
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ साउन । नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०र८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ। केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए। उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ। ‘विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना रु छ करोड ७० लाख २८ हजार चार सय १२ थियो । एक हजार एक सय ३६ ग्राहकबाट रु तीन करोड ९० लाख ९७ हजार पाँच सय ६७ असुली भएको छ’, प्रमुख…
सन्तोष शर्माझापा, १२ साउन । झापामा यो वर्षको बर्खे धान रोपाइँ हालसम्म ९२ प्रतिशत सम्पन्न भइसकेको छ । कूल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ९२ प्रतिशत अर्थात् ६९ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष बर्खे धान खेतीको क्षेत्रफल घटेको छ । गत वर्ष ८५ हजार ७५० हेक्टरमा बर्खे धान खेति गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ । चैते धानको क्षेफल बढ्योआर्थिक वर्ष २०७९/०८० मा १९ हजार आठ सय हेक्टरमा चैतेधान खेती गरिएकोमा आव २०८०/८१ मा २० हजार हेक्टरमा…
बिर्तामोड, १२ साउन । पूर्वेली ढुवानी सेवा प्रालिले ढुवानी व्यवसायलाई थप व्यवस्थित गरेको छ । पुर्वेलीले थप पाँच वटा मालवाहक ट्रक थप गरेर सेवा प्रवाहलाई अझै व्यवस्थित गरेको हो । कम्पनीका सञ्चालक निर्मल खत्रीले समयअनुसार प्रविधिले फड्को मार्दै गईरहेकोले आवश्यकतालाई ध्यानमा राखेर ५ वटा टाटा ब्राण्डको १० चक्के ट्रक खरिद गरेको जानकारी दिनुभयो । उहाँले बजार प्रतिस्पर्धात्मक रहेकोले सेवालाई सुध्रिढ, व्यवस्थित गर्दै बलियो बनाएर लैजानु पर्ने आवश्यकता रहेको बताउनुभयो । बिगत ५ वर्षदेखि झापाको बिर्तामोडमा कार्यालय राखेर सेवा सञ्चालन गर्दै आएको पूर्वेली ढुवानीले ईटहरीमा समेत सेवा कार्यालय स्थापना गरेको छ । यस अघि नै ३६ वटा मालवाहक ट्रक र २…
झापा, १२ साउन । फ्रान्सको राजधानी पेरिसमा ओलम्पिक(२०२४ को भव्य तरिकाले उद्घाटन गरिएको छ। गएराति हजारौँ खेलाडी, प्रशिक्षक र पर्यवेक्षकको उपस्थितिमा सेन नदीको किनारमा भव्य समारोह आयोजना गरी ओलम्पिकको उद्घाटन गरिएको हो। विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिकमा सहभागी हुन नेपालसहित विभिन्न देशबाट हजारौँ खेलाडी पेरिस पुगेका छन्। फ्रान्सेली जुडोका टेडी राइनर र स्प्रिन्टर मारी–जोस पेरेकले तातो हावाको बेलुन उडाए। झन्डै ६ हजार ८ सय खेलाडी ८५ वटा डुंगामा सवार भई उद्घाटन समारोहमा सहभागी भए। लगभग ४ घण्टा चलेको उद्घाटन समारोहमा अमेरिकी गायिका लेडी गागा र क्यानेडेली आइकन सेलिन डियोनले प्रस्तुति दिए। फ्रान्सेली इतिहासमा पहिलोपटक २ हजार कलाकारले प्रस्तुति दिएका…
झापा, १२ साउन । क्यानडाको ऐतिहासिक सहर ज्यास्परमा लागेको आगलागीका कारण आधा सहर जलेर नष्ट भएको छ। यहाँका हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ। अधिकारीहरूका अनुसार तीव्र गतिमा फैलिएको डढेलोका कारण क्यानडाको ऐतिहासिक सहर जास्परको झण्डै आधा भाग ध्वस्त भएको हो। पश्चिमी क्यानडाको जास्पर नेसनल पार्क सहरका सडक आगलागीका कारण ध्वस्त भएका छन्। यहाँबाट आएका भिडिओमा घर र गाडी जलेको देखिन्छ। ज्यास्परका अधिकारीहरूले अग्नि विभागका कर्मचारीहरूले सकेसम्म धेरै भवन बचाउने प्रयास गरिरहेको बताएका छन्। करिब २० हजार पर्यटक र पाँच हजार स्थानीय बासिन्दा अल्बर्टा प्रान्तको पहाडी क्षेत्रमा बसाइँ सरेको बीबीसीले जनाएको छ। जनधनको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन। एजेन्सी
झापा, १२ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव आफन्तले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट पाँच शव आफन्तले बुझेका हुन् । अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, श्याम विन्दुकर र राजाराम आचार्यको शव आफन्तले बुझेका छन् । अन्य केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न मानेका छैनन् । त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम शुक्रबार अपराह्न सम्पन्न गरेको हो । पोस्टमार्टम सकिएसँगै सबै आफन्तले शव लैजान सक्ने अस्पतालको भनाइ छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
झापा, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का…
झापा, ११ साउन । सुनजस्तो पहेंलो धातु (नक्कली सुन) देखाएर ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिरीजङ्घा गाँउपालिका–४ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–११ पुतलीझोडामा बस्दै आएका ४२ वर्षीय पदमबहादुर विश्वकर्मा (माइला कामी) र ताप्लेजुङ मैवाखा गाँउपालिका–६ सामतोङका ४१ वर्षीय राम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । बिहीबार दिउँसो शिवसताक्षी नगरपालिका–९ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा उनीहरुले सुनसरी बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारस्थित पाथीभरा ज्वेलर्स सञ्चालन गर्ने मानबहादुर बिकलाई बिलबिजक नभएको सुनजस्तो धातु सात सय ग्राम बेच्न लागेको गोप्य सूचनाको आधारमा प्रहरीले…
झापा, ११ साउन । मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीपहिरोमा परी कोशी र बागमती प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एकरएक गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् । बाढीका कारण एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर,…
विराटनगर, ११ साउन । कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ । लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक दा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा संकायका डीन प्रा. डा. अनिल पोखरेलबीच शुक्रवार विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो । कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिँदै आएकोमा दश गुणा बढाएर तीन हजार डलर पु¥याएको हो । कोरियन विश्वविद्यालयले छात्रवृत्ति रकम दश गुणा बढाएकोमा डीन पोखरेलले कोरियाली विश्वविद्यालय र प्रा. जङलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्राध्यापक जङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी…