
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ असार । झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रमा ‘जिपिएस एप्स’को माध्यमबाट जानकारी सङ्कलन गरिन्छ । केन्द्रको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबार उद्घाटन गरेका थिए । भारतबाट नेपाल प्रवेश गरेको हात्ती कुन गाउँमा डुलिरहेको छ भन्ने सूचना दिने प्रणाली सञ्चालनका लागि केन्द्र स्थापना गरिएको हो । बाहुनडाँगीस्थित छोटी भन्सारमा सो प्रविधि जडान गरिएको हो । सभामुख घिमिरेले डिजिटल माध्यमबाट केन्द्रको उद्घाटन गर्दै हात्ती छेक्न लगाइएको विद्युतीय घेरबारले मात्र हात्तीको क्षति रोक्न नसकिरहेका बेला यो प्रविधिको सहयोगले मानव–हात्ती द्वन्द्व न्यून गर्न सहयोग पुग्ने बताउनुभयो । विगतमा जस्तो हात्तीलाई तर्साउने, लखेट्ने र गोली…
झापा, २२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ । भारी वर्षाको पनि सम्भावना रहेकोले…
झापा, २१ असार । झापाको झापा गाउँपालिकामा हम्मर प्रहारबाट एक महिलाको मत्यु भएको छ । आफ्नै पतिको हम्मर प्रहारबाट झापा गाउँपालिका–३ कामाटोली बजारकी २४ वर्षीया अनिषाकुमारी गणेशको मृत्यु भएको हो । आज बेलुका ४ः३५ बजे अनिषाकुमारीलाई उनका पति ३२ वर्षीय सतिषकुमार गणेशले टाउकोमा हम्मर प्रहार गरेका थिए । सतिषकुमारको हम्मर प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो । हम्मर प्रहार गर्नुको कारण भने खुलेको छैन । घटनाको जानाकरी पाएपश्चात प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा महिलाको मृत्यू भइसकेको थियो भने घटनास्थलमा हम्मर फेला परेको छ । पत्नीलाई हम्मर प्रहार गरेपछि सतिषकुमार फरार भएका छन् ।…
झापा, २१ असार । कचनकवलका पशुपालक किसानलाई गाउँपालिकाले ७० प्रतिशत अनुदानमा विद्युतीय च्याप कटर (घाँस,पराल काट्ने मेसिन) प्रदान गरेको छ। कचनकवल गाउँपालिकाको आर्थिक वर्ष २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखा मार्फत ७ वटै वडाका किसानहरुलाई ३०थान च्यापकटर मेशिन प्रदान गरिएको हो । ३२ हजार २ सय ५० मूल्यमा खरिद गरिएको ती मेसिन शुक्रबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई वितरण गरिएको थियो । पशुपन्छी तथा मत्स्य विकास शाखाका नायब पशु स्वास्थ्य प्राविधिक हेमराज पौडेलले किसानको ३० प्रतिशत र गाउँपालिकाको ७० प्रतिशत लगानीमा मेशिन वितरण गरिएको बताउनुभयो । मेसिन वितरण गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी र वडा…
राजबाबु शंकरभद्रपुर, २० असार । भद्रपुर नगरपालिका क्षेत्रमा ‘‘पढ्दै–कमाउँदै कार्यक्रम’’ शुरु भएको छ । भद्रपुर नगर प्रमुख गणेश पोखरेलले यही असार २० गते सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो । स्थानीय वडा न–१ स्थित हिमाली माध्यमिक विद्यालयमा २०७३ सालदेखि पढाइ–सिकाइ हुँदै आएको पशु प्राविधिक धार तर्फ यही शैक्षिक सत्रबाट ‘पढ्दै–कमाउँदै कार्यक्रम’ लागू भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको देशव्यापी कार्यक्रम अन्तर्गत प्राविधिक विषयक पढाइसँगै सीपमूलक उद्यमशीलता प्रवद्धन गर्न भद्रपुर नगरपालिका क्षेत्रमा पहिलो पटक विद्यालयस्तरबाटै विद्यार्थीलाई उद्यमशील बनाउने र स्वदेशमै रोजगार बन्न सकिन्छ भन्ने भावनाको विकास गराउने उद्देश्यले पढ्दै–कमाउँदै कार्यक्रमलाई अहिले आएर महत्त्व दिइएको छ । यो कार्यक्रम अन्तर्गत…
युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् । यस्तै राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । जर्मनी समू ुएु र स्पेन समूह बी मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् । यसैगरी पोर्चुगल समूह एफ मा शीर्ष स्थान र फ्रान्स समूह डी मा दोश्रो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
झापा, २१ असार। मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ । सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बताए । उनले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । आफ्नो ब्यारेकभित्र…
पाँचथर.२१ असार । अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता ९धामी–झाँक्री० हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए । घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’…
झापा, २१ असार । देशका केही नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । झापा, इलाम, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी र कैलाली भई बहने साना नदीमा समेत बहाव बढ्नेछ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशभरका अधिकांश नदीमा भोलिदेखि बहाव बढ्ने महाशाखाको अनुमान छ । अबका तीन दिन कोशी,…
बिर्तामोड, २१ असार । झापाको बिर्तामोडमा हात्ती उपद्रो मच्चाएको छ । आज बिहानको राति करिब २ बजे बिर्तामोड नगरपालिका–७ खालबाडीमा दुई वटा जंगली हात्ती आएर सोही स्थानका टंकबहादुर जोगीको बासको टाँटी बेरा टिनको छानो भएको एक तल्ले कच्ची भान्छा घर भत्काएको छ । हात्तीले भान्छाभित्र रहेको धान, चामल, गहुँ, पिठो लगायतका अन्नपात खाँदा करिब एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।