
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १६ साउन । नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कोटेश्वरका ३९ वर्षीय रन्जन खड्का छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बैंग्लोरबाट उनलाई पक्राउ गरी ल्याएको हो । हत्या पछिको १७ वर्षसम्म उनी फरार थिए । उनी भारतमा रंग लगाउने काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्काले प्रा। विष्टलाई सुरुमा गालामा थप्पड हानेको र अन्य व्यक्तिले रडले प्रहार गरेर हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । यसअघि हत्यामा संलग्न भएको आरोपमा ६ चैत २०८०…
भद्रपुर, १६ साउन । झापा भद्रपुर नगरपालिकास्थित प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधबार बिहान ८ः५० बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका–१० केन्द्रमोड निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा भेटिएका थिए । सिसी टिभी फुटेज हेर्दा शर्मा हिजो राति करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ । त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ । आज बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव…
सीएम शर्मा/ चन्द्र बस्नेत कनकाई, १६ साउन । १० औ विश्व मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखनविरुद्ध अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । करितास नेपाल, कनकाई नगरपालिका र इलाका प्रहरी कार्यलय सुरङ्गाको आयोजना तथा लायन्स क्लब अफ कनकाई सुरुङ्गा, सुरङ्गा जेसीज, रोटरी क्लब अफ सुरुङ्गा, प्रजापति सामुदायिक वन, कनकाई अटोचालक समूह र बिरिङ्ग माई अटो चालक समुहको सहकार्यमा मंगलबार दुर्गापुरमा कार्यक्रम गरिएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रहरी जवान योगेन्द्र राज निरौलाले मानव बेचबिखन कसरी हुन्छ ? मानव बेचबिखन के हो ? मानव बेचबिखनको विद्यमान अवस्था, उजुरी सम्बन्धी कानूनी व्यवस्था, मानव बेचबिखनबाट…
झापा, १६ साउन । झापाको मेचीनगर नगरपालिकामा एक जना थुनुवाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पक्राउ परेका मेचीनगर नगरपालिका–७ का पालिया टोलका २८ वर्षीय झकबहादुर खड्काको उपचारको क्रममा गएराति (आज बिहानको राति १ः५५ बजे) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । गत साउन १३ गते मेचीनगर–६ स्थित पुरानो मेचीपुलबाट खड्का लागुऔषध खैरो हेरोइन पाँच ग्रामसहित पक्राउ परेका थिए । लागुऔषध मुद्दामा झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेकोमा गएराति १ः४० बजे स्वास्थ्य असहज भई तत्काल आम्दा अस्पताल धुलाबारी लगिएकोमा उपचारका क्रममा चिकित्सकले खड्कालाई मृत घोषित गरेको…
झापा, १६ साउन । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरी करिब २ लाखको अवैध सामान बरामद गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लादै गरेको र भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब १ लाख ८९ हजार ४५० बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको हो । सो टोलीले मेचीनगर–६ जेसिकाठ्याक हुँदै नेपालबाट भारततर्फ लादैं गरेको लाइटर १० काटुन, सोही स्थाको हनुमान मन्दिर स्थित हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका किराना सामान, भन्सार गेट हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३५ केजी चिनी, ६ केजी सुपारी, १० केजी मटर र भन्सार गेट अगाडी हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको…
झापा, १६ साउन । झापाको झापा गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाँउपालिका–१ सालमारा स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले को ३२ प ८९७४ नम्वरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्ने क्रममा दमक नगरपालिका–१२ का २६ वर्षीय मनिस थापाले प्रहरीलाई देख्ना साथ कालो प्लाष्टिकको पोका भुईमा फालेर भाग्न खोज्दा उनीसँगै रहेका सोही स्थानका २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाललाई नियन्त्रणमा लिई उक्त कालो प्लाष्टिकको पोका खोलि हेर्दा ब्राउनसुगर प्लाष्टिकसहित तौल गर्दा ३ ग्राम ४४० मिलिग्राम र प्लाष्टिक बाहेक २ ग्राम ६०० मिलिग्राम फेला परेकोले मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी…
भोजपुर, १६ साउन । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।
झापा, १६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना…
झापा, १५ साउन । विराटनगर । कोशी प्रदेश सरकारमा सहभागिताको लागि खुट्टा उचालेर बसेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा निर्णय गर्न सोमबार बिहान महाराजगञ्जमा कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक बसेको थियो । उक्त बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको स्रोतको भनाइ छ । कोशी प्रदेश सरकारबाट गत साउन ११ गते माओवादी बाहिरिइसकेको छ । माओवादीले त्यसअवधिसम्म सम्हालेका भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय अहिले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै जिम्मामा छ । एमाले–कांग्रेसबिच चार–चार वटा मन्त्रालय भागबण्डा गर्ने सहमति भइसकेको छ । तर, कांग्रेसले…
भद्रपुर, १५ साउन । झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका–७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।