झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सामान्य अवस्था : –मोटोपना भएमा–दैनिक धेरै समय उभिनुपर्दा–एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने–गर्भावस्थाको समयमा–उच्च रक्तचाप भएका वेला–गर्भवती महिलामा अन्य रोग लागेमा मुटुसम्बन्धी : मुटु कमजोर भएमा, उच्च रक्तचापका बेला र भल्बको रोग भएमा फोक्सोसम्बन्धी : दम भएमा मिर्गौलासम्बन्धी : मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने ।

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । अनामनगरस्थित म्युजिक इरा रेकर्डिङ स्टुडियोमा पुगेर उनले आफ्नो अभिनयमा स्वर भरेका हुन् । फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा छोटो अभिनय गरेका छन् । अघिल्लो प्रधानमन्त्रीत्वकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भको कथामा उनी फिल्ममा देखिएका हुन् । केही मिनेट लामो दृश्यमा ओलीले एसिड आक्रमणविरुद्ध सरकार प्रमुखको रुपमा प्रतिबद्धता जनाएका छन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो फिल्मको डबिङ गतसाता पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले पनि गरेका थिए । ओलीको डबिङसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्म भदौ ७ गते हलमा रिलिज हुने जनाइएको छ ।

Read More

काठमाण्डौ, २० साउन । काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२…

Read More

क्यालिफोर्निया, २० साउन । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि मुद्दा हालेको छ । त्यहाँको न्याय मन्त्रालयले शुक्रवार टिकटक र उसको मातृ कम्पनी बाइटडान्समाथि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको भन्दै मुद्दा हालेको हो । यो मुद्दामा अमेरिकाको सङ्घीय व्यापार आयोग पनि संलग्न छ । बालबालिकाहरूको जानकारी अनधिकृत रूपमा सङ्कलन गर्ने प्रवृत्तिमा रोक लगाउन यो मुद्दा दायर गरिएको मुद्दामा भनिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले टिकटकमाथि कडाइ गरिरहँदा यो मुद्दा दायर भएको हो । सरकारका अनुसार टिकटकले अनलाइनमा बालबालिकाको गोपनीयता संरक्षण ऐनको उल्लङ्घन गरेको छ । यो ऐनका अनुसार अमेरिकामा १३ वर्षभन्दा मुनिका बालबालिकाको जानकारी सङ्कलन गर्न…

Read More

झापा, २० साउन । झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गै‌र‌आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ । ने‌पालीहरुले‌ अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नुपनेर्‌ नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना ने‌पालीहरुले‌ ने‌पाली नागरि‌कता परि‌त्याग गर‌े‌को‌ जिल्ला प्रशाशन कार्यालय झापाका सूचना अधिकार‌ी समे‌त र‌हनुभएका सहायक प्रमुख जिल्ला अधिकार‌ी ने‌पालले‌ बताउनुभयो‌ । यता, यस आर्थिक वर्षमा १८ हजार‌ २२ जनाले‌ वंशजका आधार‌मा र‌ ६९२ जनाले‌ बै‌वाहिक अंगिकृतका आधार‌मा गर‌ी जम्मा १८ हजार‌ ७ सय १४ जनाले‌ नागरि‌कता लिएको‌ झापाका सहयक प्रजिअ विश्वर‌ाज ने‌पालले‌ बताउनुभयो‌ । यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरि‌कता निकाल्ने‌को‌ सङ्ख्या झण्डै‌ नयाँ नागरि‌कता बनाउने‌कै‌ हार‌ाहार‌ीमा र‌हे‌को‌…

Read More

झापा, २० साउन । झापाको दमकबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका इलाम चुलाचुली गाउँपालिका–३ का २६ वर्षीय अगम राई र कमल गाउँपालिका–५ का ३६ वर्षीय जीवन लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अगम राईले लागुऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा बेच्नका लागि स–सानो पोका पारी राखेको ब्राउनसुगर प्लाष्टिकबाहेक ५ ग्राम फेला परेको थियो । प्रहरीले उनको साथमा रहेको कलर्स कम्पनीको मोबाइल १ थान र नगद १५ हजार ८५० सहित नियन्त्रणमा लिएर…

Read More

झापा, २० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

Read More

झापा, २० झापा । झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् । पर्यावरण संरक्षण गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को दमक नगरपालिका क्षेत्रमा एक लाख बिरुवा रोप्ने अभियान जारी छ । केन्द्रका प्रदेश कमिटी सदस्य तथा दमक नगर कमिटीका उपप्रमुख शङ्कर बस्नेतले सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत यस वर्ष ५० हजार र आगामी वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए । उपप्रमुख बस्नेतले यस वर्ष २५ हजार बिरुवा नगरका १० वडामा रोपिसकेको र पार्टी कार्यालयमा १२ हजार बिरुवा भण्डारण गरेर राखिएको जानकारी…

Read More

झापा, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । शनिबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल, झापाको अधिवेशनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरु राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिनुभयो । “राजनीति क्षेत्रमा विद्यार्थीहरूको सक्रिय सहभागिता महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “देशको भविष्य विद्यार्थीहरूको हातमा छ, उनीहरूले मुलुकलाई सकारात्मक दिशा दिन सक्छन् ।” राजनीति राम्रो भए मात्र देश विकास र सबैको भविष्य सुन्दर हुने उहाँले बताउनुभयो । भन्नुभयो, “तपाईंहरु राजनीतिमा आउनुपर्छ, राजनीतिकलाई राम्रो बनाउनुपर्छ ।” योग्य विद्यार्थीहरु राजनीतिमा नआए मुलुकले उन्नती हासिल गर्न नसक्ने उहाँले बताउनुभयो । “हाम्रो आमाबुबाको…

Read More

बनियानी, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले सबै माओवादी घटक एकठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । झापाको बिर्तामोडमा आज पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले प्राप्त उपलब्धिको रक्षाका लागि सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । “विसं २०७० मा संविधानमा माओवादीको एजेण्डा स्थापित हुन नदिन गठबन्धन भएको थियो, त्यो बेला सदन र सडकबाट सङ्घर्ष गरेर संविधान निर्माण गरेका थियौँ । अब पनि माओवादी घटक मिल्नुको विकल्प छैन”, उनले भने । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारलगायत विषयमा जनपक्षीय काम गरेको उनले उल्लेख गरे । । त्यस…

Read More