
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, १५ असार । झापाको कचनकवल गाउँपालिकामा मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम शुरु भएको छ। गाउँपालिकाको न्यायिक समितिको आयोजनामा यहाँ सूचीकृत भएका ३७ जना मेलमिलापकर्ताका लागि तीन दिने पुनर्ताजगी तालिम शुरु भएको हो । गाउँपालिकाको सभाहलमा आज भएको उद्घाटन सत्रमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीको प्रमुख आतिथ्य तथा न्यायिक समितिका संयोजक एवम् कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षता रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजवंशीले यस तालिमले मेलमिलापकर्ताको अधिकार क्षेत्रमा रहेर विवाद समाधान गर्न थप क्षमता वृद्धि हुने बताउनुभयो । उहाँले समाजका द्वन्द्व कम हुने अपेक्षासहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो । त्यस्तै, उपाध्यक्ष नवराज भट्टराईले कचनकवल गाउँपालिकाको न्यायिक समिति सफल हुनु र लिजामा…
झापा, १६ असार । गत मंगलवार साँझ झापाको कचनकवल– ३ गंगाबस्तीमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भयो । आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषालाई कालो गोमन सर्पले टोकेको थियो । त्यस्तै सर्पको उद्धारमा खटिएका मेचीनगरका मुन्ना कार्कीलाई शुक्रवार दिउँसो सर्पले नै डस्यो । मेचीनगर–६, पुरानो भन्सारस्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डसेको थियो । उनको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ । सर्पदंशका यी बढ्दो घटना हुन् । वर्षायाम शुरु भएयता झापामा सर्पको विगविगी बढेको छ । केही दिनदेखि सर्पदंश उपचार केन्द्रहरुमा सर्पले टोकेर आउने विरामीहरुको…
काठमाडौँ, १६ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार झालाई ७ दिन थुनामा राख्न अनुमति दिएका हो। शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो।
बिर्तामोड, १६ असार। झापाको बिर्तामोडमा एक युवा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । पाँचथर फालेलुङ गाउपालिका वडा नम्बर –४ घर भई हाल बिर्तामोडमा आफन्तसंग बस्दै आएका २३ बर्षका अर्पण साउदेन झुण्डीएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी झापाले जानकारी दिएको छ । उनी बिर्तामोड नगरपालिका वडा नम्बर –१ भग्वान चोकस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयका एक कर्मचारी(आफ्न्त)सँग बस्दै आएका थिए। आज बिहान अन्दाजी ०५ः३० बजेको समयमा सोही कम्पनीको कम्पाउण्ड भित्र रहेको आपको रुखमा आफ्नै छालाको पेटीको पासो लगाई झुण्डी मृत अवस्थामा उनी फेला परेको प्रहरीले बताएको छ । हाल घट्नास्थल सुरक्षित राखिएको र थप अनुसन्धान…
भद्रपुर, १६ असार । झापाको कमल गाउँपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गमा बाटो काट्दै गरेको कुकुरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार शिवसताक्षी नगरपालिका–२ का ४० वर्षीय नविन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । असार १४ गते राति कमल–५ सावित्रा चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकले बाटो काट्दै गरेको कुकुरलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी–२ का २६ वर्षीय पदमबहादुर पौडेल र पछाडि सवार नविन आचार्य घाइते भएका थिए । पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको…
झापा, १६ असार । भारतीय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ। दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै भारतले १७ वर्षपछि उपाधि उचालेको हो । वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको जित निकाल्दै भारतले दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो।
झापा, १६ असार । नेपालका विभिन्न क्षेत्रमा शनिबार विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोेमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको यस्तै, दाङको राजपुर गाउँपालिका–२ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । ती घटनाहरुमा तीनजना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।…
झापा, १६ असार । झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक महिला घाइते भएकी छन् । शनिबार राति मेचिनगर–१२ किँरातचोककी ५२ की भीममाया राई पसलबाट घर आउने क्रममा कालिझोडा सामुदायिक वनबाट अचानक एक वटा जंगली हात्ती बाटोमा निस्किएर उनलाई आक्रमण गरेको हो । घाईते राईको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । राईको बाँया खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको, बोल्न सक्ने र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १६ असार । झापाको झापा गाउँपालिका–५ पन्तपाडाबाट लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बीओपी पन्तपाडाबाट खटिएको सशस्त्र प्रहरीले भारतको बिहार किशनगञ्ज धनतौला ग्राम पञ्चायत–१ का ३२ वर्षीय तनविर आलमलाई लागुऔषधसहित पक्राउ गरेको हो । उक्त चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ एच ९५५५ नम्बरको भारतीय मोटरसाईललाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा आलमको साथबाट प्रतिबन्धित लागु औषधब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक बाहेक ५ ग्राम ४८० मिलिग्राम र नेपाली रुपैयाँ ३९ हजार १००, भारु २०० र भिभो कम्पनीको एक थान मोबाइल बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको…
झापा, १६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी,…