
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २५ असार । विवाहित महिलाको सौन्दर्यको प्रतियोगिता ‘द मिसेस नेसनल २०२४’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । क्रिजोना मिडिया ग्रुपद्वारा आयोजित पेजेन्टको दोस्रो संस्करणको उपाधि इलामकी सुजाता सुब्बाले जितिन् । फेसन डिजाइनर रहेकी सुब्बाले बेस्ट फिगरको सहविधा समेत आफ्नो पोल्टामा पारिन् । ‘महिलालाई सशक्त बनाऊँ, राष्ट्रलाई सशक्त बनाऊँ’ भन्ने नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फस्ट रनरअप घोषित भइन् । उनले मस्ट एनरजेटिकको सहविधा जितिन् । मञ्जिल रञ्जितकारले सेकेन्ड रनरअपका साथमा मस्ट पपुलर र मस्ट एलिगेन्ट उपाधि जिते । १६ विवाहित सुन्दरीले प्रतिस्पर्धा गरेको फिनालेमा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाइस र मस्ट फोटोजेनिक, शर्मिला…
काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् । उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ । रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५…
विराटनगर, २५ असार । मोरङको विराटनगरमा एकजना युवकको हत्या भएको छ। गएराति दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु र दुई युवक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको चोट छ। मृत्यु हुने युवक मोरङकै कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत हुन्,’ डीएसपीले भने, ‘कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन्। उनीहरुको शरीरमा धारिलो हतियारको चोट छ।’ घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ‘गएराति देखिको खोजतलासपछि हामीले तीन युवकलाई पक्राउ गरेका छौँ,’ बस्नेतले भने, ‘राति…
काठमाडौँ, २५ असार । युरोपियन कपको पहिलो सेमिफाइनलमा आज (मंगलबार) मध्यराति स्पेन र फ्रान्स भिड्दै छन्। म्युनिखको म्युनिख फुटबल एरिनामा हुने पहिलो सेमिफाइनल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ। जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो। समूह चरण र नकआउट चरणको खेललाई हेर्ने हो भने फ्रान्सभन्दा स्पेन बलियो देखिएको छ। फ्रान्सका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले सेमिफाइनलमा फुटबलको सुपर पावर टोली स्पेन उत्कृष्ट प्रतिद्वन्द्वी रहेको बताए। उनले भने, ‘उनीहरू एक टिमको रुपमा शक्तीशाली मात्र हैन, शारिरिक रूपमा बलियो, एकदमै छरितो र व्यक्तिगत रूपमा पनि उत्कृष्ट खेलाडी छन्। उनीहरू विश्वको उत्कृष्ट टोली रहेकामा कुनै शंका छैन।’…
विराटनगर, २५ असार । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये ७७ प्रतिशत खर्च गरेको विवरण सार्वजनिक भएको छ । जसमा पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार ७०६ अर्थात् ७८.३७ प्रतिशत र चालूतर्फ १२ अर्ब ७२ लाख ३१ हजार ९३८ रुपैयाँ अर्थात् ७५.३५ प्रतिशत रहेको हो । कोशी प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत ऋषिकुमार खनालका अनुसार वित्तीय व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–०८१ को खर्च २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६४४ रुपैयाँ रहेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरण अनुसार २४ गते मात्रै…
झापा, २५ असार । झापाको झापा गाँउपालिका–२ स्थित सुगाबथान बस्तीमा माइ खोलाको बाढी पस्दा ५१ परिवार प्रभावित भएका छन् । अविरल वर्षाका कारण आज दिउँसो माइखोलामा आएको बाढी बस्ती पसेको हो । गौरीगञ्ज गाँउपालिका र झापा गाँउपालिका–१ सिमानको टपुस्थित माई खोलाको पानीको बहाव बढेर जमिन कटान गरी उक्त बस्तिमा पानी बसेर करिब अढाइ पिट पानी जमेको छ ।
विराटनगर, २५ असार । मोरङ र धनकुटाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–६ का ३२ वर्षीय अभिषेक मगर र २४ बर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १९ प ९८७७ नम्बरको मोटरसाइकल चालक साँगुरीगढी–९ का २६ वर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
झापा, २५ असार । झापाको झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन । हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाइते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।
भद्रपुर, २५ असार । झापाको भद्रपुरमा आज बिहानको राति हात्तीले एक जनाको अन्न र एक जनाको घरको पर्खाल भत्काएको छ । भद्रपुर नगरपालिका–१ रिमझिम टोलमा जंगलबाट आएको एक वटा जंगली हात्तीले सोही स्थानका गेलबहादुर भुजेलको भान्सा घरमा रहेको ५० केजी चामल, ८० केजी कोदो खाई करिब २५ हजार रुपैयाँ बराबरको क्षति गरेको छ । त्यस्तै, भद्रपुर–१ तुलसी चौकका डम्बरबहादुर थापा क्षेत्रीको इँटाको वाल जस्ताको छानो भएको १ तले भुई घरको पश्चिमतर्फको पर्खाल भत्काएको र जस्ताको छानो भएको घर भत्काउँदा करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २५ असार । फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले झापा गरामनी निवासी एक महिलालाई पक्राउ गरेको छ । विराटनगरमा फ्ल्याट भाडामा लिएर युवतीहरूलाई अवैध हिसाबले यौनधन्दामा लगाएको आरोपमा २३ वर्षीया सन्ध्या चुडाल पक्राउ परेकी हुन् । उनले विराटनगर महानगरपालिका–११स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर सुनसरी इनरुवाका अन्दाजी ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी चुडालले युवतीहरूलाई यौन व्यवसायमा लगाएको आरोप छ । उनीहरुले आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारी विभिन्न ठाउँबाट युवतीलाई ल्याएर भाडाको कोठामा राख्दै यौन व्यवसायमा लगाउने गरेको खुलेको हो । युवतीलाई कुटपिट गर्दै यातना दिएर जबरजस्ती यौन क्रियाकलापमा लगाउनेमध्ये चुडाललाई प्रहरीले पक्राउ गरेको…