
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ साउन । पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ । चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेङ्गी पुष्टि भएको थियो । यो सङ्ख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । सबभन्दा बढी डेङ्गी तनहुँमा पाँच सय…
भद्रपुर, २६ साउन । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी–बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ । पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए । उनले भने, “ बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ” कार्यालयका अनुसार गत आव २०८०÷८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८…
सन्तोष न्यौपानेझापा, २६ साउन । नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ । विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाँदा किसानहरु निराश भइरहेका बेला पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैंची पुनःरोपण अभियान सुरु गरिएको हो । बिहीबार इलामको रोङ गाउँपालिका र शुक्रबार देउमाई नगरपालिकामा अलैँची विकास केन्द्रले टिस्यु क्लचर प्रविधिबाट उत्पादन गरेको स्वस्थ नयाँ विरुवा रोपण गरेर अभियान सुरु गरिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । उनले इलाम अलैंचीको उद्गम जिल्ला भएको र विभिन्न रोगका कारण यसै जिल्लाबाट…
बिर्तामोड, २६ साउन । झापाको हल्दिबारी गाउँपालिका–४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासंगै डेंगु पोजिटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा हिजो मृत्यु भएको थियो । हल्दिबारी(३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा उनी कार्यरत रहेकी थिइन् । झापामा यस वर्ष पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको हो । गत वर्ष बीएण्डसी अस्पतालमै पाँचजनाको डेंगु संक्रमणबाट मृत्यु भएको थियो । करिव आधा दर्जन डेंगुका विरामीहरु बीएण्डसीमा उपचाररत…
झापा, २६ साउन । जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन् । गत आव २०८०–८१ को तथ्याङ्कअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन् । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार विशेषगरी चालक परिचालकलाई कक्षा सञ्चालन र सडक प्रयोगकर्ता सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रुपमा गर्दै आएको छ । “ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, लागुपदार्थ मादक पदार्थ सेवनगरी सवारी चलाउनेविरुद्ध अभियान, ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत दुई लाख ३५ हजार नौ सय ७७ जना…
सन्तोष शर्माझापा, २६ साउन । झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’ अन्तरगत एक हजार सात सय ४२ घर निर्माण भएका छन् । स्थानीय तह, ह्याविट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा यहाँका आठ वटा स्थानीय तहमा एक हजार सात सय ४२ घर निर्माण भएको सहारा नेपालका सुरक्षित आवास कार्यक्रम संयोजक भीमप्रसाद भेटवालले जानकारी दिनुभयो । वि.सं. २०७४ सालमा आएको बाढीबाट विस्थापितका लागि निर्माण गरिएका सात सय २५ वटा अस्थायी आवाससहित झापा र मोरङमा गरी दुई हजार नौ सय ९८ वटा घर निर्माण भएका छन् । https://www.youtube.com/watch?v=LnumPaRL8zc लाभग्राही छनोटत्रिपक्षीय साझेदारीमा निर्माण हुने सुरक्षित आवासका लागि निम्न आय…
झापा, २६ साउन । ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । दुई वटा इन्जिन भएको एटीआर ७२–५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडिरहेको थियो । विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ । सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा विमान सिधै ठाडो रुपमा तल खसेको देखिन्छ । साथै खस्दै जाँदा घुमिरहेको पनि देखिन्छ । दुर्घटनामा ज्यान गुमाउनेका परिवार र आफन्तलाई ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुलाले दुःख व्यक्त गर्नुभएको…
झापा, २६ साउन । रौतहटको ईशनाथ नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । ईशनाथ नगरपालिका–४ मठिया टोलका महमद साहबानको ६ वर्षीय छोरा महमद सुलतानको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो । आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झापा, २६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी,…
झापा, २६ साउन । गत जेठ २८ गतेदेखि हालसम्म अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको हो । साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा…