झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

धनकुटा, ११ साउन । भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो । टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् । मन्त्री कार्कीले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष, २०८२’लाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । भेडेटार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन बिकासमा प्रदेश सरकार लागेको उनको भनाइ थियो । धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले यस आयोजनाले धरान र धनकुटामा पर्यटक बढाउने बताए । यस…

Read More

झापा, ११ साउन । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७ घर भएका सौगात थापा रहेका छन् । उनको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा थापाको बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायको मुहरम पर्वमा दंगा फैलने आशङ्काले विराटनगरको रानी क्षेत्रमा सुरक्षाबल थप गर्न प्रदेश प्रहरी कार्यालयको टोली आउँदै गर्दा भट्टी मोडमा प्रहरी चढेको गाडी नै दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी साढे दुई दर्जनबढी प्रहरी घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको अवस्था…

Read More

चन्द्र बस्नेतकनकाई, ११ साउन । झापाको कनकाईमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका र करुणा फाउन्डेशनबीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएसँगै आज नगरको सभाहलमा पहिलोपटक एक दिवषिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । आज कनकाई नगरपालिकाको सभाहलमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षमा आयोजित कार्यक्रममा करुणा फाउण्डेशनका व्यवस्थापक शन्तोस घिमिरेले सहजीकरण गर्दै अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सिर्जना, आत्मनिर्भर बनाउने, अपाङग शिशु जन्म हुन नदिने, अपाङ्ग मैत्री वातावरण निर्माण लगायतकाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सभाध्यक्ष तथा नगर प्रमुख पोखरेलले नगरपालिकाले बर्सेनि बजेट विनियोजन गरेर अपाङ्गता भएका…

Read More

झापा, ११ साउन । झापाको शिवसताक्षी नगरपालिका–४ माछा मार्ने क्रममा आज पानी जमेको होलीमा डुबेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–४ का ४० वर्षीय चुन्दे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतक मुर्मू र सोही स्थानका ३५ वर्षीय अक्तर मियाँ गौरीगञ्ज गाँउपालिका–१ स्थित टुनु बस्ति नजिकै रहेको पानी जमेको होलिमा माछा मार्ने गएका थिए । माछा मार्ने क्रममा आज दिउँसो मुर्मू पानीमा डुबेर घाइते भई उपचारको लागि नगर अस्पताल शिवगञ्जमा लगिएको र थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा आजै बेलुका…

Read More

झापा, ११ साउन । आर्थिक ऐन २०८१ मा भएका व्यवस्थाका विषयमा आन्तरिक राजश्व कार्यालय भद्रपुर जिल्लाका उद्योगी–व्यवसायीबीच अन्तरक्रिया गरेको छ । कार्यालयकै सभाहलमा आज दिउँसो आयोजना गरिएको अभिमुखीकरण एवम् अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले भरखरै आएको आर्थिक ऐनमा भएका व्यवस्थाहरुका बारे सहभागी उद्योगी–व्यवसायीलाई जानकारी गराउँदै ऐनले करदाताका लागि विभिन्नखाले छुटको व्यवस्था गरेको बताए । कार्यक्रममा प्रमुख कर अधिकृत काफ्लेले सरकारले करको दरभन्दा पनि दायरा फराकिलो बनाउने उद्देश्यका साथ उद्योग–व्यवसाय दर्ता गरेर लामो समयदेखि नविकरण नगरिरहेका करदातालाई विशेष छुटको व्यवस्था गरेर आफ्नो व्यवसायलाई पुनर्जीवन दिने मौका आर्थिक ऐन २०८१ मार्फत प्रदान गर्न चाहेको स्पष्ट पारे । उनले यो मौकाको…

Read More

झापा, ११ साउन । कोशी प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) बाट सहभागी भएका तीन मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झागरले राजीनामा बुझाएका हुन् । माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीको राजीनामा दिएको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिएको बताएका छन् ।

Read More

बिर्तामोड, ११ साउन । बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको तरकारी बिक्री केन्द्रको नगर उप(प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आज (शुक्रबार) रिवन काटेर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उप-प्रमुख संग्रोलाले सामुदायिक तरकारी विक्री केन्द्रलाई निरन्तर व्यवस्थित ढंगले अगाडि लिएर जाने नगरको अवधारणा रहेको बताउनु भयो । उहाँले जिल्लामा कृषि र पशुपंछि तथा मत्स्य विकासको क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने पालिकाको रुपमा बिर्तामोड रहेको बताउनु भयो । उहाँले खाली रहेका जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सबैलाई आग्रहसमेत…

Read More

कचनकवल, ११ साउन । झापाको कचनकवल गाउँपालिका, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करूणा फाउण्डेसन नेपालबीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी र फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरेले हस्ताक्षर गरेका हुन् । सम्झौतामा ‘कार्यक्रमको सञ्चालन कचनकवल गाउँपालिकाको स्वामित्वमा रहनेछ र यसको अवधि २०८१ सालको श्रावण १ गतेदेखि २०८४ सालको असार मसान्तसम्म हुनेछ । प्रारम्भिक दुई वर्षको अवधिमा साझेदार संस्था, मन्त्रालय र पालिकाबीच लागत साझेदारी हुने छ भने तेस्रो वर्षमा मात्र पालिकाले मन्त्रालयसँग लागत साझेदारी गर्नेछ । कार्यक्रमको बजेट र लेखा नेपाल सरकारको प्रचलित कानून अनुसार व्यवस्थापन गरिनेछ’ उल्लेख छ ।…

Read More

झापा, ११ साउन । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिँदै छ भने नेपाली कांग्रेस सहभागी हुन लागेको छ । कांग्रेसभित्रै भएको आन्तरिक विवादका कारण मन्त्रीमण्डलमा सहभागी हुन केही दिन लाग्ने देखिएको छ । प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरुले आजै राजीनामा दिने तयारी गरेका छन् । माओवादी सरकारबाट बाहिरिने भएसँगै सरकारमा जान कांग्रेसलाई बाटो खुलेको छ । सरकारमा माओवादीले भौतिक पूर्वाधार मन्त्रालयमा गणेशप्रसाद उप्रेती, स्वास्थ्य मन्त्रालयमा राजेन्द्रकुमार कार्की र पर्यटन वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर लिएर सहभागी भएको थियो । थप एकजना बन्दना झाँगर पर्यटन वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री छन् । माओवादीले छाडेको मन्त्रीहरु लिएर सरकारमा आउन कांग्रेसलाई…

Read More

बिर्तामोड, ११ साउन । बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित भुसुडी खोलामा ट्रस पुल निर्माण भएको छ । पुल नहुँदा सतालसिङ र डाँडागाउँ टोलका स्थानीयले वर्षौदेखि वारीपारी गर्न समस्या भोग्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको २७ लाख ५८ हजार आठ सय एकाउन्न रुपैयाँको लगानीमा १६ मिटर लम्बाई तथा १।६ मिटर चौडाईको पुल निर्माण भएको हो । वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईले पुल बनेपछि सहिद लक्ष्मी प्राथमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहज भएको बताउनु भयो । उहाँले वर्खामा वारीपारी गर्न बाँसको फड्के लगाउने गरेको भएपनि यस वर्षदेखि त्यो समस्या समाधान भएको…

Read More