
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ असार । सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रुपैयाँ बढेको हो । जसअनुसार आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कायम भएको चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
झापा, २३ असार । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् । सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो । पानीका बहाव बढेपछि…
झापा, २३ असार । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने ११ जनामध्ये गण्डकी प्रदेशको स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ज्यान गुमाउनेमा स्याङ्जामा तीन, पर्वत र काभ्रेमा दुई–दुर्ई, पाल्पा, तनहुँ, उदयपुर र काठमाण्डौमा एकरएक जना रहेका छन् । त्यस्तै तनहुँमा…
झापा, २३ असार । पानीको सतह बढेपछि सप्तकोशी नदीको ४१ वटा ढोका खोलिएको छ । आज बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएको हो । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
कचनकवल, २३ असार । झापा कचनकवल गाउँपलिकामा करेन्ट लागेर एक वटा गोरुको मृत्यु भएको छ । कचनकवल गाउँपलिका–६ मुस्लिम बस्तिमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा आज बिहान सोही स्थानका लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा एक वटा गोरुलाई करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २३ असार । झापा प्रहरीले हतियार प्रहार गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो सप्तरी राजबिराज नगरपालिका–११ घर भई झापाको कमल गाँउपालिका–६ मा कोठा भाडामा लिएर बस्दै आएका ४१ वर्षीय रुपेश सदालाई प्रहरीले पक्राउ गरेको हो । सोही एरियामा सिटी सफारी चलाउँदै आएका सदाले झापा गाउँपालिका–६ सुकुम्बासी टोलकी ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारीलो हतियारले टाँउको र दुबै हातमा प्रहार गरेका थिए । घाइते बनाएर फरार भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट एक थान खुकुरी, एक थान छुरी थान र एक थान रड बरामद गरेको छ । सदाको खोजतलास गर्ने क्रममा…
बिर्तामोड, २२ असार । नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्लाको अध्यक्षमा नारायण प्रसाद चिमरिया निर्वाचित भएका छन् । आज सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट चार बर्षे कार्यकालकालागि अध्यक्षमा चिमरिया अध्यक्षमा चुनिएका हुन् । त्यस्तै उपाध्यक्षमाद्धय मोहनप्रसाद सुवेदी, रमेश अधिकारी, सचिवमा यामनाथ बिमली, कोषाध्यक्षमा मिनाल तिम्सिना, सह–सचिवमा कृष्ण तिवारी निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा भुवन कार्की, निर्मला खरेल ओडारी र शुशिला कटुवाल चयन भएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रिय उपाध्यक्ष केदार लामिछानेको प्रमुख आतिथ्य तथा संघको झापा अध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा उद्धघाटन समारोह सम्पन्न भएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रिय सचिव भिष्मराज खरेल, नेपाल उद्योग वाणिज्य…
झापा, २२ असार । झापाका हर्कबहादुर राई प्रथम मिस्टर कोशी च्याम्पियन बनेका छन् । उनले उत्कृष्ट चार वटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बनेका हुन् । आज बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले ओभरअल च्याम्पियन बन्दै उपाधिसहित १ लाख ५० हजार र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको फस्ट रनरअप झापाका अभिजित राजवंशी भए । उनले नगद १ लाखसहित ट्रफी पाउँदा सेकेण्ड रनरअप मोरङका टंकबहादुर मगर बने । उनले नगद ५० हजार र ट्रफी पाए । चौथो स्थानमा ६५ केजी तौल समूहका उदयपुरका अमनकुमार शाह बने उनले नगद ३० हजार पाउँदा पाँचौँ स्थानमा ५५…
झापा, २२ असार । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ । नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । उहाँले अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुने बताउनुभयो । प्रमुख सचेतक लेखकले अब गठन हुने सरकारले राष्ट्रिय स्वार्थको रक्षा, भ्रष्टाचार नियन्त्रण, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन र संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको छ । उहाँले वर्तमान शासन व्यवस्थालाई अझ सुदृढ र…
सुनसरी, २२ असार । सप्तकोसी नदीको पानीको सतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरिएको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।”