
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
द्रोण अधिकारी गुयेलीप्रकृतिको स्वभाविक स्वरूपमा हरेक वर्ष परिवर्तनका संकेतहरू भित्रिन थालिसकेको अवस्था छ । यो जलवायु परिवर्तनको असरका रूपमा देखिन थालेको प्रकृतिको वितण्ड स्वरूप हो । जाडो वा गर्मीको समयमा विगतभन्दा भिन्न रूपमा प्रकृतिले आफूलाई प्रस्तुत गरिरहँदा विपतको रूप देखिन थालेको अवस्था छ । खासगरी प्रकृतिलाई मानिसले नियन्त्रण गर्ने प्रयास थालेकै कारण विपत नयाँ नयाँ स्वरूपमा आउने गरेको छ । सत्य कुरा के हो भने प्रकृतिमाथि मानिसको नियन्त्रण संभव छैन तर पनि मानिस विकास वा उन्नतिका नाममा प्रकृतिमाथि अतिक्रमण बढाइरहेको छ । प्रकृतिलाई मानिसले नियन्त्रण गर्न नसके पनि सही रूपमा उपयोग गर्न भने सक्छ । प्रकृति मानवका लागि सुखमय जीवन…
झापा, २२ असार । अविरल वर्षापछि आएको बाढी र पहिरोले देशभरमा ३६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तो छ विवरण
बिर्तामोड, २२ असार । झापाको बिर्तामोड नगरपालिकामा आज एक युवा पैनीमा डुबेर मृत अवस्थामा फेला परेका छन् । आज दिउँसो बिर्तामोड–१० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मु घर नजिकै रहेको पैनीमा डुबि मृत अवस्थामा फेला परेका हुन् । स्थानीयबासीले युवा मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाण्डौ, २२ असार । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनुभएको थियो । सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उहाँको उपचारका क्रममा…
अहिले धेरैलाई गर्दन दुख्ने समस्याले सताउने गरेको छ । विशेषगरी २५ देखि ३५ वर्षसम्मका युवाहरु गर्दन दुख्ने समस्या लिएर अस्पताल धाउनेको संख्या बढ्दो छ । उनीहरुमा यस्तो समस्या आउनुको मुख्य कारण निरन्तर निहुरिएर कम्प्युटर, ल्यापटप र मोबाइल जस्ता उपकरण चलाउनु रहेको पाइन्छ । यस्ता उपकरण चलाउँदा गर्दनको मांसपेशी कसिलो हुन्छ । कसिलो भएपछि चलाउन कठिन हुन्छ । जसले गर्दन सहजै चल्न–चलाउन कठिन हुने र दुख्ने गर्छ । र, एमआरआई गरेर मांसपेशी जाम भएको देखिन्छ । कारण करिब ७० प्रतिशत युवामा मांसपेशी कसिलो भई जाम भएर गर्दन र पाखुरा दुख्ने समस्या रहेको विभिन्न अध्ययनले देखाएका छन् । ल्यापटपमा लामो समयसम्म टाउको…
धनकुटा, २२ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा गएराति भएको आगलागीमा परि तीन घर जलेर नष्ट भएका छन् । महालक्ष्मी नगरपालिका वडा नं– ५ स्थित रामबजारमा राति साढे १ बजेतिर भएको आगलागीमा परि तीन वटा घरहरू पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय मोहन भण्डारीको दुई तले घरबाट सुरु भएको आगलागीबाट छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घरसमेत जलेका छन्। आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको छ। घटनाको कारण खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो। आगलागी भएपछि प्रहरी र स्थानीयको सहभागितामा आगो नियन्त्रणमा आएको प्रहरीको…
काठमाडौँ, २२ असार । स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए । खेलको अन्त्यतिर ड्यानी कार्भाहालले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परे पनि जर्मनीले त्यसपछि गोल फर्काउन सकेन । यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल…
एजेन्सी, २२ असार । नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५० आप्रवासीको मृत्यु भएको छ । पानीको अभाव र उच्च तापक्रमका कारण उनीहरूको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्। मिडिया स्रोतका अनुसार मानवीय संस्थाहरूले मरुभूमिका विभिन्न क्षेत्रमा आप्रवासीहरूको शव फेला पारेको छन्। उनीहरूले अन्य २०० जना अन्य आप्रवासीलाई उद्धार गरेका थिए। नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानामा अवस्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि खतरनाक क्रसिङ ‘गेटवे’ हो। तापक्रममा वृद्धि र पानीको अभावको सामना गरिरहेकाले यो क्षेत्रले अत्यन्तै कठोर अवस्था अनुभव गरिरहेको छ । यसबाट आप्रवासीको जीवनलाई जोखिममा परेको छ।
झापा, २२ असार । पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो । फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ गोलले विजयी बन्यो । जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेपछि थियो हर्नान्डेजले निर्णायक पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाए । योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रोपटक युरोकपको उपाधि जित्ने सपनामा चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् ।
तेह्रथुम, २२ असार । तेह्रथुमको लालिगुराँस नगरपालिका–८ का २३ वर्षीय दिपक नेपालीले धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन् । सामन्य विवादका कारण आफ्नै ४६ वर्षीया आमा तिलमाया नेपालीलाई शरिरको विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोलीले हत्यामा संलग्न नेपालीलाई पक्राउ गरेको जनाइएको छ ।