झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ साउन । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीमा बगाएर ल्याउँदै गरेको अवस्थामा सखुवाको काठ बरामद गरिएको छ । आज बिहान शिवसताक्षी–१० स्थित कन्काई माई खोलाबाट गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक बन उपभोक्ता समितिसहितको टोलीले उक्त खोलामा सखुवा जातको १९ क्युफिट बरामद गरेको हो । काठको मूल्य करिब ५७ हजार रुपैयाँ पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काठ आवश्यक कारबाहीका लागि गैंडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको छ ।

Read More

भद्रपुर, ४ साउन । झापाको कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारी गाउँमा एक सातापछि विद्युत् सेवा सुचारु भएको छ । बिरिङ खोलामा आएको बाढीले तीन वटा विद्युतीय पोल र तारमा क्षति पुराएपछि पिन्डलबारीका बासिन्दा एक साता अन्धकारमा बस्न बाध्य भएका थिए । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले अस्थायी रुपमा १०० केभी भोल्टेजको एउटा ट्रान्सफर्मर राखेर बुधबार दिउँसोदेखि गाउँमा विद्युत् सेवा सुचारु गरेको केन्द्र प्रमुख राजमणि बजगाँईले जानकारी दिए । ‘क्षति पुगेका पोलहरू अहिले नै बनाइ सेवा सुचारु गराउने अवस्था थिएन । त्यही भएर खोला वारी अस्थायी रुपमा टान्सर्फमर राखेर तत्काललाई गाउँमा बिजुली पु¥यायौं’, उनले भने । १४७ घरधुरी रहेको पिन्डलबारी गाउँ…

Read More

कनकाई, ४ साउन । झापाको कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा यस बर्ष एक सय ७७ जनाले सेवा लिएका छन् । उपचार केन्द्रबाट आर्थिक बर्ष २०८०/०८१ मा एक सय ७७ जनाले सर्पको टोकाईको उपचार सेवा लिएका हुन् । कनकाई–४ स्थित कोटीहोममा २०७३ सालमा स्थापना भएको उपचार केन्द्रमा झापाका बिभिन्न स्थानबाट सर्पको टोकाईको उपचारका लागि बिरामी आउने गरेका सेवा केन्द्रका प्राबिधिक (एचए) उज्वल खुलालले जानकारी दिए । उनका अनुसार आर्थिक बर्ष २०७९/०८० मा २ सय बढीले उक्त उपचार केन्द्रबाट सेवा लिएका थिए । उपचार केन्द्रमा धेरैजसो कनकाई, शिवसताक्षी, अर्जुनधारा, केही बिर्तामोड नगरपालिकाबाट पनि आउने गरेका छन् भने झापा, बाह्रदशी गाउँपालिका…

Read More

अर्जुनधारा, ४ साउन । झापा अर्जुनधारा नगरपालिका–५ की १३ बर्षीय रोशनी महरा दर्जी गत चार दिनदेखि बेपत्ता भएकी छिन् । बिर्तामोडस्थित एक विद्यालमा कक्षा–७ मा अध्ययनरत् रोशनी असार ३१ गते बिहान ५ बजे घरबाट हराएकी उनकी आमा माया महरा दर्जीले बताइन् । एकपटक एक महिलासँग फोनमा कुरा हुँदा दिक्तेलमारहेको बताएको र त्यही समयदेखि फोन सम्पर्क हुन नसकेको उनका बुबा बिनोद महरा बताए । छोरी नाबालिका रहेको र बिबाह गर्ने उमेरसमेत नभएकोले कसैले ललाई फकाई गरी बेपत्ता बनाएको शंकाले बिर्तामोड इलाका प्रहरी कार्यालयमा निवेदन दिएको महराले बताए । प्रहरीले खोजी गरिदिउँला भने पनि अहिलेसम्म केही पत्तो नभएको महराले बताए । बिनोद…

Read More

खोटाङ, ४ साउन । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा…

Read More

झापा, ४ साउन । आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले खोला तथा नदीहरूमा बाडीको जोखिम रहने महाशाखाले जनाएको हो । यता, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

Read More

झापा, ४ साउन । काठमाडौंको कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।

Read More

ताप्लेजुङ, ४ साउन । एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आर्थिक वर्ष २०८०–८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०–८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको देखिन्छ । बडादसैँपछि…

Read More

झापा, ३ साउन । झापाको बिर्तामोडमा एक भारतीय नागरिकमाथि छुरा प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–६ स्थितमा फुलबारीको व्यावसाय गरेर बस्दै आएका भारतीय नागरिक ३५ वर्षीय हविबुल स्लामलाई बुधबार बेलुका दुई युवाले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट स्लामको ढाँड र कुममा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पक्राउ पर्नेमा इलाम घर बताउने हाल बिर्तामोड–५ मा बस्दै आएका २१ वर्षीय भद्रबहादुर बस्नेत र ताप्लेजुङ फुङ्लिङ नगरपालिका–६ घर बताउने हाल बिर्तामोड–६ मा बस्दै आएका २६ वर्षीय रोहन तामाङ रहेका छन् । स्लामलाई छुरा प्रहार गरेर उनीहरु…

Read More

भद्रपुर, ३ असार । झापाको दमक नगरपालिकास्थित रतुवा खोलामा घुँगी टिप्न गएका एक पुरुषलाई खोलाले बगाउँदा मृत्यु भएको छ । हिजो बेलुका झापा दमक–८ स्थित रतुवा खोलामा घुगी टिप्न गएका शिवसताक्षी नगरपालिका–३ घर भई दमक–८ मा बस्दै आएका ३६ वर्षीय राजु मण्डलको खोलाले बताउँदा मृत्यु भएको हो । राजुसँगै घुँगी खोज्न गएको साथी दमक–८ का ४२ वर्षीय तिलक बुढाथोकीले इलाका प्रहरी कार्यालय दमकमा राजुलाई बगाएको खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमक र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट खटिएको संयुक्त टोलीले खोजतलाश गर्ने क्रममा आज बिहान दमक नगरपालिका–८ र १० छुट्याउने दिपिनी खोला र रतुवा खोलामा जोडिने दोभानमा मृत अवस्थामा…

Read More