउँपालिकाले १४ जनालाई ह्विलचेयर, दुई जनालाई बैशाखी, पाँच जनालाई श्रवण यन्त्र, एक जनालाई वाल्कर, चार जनालाई एल्बो कर्चेज, दुई जनालाई तीन पांग्र्रे साइकल, दुई जनालाई कम्बोर्ड चियर र एक जनालाई सेतो छडी प्रदान गरेको छ । उनीहरुलाई गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईले सहायक सामग्री हस्तान्तरण गर्नुभयो । सहायक सामग्री प्राप्त गरेपछि अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो…

Read More

बिर्तामोड, २० साउन । नेकपा (एकीकृत समाजवादी) ले कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जामा लगानी गरेको अढाइ करोड बढी रकम फिर्ता गर्न माग गरेको छ । नेकपा एस बिर्तामोड नगर कमिटीले आज बिर्तामोड नगरपालिकालाई १४ बुँदे ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग गरेको हो । नेकपा एसले नगर प्रमुख पवित्रादेबी महतरा प्रसाईलाई नगरको जनसरोकारसँग सम्बन्धी १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिर्तामोड नगरपालिकाले २०६९ सालमा कार्यपालिकाको निर्णयबाट फोहोर व्यवस्थापनका लागि भन्दै उक्त कम्पनीमा २ करोड ५४ लाख रुपैयाँ लगानी गरेको र हाल फोहोर व्यवस्थापन भने नभएको र कम्पनी नै टाट पल्टिने अवस्थामा रहेको भनेर विभिन्न मिडियामा समाचार आएकाले लगानी गरेको रकम फिर्ता गर्न माग गरिएको…

Read More

सुरुङ्गा, २० साउन । झापाको कनकाई नगरपालिकामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम भएको छ । कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरको सभाहलमा आज कार्यक्रम भएको हो । नगरकी न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । झापा जिल्ला न्याधिश अशोककुमार बस्नेत, झापा बार एशोशिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रमको सहजीकरण गरेका थिए । स्वागत नगर न्यायिक समिति सदस्य नवलकिशोर दत्तले गरेको उद्घाटन कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य तथा कनकाई २ का वडाध्यक्ष बलराम राई (प्रताप) ले…

Read More

बिराटनगर, २० साउन । मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR38D 7889 नम्बरको मोटरसाईकलमा सवार रहेका चालक रंगेली नगरपालिका–७ का २४ बर्षीय अबय शांह र सुनबर्शी नगरपालिका–७ का १९ बर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलीग्राम ब्राउनसुगर सहित र कानेपोखरी गाउँपालिका–२ बाट BR38AB 4135नम्बरको मोटरसाईकल चालक भारत अररीयाका २१ बर्षीय मो. इसराख गमिरलाई ४ ग्राम ९५ मिलीग्राम ब्राउन सगुर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका–९ स्थितबाट स्थानीय २७ बर्षीय विशाल राईलाई ८३ मिलिग्राम ब्राउन…

Read More

मोरङ, २० साउन । मोरङको रंगेली नगरपालिका–२ स्थितमा स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका–३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् । आज बिहान पौने १० बजे बिराटनगरबाट आमबारीतर्फ आँउदै गरेको को.१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक बिद्यालयको बसले सोही दिशाबाट आँउदै गरेका साईकल यात्री ठाकुरलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते भएका ठाकुरको उपचारको क्रममा रंगेली अस्पताल रंगेलीमा मृत्यु भएको थियो । घटनामा संलग्न बस र चालक कन्काई नगरपालिका१ झापाका ५७ बर्षीय ईन्द्र प्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Read More

झापा, २० साउन । झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती झापाको इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का ३२ बर्षीय बिजय मगर, ३७ बर्षीय बिदुर मगर, मेचिनगर नगरपालिका–९ का ४५ बर्षीय शेर बहादुर लिम्बु र माई नगरपालिका–२ इलामका ३० बर्षीय रुपेश ढुंङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका–३ इलाम घर भई दमक नगरपालिका–५ मा डेरागरी बस्दै आएका २६ बर्षीय अगम राई र कमल गाउँपालिका–५ का ३६ बर्षीय जिवन लिम्बुलाई…

Read More