
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ साउन । महामानव विश्वेश्वरप्रसाद कोइरालाको आज ४२ औं स्मृति दिवस । प्रजातान्त्रिक समाजवादी दर्शनका प्रतिपादक विपीको स्मरणमा देशभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि महामानव विपी कोइरालाले आफ्नो जीवनकालमा गर्नुभएको योगदान, त्याग, बलीदानीपूर्ण संघर्ष, विपीको ब्यक्तित्व एवं विपीले गर्नुभएको साहित्यिक योगदानबारे चर्चा र उहाँले प्रतिपादन गर्नुभएको समाजवादी चिन्तनका बारे ब्याख्या, विश्लेषण, विचार गोष्ठी, रक्तदान बृक्षरोपण, प्रजातन्त्रवादी योद्धाको सम्मान आदि कार्यक्रम गरी ४२ औं विपी स्मृति दिवस मनाइएको हो । यही दिवसको सन्दर्भ पारेर झापाका १५ पालिकाका १३१ वटै वडा समिति, भातृ तथा शुभेच्छुक संस्थाहरुले विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । विपी स्मृति दिवसको अवसर…
भद्रपुर, ६ साउन । भद्रपुर माविका पूर्व विद्यार्थीहरूले गुरू पूर्णिमाको अवसर पारेर शिक्षण सेवामा जीवन समपर्णण गरेका ७७ जना गुरूहरूलाई सामूहिक सम्मान गरेका छन् । २०५४ सालको एसएलसी समूहका विद्यार्थीहरूको सामुहिक प्रयासमा शिक्षण सम्बद्ध तीन पुस्तासम्मका गुरू—गुरूआमाहरूलाई सम्मान गरेका हुन् । वि सं २००२ सालमा स्थापना भएको भद्रपुर माविमा रहेरे पढनपाठनमा जीवन समर्पण गरेका गुरू—गुरूमाहरूलाई झण्डै ३९ वर्षपछि पुर्नमिलन गराइ गुरू सम्मान गरिएको जनाइएको छ । साथी सुखमा पनि दुःखमा पनि नामक संस्था मार्फत भद्रपुरका १० वटा विद्यालयबाट दिवङ्गत गुरूका प्रतिनिधि सहित ७७ जना गुरूहरूको सहभागिता थियो । छरिएर रहेका सेवा निवृत्त शिक्षकहरूले सो कार्यक्रमको माध्यमबाट सहकर्मी साथीहरूसंग भेट गर्ने…
झापा, ६ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् पर…
झापा, ६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि…
सोलुखुम्बु, ६ साउन । सोलुखुम्बुको लुङ दुधकोशी गाउँपालिकामा हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लुङ दुधकोशी गाउँपालिका–२ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई आफ्नो भिनाजु थुलुङ दुधकोशी गाउँपालिका–१ का ६० वर्षीय सुरेश बस्नेतलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो । पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, ६ साउन । यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर शनिबारसम्म एक सय २८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि साउन ५ गतेसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा…
बिर्तामोड, ६ साउन । झापाको अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति पार्कमा वृक्षरोपण कार्यक्रम गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ९ नं. वडा कमिटीले आयोजना गरेको यस कार्यक्रममा २५० विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत भएको वृक्षरोपणले सुखानी शहिद पार्कको सौन्दर्यकरणमा थप टेवा पुर्याउने विश्वास लिइएको छ। वडा कमिटी अध्यक्ष विपुल राईका अनुसार यस अभियानले पार्कको वातावरण सुधार्न र हरियाली बढाउन महत्वपूर्ण योगदान दिनेछ। उनले भने, ‘हामीले विभिन्न प्रजातिका बिरुवा रोपेका छौँ जसले पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य एवम् सङ्गठन विभाग सचिव…
झापा, ५ साउन । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा मात्र रु एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ । कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार २०८० साउनमा रु २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर रहेको सरकारी ऋण २०८१ असार मसान्तसम्म बढेर रु २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख पुगेको हो । वैदेशिक मुद्राको समायोजनपछिको बाँकी ऋण दायित्व रु २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख…
झापा, ५ साउन । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोलीले खोजी कार्य अघि बढाएको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोलीसिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो । पानी मुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका हुन् । उनीहरू सशस्त्र प्रहरीको एक टोलीका साथ घटना स्थलमा सक्रिय हुने प्राधिकरणले जनाएको छ । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । यहीअसार २८ गते…
भद्रपुर, ५ साउन । वैदिक समाज झापा भद्रपुर १० चन्द्रगढीको १६ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । समाजकी अध्यक्ष मिरादेवी पौडेलको अध्यक्षता तथा सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । संस्थाको वार्षिक गतिविधि सचिव द्रोण अधिकारीले प्रस्तुत गर्दै समाज परिवर्तनका लागि सञ्चालनमा रहेका जागर कार्यक्रम निरन्तर अगाडि बढाउने कार्योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक अभियन्ता राजु वराल, रेवतीराज घिमिरे, अनुप बस्नेत लगायतले मन्तव्य राख्दै संस्थाको मूल उद्देश्यसित गाँसिएको प्राचीन ग्रन्थ वेदको अध्ययन अध्यापन कार्य निरन्तर अगाडि बढाउनु पर्ने धारणा राखेका थिए । झापाको सदरमुकाम चन्द्रगढीलाई केन्द्र बनाएर २०६२ साल साउन १ गते साविकको…