झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ साउन । झापाका दुई वटा वनले राष्ट्रिय पुरस्कार पाएका छन् । सामुदायिक वनतर्फ दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुर–१ तृतीय र निजीतर्फ अमररुद्र वन वाटिका अर्जुनधारा–४ द्वितीय भएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अन्जना पुरीले जानकारी दिनुभयो । वन तथा भू–संरक्षण विभागले सामुदायिक वन दिवस २०८१ को अवसरमा ती दुई वनलाई जनही ५०÷५० हजार रुपैयाँसहित राष्ट्रिय पुस्कार प्रदान गरेको उहाँले बताउनुभयो । त्यस्तै, जिल्लास्तरीय पुरस्कारबाट झापाका सामुदायिक वन समूहतर्फ हरियाली सामुदायिक वन उपभोक्ता समूह बिर्तामोड–६ प्रथम, प्रजापति सामुदायिक वन उपभोक्ता समूह, कनकाई–१ द्वितीय र पूर्वदेउराली सामुदायिक वन उपभोक्ता समूह कचनकवल–१ तृतीय भई पुरस्कृत भएको जनाइएको छ ।…

Read More

झापा, २८ साउन । डिभिजन वन कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रू एक करोड ३६ लाख ४१ हजार नौ सय ७६ राजश्व संकलन गरेको छ । कार्यालयले निजी तथा सामुदायिक वनले काठ बिक्री गरेवापत कूल रू एक करोड २४ लाख ३८ हजार छ सय ४४ र प्रदेश सेवा शुल्क वापत रू ११ लाख ७६ हजार तीन सय ३२ राजश्व संकलन गरेको हो । झापामा गत वर्ष आवमा निजी तथा सामुदायिक वनले विभिन्न जातका चार लाख ५३ हजार सात सय ५२ क्युविक फिट काठ बिक्री गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । जिल्लामा निजी वनतर्फ…

Read More

झापा, २७ साउन । प्रहरीले एक भरुवा बन्दुक र चोरीको समानसहित ३ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडा बस्ने इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी गरेका तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ बस्ने १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ २१ वर्षीय निखिल तामाङ रहेका छन् । छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक समेत फेला परेकोले बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

इलाम, २७ साउन । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार रु १० हजार राशिको पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङ्हाङलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गर्नुभयो । विसं २०६९ मा स्थानीय इलामको रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील हुनुभएकी सुनुवार काठमाडौँको उज्यालो रेडियो नेटवर्कमा आबद्ध हुनुहुन्छ । फोनिज इलामले स्थापना गरेको पुरस्कार हरेक वर्ष फोनिजको स्थापना दिवसका अवसरमा वितरण गर्दै…

Read More

झापा, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ । यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण…

Read More

झापा, २७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

Read More

झापा, २७ साउन । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे । तिमिल्सीनाको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ। तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली…

Read More

कचनकवल, २७ साउन । झापाको कचनकवल गाउँपालिका–७ स्थित दिपज्योति सामुदायिक वनमा रोकिएको प्रतिनिधि छनोटको प्रक्रिया पुनः सुरु भएको छ । निर्वाचन समितिद्वारा शनिबारदेखि सुरु भएको यस प्रक्रियामा टोल नं १ मा उम्मेदवारी दर्ता बिहान ८ बजेदेखि ११ बजे सम्मको समय तोकिएको थियो । निर्वाचन समितिका अनुसार तोकिएको समय भित्र पाँच जना उम्मेदवारले उम्मेदवारी दिएका थिए । उम्मेदवारले प्रस्तावक र समर्थकहरू लिएर निर्वाचन कार्यालय पुगेका थिए । पुरुषतर्फ पूर्णहाङ राईको प्रस्तावकमा ओमबहादुर तामाङ र समर्थकमा डिकबहादुर तामाङ रहेका थिए । लक्ष्मण राईको प्रस्तावकमा पदम पौड्याल र समर्थकमा केदार नाथ घिमिरे थिए । त्यस्तै, हरि थाम्सुहाङको प्रस्तावकमा यामप्रसाद सेलिङ र समर्थकमा बिरेन…

Read More

झापा, २७ साउन । विद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । मेची आँखा अस्पतालमा उनीहरुलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो । खासगरी विद्यार्थीमा आँखा सम्बन्धी देखिने समस्यालाई निराकरण गर्न विद्यालयमा कार्यरत नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको हो । झापाका विभिन्न विद्यालयमा कार्यरत ३० जना स्टाफ नर्सलाई यो कार्यक्रममा सहभागी गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीको प्रमुख आतिथ्य तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई बिद्यार्थीको आँखा स्वास्थ्य राख्नका लागि नियमित आँखा परीक्षण, रोकथाम, आवश्यक रिफर गर्ने उद्देश्यका विषयमा जानकारी गराइएको थियो । नेपाल सरकारले झापाका ३२ वटा…

Read More

झापा, २७ साउन । झापाको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालले नेपालमै पहिलो पटक डिएनए परीक्षण सेवाको शुरू गरेको छ । तीन महिना अघि झापाकै बिर्तामोडबाट मेरो डिएनए कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट भने भद्रपुरमा नेपालमै पहिलो पटक डिएनए परीक्षण सेवा शुरु गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलका अनुसार ६ वर्ष अगाडि अमेरिकाबाट सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा मानव जीवनमा एक पटक मात्र परीक्षण गर्दा सबै पक्षको जानकारी दिने डिएनए परीक्षण सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको हो । दुई वर्षमाथिका मानिसको परीक्षण हुने डिएनए परीक्षणले मानिसका शरीरमा भइरहेका तथा हुन…

Read More