
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ असार । मानिसको शरीरमा कुनै समस्या आयो वा रोग लाग्यो भने शल्यक्रिया गरिन्छ । यो खुबी मानिसमा मात्रै छ । मेडिकल अध्ययनका कारण मान्छेले यो खुबी पाएको हो । यो जटिल प्रक्रियाका लागि अत्यधिक प्रतिभाको खाँचो पर्दछ । तर अमेरिकामा भने वैज्ञानिकहरूले यस्तो कमिला खोजेका छन्, जसले शल्यक्रिया पनि गर्छ । आफ्नो साथीहरूलाई बचाउन शल्यक्रिया गर्ने यो कमिला फ्लोरिडामा खोजिएको हो । यिनीहरूलाई कार्पेन्टर आन्ट्स भनिन्छ । एउटै गुँडमा बस्ने साथी कमिलाको खुट्टामा लागेको चोटलाई यिनीहरूले चिन्छन् र घाउ ठिक गर्न खुट्टा वा यसको हिस्सा काटेर फ्याँकिदिन्छन् । सन् २०२३ मा फ्र्यांकको टिमले अफ्रिकी कमिलाको एउटा प्रजाति खोजेका…
झापा, २५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी,…
झापा, २५ असार । मलेसियामा बिरामी अबस्थामा अलपत्र परेका भद्रपुर ४ का चन्द्रबहादुर लिम्बूलाई भद्रपुर नगरपालिकाले पहल गरी घर फर्काएको छ । भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको नगरपालिकाले जनाएको छ । लिम्बू वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत थिए । विगत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार झापा अनलाइन लगायतका सञ्चारमाध्यममा प्रकाशित भएको थियो । वैदेशिक रोजगारीको शिलशिलामा २३ वर्षअघि मलेसिया पुग्नु भएका लिम्बू बिरामी अवस्थामा रहेको र उहाँले उद्धारका लागि पहल गरिदिन आग्रह गरेको समाचार झापा अनलाइनमा…
बिर्तामोड, २५ असार । वीरता लेडी जेसीजले सोमबार व्यवसायिक योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । समाजसेवी एवम् राजनीतिक व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यमा लेडी जेसीजले व्यवसायिक योजना निर्माण सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । आफ्ना सदस्य र शुभेच्छुकलाई व्यावसायिक योजना निर्माणमा सघाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता बिमलीको विशेष आतिथ्यमा आयोजित कार्यक्रम तारा बस्नेतको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रममा सञ्चारकर्मी भीमा शिवाकोटीले व्यवसायिक योजना निर्माणमा सहजीकरण गर्दै सीप तथा क्षमताको विकासमा जोड दिएकी थिइन् । पूर्व अध्यक्ष संगीता गिरीले औचित्यमाथि…
झापा, २४ असार । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ । चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा…
झापा, २४ असार । ‘फ्री भिसा, फ्री टिकट’ मार्फत नेपाली श्रमिक विदेश पठाएको विवरण १४ वटा मेनपावर कम्पनीहरूले सरकारलाई बुझाएका छन् । चालू आर्थिक वर्ष २०८०–०८१ को हालसम्म १४ वटा मेनपावर कम्पनीहरूले ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागतमा नेपाली श्रमिकहरूलाई विदेश पठाएको विवरण वैदेशिक रोजगार विभागमा बुझाएका हुन् । विभागले व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेकोमा हालसम्म १४ मेनपावर कम्पनीले मात्रै विवरण पेस गरेको विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले बताए । मेनपावर व्यवसायीहरूले मलेसिया तथा खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएका छन् । विभागले त्यस्ता १४ वटा मेनपावर कम्पनीको विवरण सार्वजनिक…
मोरङ, २४ असार । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा गत वर्ष एक लाख २३ हजार दुई सय मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख २८ हजार सात सय ६० मेट्रिक टन उत्पादन भएको हो । चैते धानको मूल्यमा गत वर्षदेखि वृद्धि भएपछि यसप्रति किसानको आकर्षण बढेको केन्द्रका प्रमुख रामदेव सिंहले बताए । विगत दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६ सय मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको…
कनकाई, २४ असार । रोटरी क्लब अफ सुरुङ्गाको छैटौं साथै रोट्र्याक्ट क्लब अफ सुरुङ्गाको चौथो पदस्थापन कार्यक्रम भएको छ । वर्ष२०२३÷२४ का अध्यक्ष शिवकुमार कडेलको गलाको चेन(कलर) वर्ष २०२४÷२५ का अध्यक्ष लुवराज उप्रेतीको गलामा लगाइदिएर पदस्थापन गरिएको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४÷२५ का एसिस्टेन्ट गभर्नर एवं रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणि पोखरेल, क्लवका संस्थापक अध्यक्ष एल.पी.उप्रेती, पुर्व अध्यक्षहरु टिकाप्रसाद कट्टेल, शुसिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाईँ सहितको उपस्थितीमा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व डिस्ट्रीक गभर्नर रोटरीयन सन्तोष रिजालले अध्यक्ष उप्रेतीको गलामा कलर लगाइदिएका हुन् । त्यस्तै विशिष्ट अतिथीका रुपमा रहेका एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतबाट रोटरीको…
बिर्तामोड, २४ असार । झापाको बाह्रदशी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार झापा बाह्रदशी गाउँपालिका–२ राजगढमा नाम थर वतन नखुलेको तराई मुलुकको जस्तो देखिने वर्ष करिब ५०–५२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले मानिस पैनीमा डुबेर मृत्यु भएको भनेर प्रहरीलाई जानकारी गराएका थिए ।
बिर्तामोड, २४ असार । झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ । पञ्चकन्या सोसाइटी तथा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा आज रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त सञ्चार शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ । ‘पञ्चकन्या सोसाइटीको चाहाना, सभ्य समाजको परिकल्पना’ भन्ने मुल नाराका साथ सोसाइटीले रक्तदानसहित विविध सामाजिक काम गर्दै आएको सचिव वीपी लामिछानेले बताए । रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए । बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला र पञ्चकन्या सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा…