
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ साउन । प्रेस सेन्टर नेपाल झापाले आज पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा पुरस्कृत गरेको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिण्य) को स्मृतिमा प्रेस सेन्टर झापाले स्थापना गरेको डि.कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उनीहरुलाई पुरस्कृत गरिएको हो कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम)ले उनीहरुलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । पुरस्कारको राशी जनही रु २१ हजार रहेको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि आङ्बोले मुलुक व्यवस्था परिवर्तमा सञ्चार क्षेत्र भूमिका अतुलनीय भएको बताउनुभयो । “सञ्चार क्षेत्रको श्रीबृद्धिका लागि तीनै तहको सरकारले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रलाई बलियो…
झापा, ७ साउन । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि जामुनबारी सामुदायिक वनबाट सुरू गरेको वृक्षारोपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेको छ । वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वेलबारी नगर कार्यसमिति, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति समेतको सहकार्यमा उक्त सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । कार्कीले असार २९ गतेदेखि ‘जसको जंगल, उसको मंगलका लागि जनावरमैत्री जंगल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए । अभियान अन्तरगत कोशी प्रदेशका जंगल क्षेत्र भित्र जंगल भित्रका जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्ने अभियान पूर्वमुख्यमन्त्री कार्कीले चलाउँदै छन्…
झापा, ७ साउन । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदारले गर्नुभएको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो । हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी कूल दुई हजारसम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । भेटमा द्विपक्षीय श्रम सम्बन्धमा…
विराटनगर, ७ साउन । सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर २ जना बाल बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का बिष्णु परियारको ७ वर्षीया छोरी विवशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो भने मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार रिषिदेवको ९ बर्षीय छोरा अमन रिषिदेब मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, ७ साउन । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान–१७ स्थितबाट स्थानिय ३२ वर्षीय जीवन राई र २५ वर्षीय मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर नगरपालिका–६ स्थितमा भारतबाट नेपाल आउँदै गरेका १९ वर्षीय निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर–१६ स्थितबाट स्थानीय २० वर्षीय जिवछ खत्वे र…
द्रोण अधिकारीभद्रपुर, ७ साउन । कोशी प्रदेश सरकार मार्फत आर्थिक वर्ष २०८०/०८१ मा झापामा आएको विकास रकम मध्ये २० प्रतिशत खर्च हुन नसकेर फिर्ता भएको छ । प्रदेश सरकारबाट चालु तर्फ १ अर्व ४१ करोड १७ लाख ९२ हजार २०० तथा पूँजीगततर्फ ३ अर्व १७ करोड ४० लाख ११ हजार गरी ४ अर्व ५८ करोड ५८ लाख ३ हजार २ सय रकम झापामा आएको भए पनि ३ अर्व ७० करोड ७७ लाख ६५ हजार ६६४.५२ पैसा मात्र खर्च भएको हो । खर्चतर्फ चालु खर्च १ अर्व १६ करोड ८८ लाख ४६ हजार ६५६ रूपैँया ३६ पैसा खर्च भएको छ भने…
झापा, ७ साउन । झापाको दमक नगरपालिकामा आज दिउँसो खोल्सीमा करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु भएको छ । इलाम सुर्योदय नगरपालिका वडा नं. १३ लक्ष्मिपुर घर भई हाल जिल्ला झापा दमक नगरपालिका वडा नं. ३ धिमाल टोल बस्ने तेजबहादुर धिमालको घरमा बस्दै आएको सुर्य राईको छोरा बर्ष १९ को मौषम राईले घरदेखी करिब ३० मिटर पश्चिम पट्टि रहेको खोल्सिमा घरबाट बिजुलीको तार जोडि करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाइते भएका थिए । घाइते अवस्थामा फेला उनलाई उपचारको लागि दमक आम्दा अस्पतालमा ल्याई उपचार क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ७ साउन । झापाको अर्जुनधारा नगरपालिका-४ का २६ बर्षीय अमिर दनुवार चोरीको मोटरसाईकल सहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा-४ भाङबारी स्थितमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाईकल फेला पारेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका दनुवारको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
बिर्तामोड, ७ साउन । बिर्तामोड नगरपालिकाले ,पारीको होइन बारीको खाऊँु भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले रिवन काटेर बिक्री केन्द्रको उद्घाटन गर्नु भयो । नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४ मा…
झापा, ७ साउन । आज साउन ७ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ…