
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ साउन । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। मिर्गौला रोगका बिरामी नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा गएराति निधन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयरको सचिवालयले जनाएको छ। बिहीबार राति १०ः४० बजे वीर अस्पतालमा नकर्मीको निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यको सचिवालयका केशव महर्जनले जानकारी दिए। नकर्मी नेपाली कांग्रेसबाट गएको स्थानीय निर्वाचनमा कीर्तिपुरको मेयरमा विजयी भएका थिए। उनी कांग्रेस काठमाडौँका उपसभापतिसमेत थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। वामपन्थीको प्रभाव रहेको कीर्तिपुर नगरपालिकामा पहिलोपटक कांग्रेसको तर्फबाट नकर्मी मेयरमा निर्वाचित भएका थिए। उनी कीर्तिपुरमा लोकप्रिय थिए ।
झापा, ११ साउन । पेरिस ओलम्पिक–२०२४ को आज भव्य उद्घाटन हुँदैछ। ‘गेम्स् वाइड ओपन’ नाराका साथ फ्रान्सको राजधानी पेरिसमा हुने उद्घाटन समारोह करिब ४ घण्टा चल्ने जनाइएको छ । यसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्ने खेलको आधिकारिक उद्घाटन र ओलम्पिक कल्ड्रनको लाइट पनि समावेश हुनेछ। उद्घाटन नेपाली समयअनुसार राति ११ बजेपछि सुरु हुनेछ। पेरिस ओलम्पिकमा नेपालको झण्डा टेवन टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनीता प्रधानले बोक्नेछन्। स्यान्टु घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोट चरणमा स्वर्ण पदक जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका हुन्। मनिता भने एसियाली कोटाबाट छनोट भएकी हुन्। उद्घाटन समारोहमा सेलिन डियोन र लेडी गागाले प्रस्तुति दिनेछन्। समारोहका…
मेचीनगर, ११ साउन । झापाको मेचीनगर नगरपालिकाबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको किसाना सामान प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट भारतदेखि नेपालतर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको चिनी, चकलेट, बिस्कुट लगायतका अन्य किराना सामान नियन्त्रणमा लिएको हो । उक्त सामानको मूल्य करिब ४० हजार २३२ रहेको र आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
झापा, ११ साउन । नेपाली भान्सामा भारतीय तरकारीको निर्भरता कस्तो अवस्थामा रहेछ भनेर थाहा पाउन एक वर्षमा पूर्वीनाका काँकडभिट्टाबाट आयात भएको ताजा तरकारीको तथ्यांक हेरे पुग्छ । आर्थिक वर्ष २०८०–८१ मा पूर्वीनाका भएर रु चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ । जसमध्ये रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा रु ५७ करोड ५३ लाख ८०…
झापा, ११ साउन । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। झापाको बिर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ लगायतका लोक गीत निकै चर्चित छन्।
झापा, ११ साउन । झापाको मेचीनगरबाट प्रहरीले अवैध रुपमा भारततर्फ लाँदै गरेको चार सय केजी सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ हुँदै नेपालबाट भारततर्फ भन्सार छलेर अवैध रुपमा लुकाई छिपाई लाँदै गरेको चार सय केजी सुपारी बरामद गरेको हो । उक्त सुपारीको मूल्य २ लाख ८० हजार रहेको छ । नियन्त्रणमा लिइएको सुपारी आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी, १० साउन । झापाको शिवसताक्षी नगरपालिकाको कमल खोलामा बाँसको पाइलिङ्ग निर्माण गरिएको छ । कमल खोलाले धार परिर्वतन गरी वडा नं. ३ पाराबारीको पश्चिमको कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालिनका लागि बोरा र बाँसको पाइलिङ्ग लगाएर तटबन्धन गरेको हो । नगरपालिकाले १ सय मिटर पाइलिङ्ग गरी खोलाको धार पुरानै तर्फ फर्काएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गएको आषाढको पहिलो सातामा परेको अविरल बर्षातका कारण खोलाले धार परिर्वतन गर्दा करिब ५० विगाह धान खेत बगरमा परिणत गरेपछि नगरपालिकले पानीको बहाव कम भएपछि बाँसको पाइलिङ्ग लगाएर कटान रोकथामका लागि जुटेको थियो । नगरले बर्षातको समयमा आएको भेललाई रोक्न सँधै भन्दा फरक तरिकाले…
झापा, १० साउन । ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ भने पहिरोसमेत गएको छ। आँधीले घर र पसलहरूमा क्षति पुगेको छ। आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ। यसबाट फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ। साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी घाइते भएका छन्। ताइवानमा कार्यालय र विद्यालय बिहीबार लगातार दोस्रो दिन बन्द भएका छन् र नागरिकहरूलाई घरमै बस्न र सामुद्रिक तटबाट टाढा रहन आग्रह गरिएको छ। ताइवान नियमित रूपमा आँधीको चपेटामा पर्ने गर्छ। आँधीले उसको आफ्नो चेतावनी प्रणालीलाई बढाएको छ। यद्यपि ताइवानको स्थलाकृति, उच्च जनसङ्ख्या घनत्व…
झापा, १० साउन । सरकारले प्रधानमन्त्री कार्यालयका सचिव लीलादेवी गडतौलालाई मुख्यसचिव नियुक्त गरेको छ। बिहीबार केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि असार ३१ गते उनलाई कायममुकायम मुख्यसचिव मुकरर गरिएको थियो। गड्तौला नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव भएकी छन्। मुख्यसचिव निजामती प्रशासनको सर्वोच्च पद हो। गत असार ९ गते मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी थिइन्। कार्यसम्पादन नियमावलीअनुसार मुख्यसचिवको अनुपस्थितिमा प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिवले निमित्त मुख्यसचिवको रूपमा काम गर्ने व्यवस्था छ।
झापा, १० साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण…